काठमाडौं,२६,पुस
सर्वोच्च अदालतको आदेशमा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली माथि गम्भीर प्रश्न उठाएका छन् । "/>

एसएलसी पास नगरेका व्यक्ति कसरी प्रधानन्यायाधीश भए ? : डा. केसी

एसएलसी पास नगरेका व्यक्ति कसरी प्रधानन्यायाधीश भए ? : डा. केसी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,पुस
सर्वोच्च अदालतको आदेशमा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली माथि गम्भीर प्रश्न उठाएका छन् । मंगलबार सर्वोच्च अदालतमा दिएको लिखित बयानमा केसीले प्रधानन्यायाधीश पराजुलीले एसएलसी पास गरेको प्रमाण कहीँ कतै नरहेको भन्दै दोहोरो नागरिकताबारे पनि प्रश्न उठाएका हुन् । लिखित बयानका क्रममा डा. केसीले यसअघि प्रधानन्यायाधीश पराजुलीबाट भएका न्यायिक निर्णयहरुको सूची नै प्रस्तुत गर्दै दुई ठाउँबाट नागरिकता लिएकाले उनी माथि न्यायिक छानबिन हुनु पर्ने माग गरेका छन् ।

‘प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको कुरा कहीँ कतै छिपेको छैन’, केसीले दिएको लिखित बयानमा भनिएको छ, ‘पराजुलीले दुई ठाउँबाट नागरिकता लिएका मात्र छैनन्, उमेर पनि सच्चाएका छन् ।’ केसीले पराजुलीले एसएलसी पास गरेको नगरेको कुरामा पनि विवाद रहेको कुरा बयानमा उल्लेख गरेका छन् । ‘पराजुलीले एसएलसी पास गरे नगरेको बारे विगतमा प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको आदेशको मिसिल पनि हेर्न पाऊँ । पराजुलीको शैक्षिक प्रमाणपत्र जाँची पाऊँ, केसीले भनेका छन्, न्यायाधीश हुन प्रमाणपत्रै नभएको व्यक्ति कसरी प्रधानन्यायाधीश हुन सक्छन् ? के यो राज्य र अदालत जस्तो संस्थालाई गुमराहमा राख्ने अपराधिक कार्य होइन ?
अन्नपूर्णबाट

Logo