काठमाडौं,२६,पुस
नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने बताएका छन् । रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले भने राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र एउटा सत्र पूरा हुन्छ र नयाँ सरकार निर्माणको प्रक्रिया प्रारम्भ हुन्छ ।
संघीय संसद्को निर्वाचनबाट १६५ सदस्य निर्वाचित भइसकेको भएपनि संघीय संसदमा रहेका राजनीतिक दलले आफ्नो तर्फबाट एक तिहाइ महिला निर्वाचित गरेर पठाउने काम बाँकी रहेको र २७५ सदस्यीय सांसदले पूर्णता पाइसकेको अवस्था नरहेको खाँडले बताए । प्रदेश प्रमुखको नियुक्तिका लागि सरकारले गृहकार्य गरिरहेको र अस्थायी राजधानीको घोषणा प्रदेशसभाले नै गर्नु संविधान सम्मत हुने उनको भनाई छ ।
नागरिकबाट































प्रतिक्रिया