त्रिविका पदाधिकारीले दिए राजीनामा

त्रिविका पदाधिकारीले दिए राजीनामा

केन्द्रबिन्दु
1.44k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने तयारीपछि सरकारलाई काम गर्न सहज होस् भनेर उपकुलपति प्रा.डा. अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदार प्रसाद रिजालले राजीनामा दिएका हुन् ।

सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश सिफारिस गरेको छ । अध्यादेशबारे राष्ट्रपति पौडेल परामर्शमा छन् ।

Logo