काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् ।
मन्त्रिपरिषद्बाट सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश ०८३ जारी गरेको हाे । अवैध रूपमा आर्जन गरिएको धनलाई वैध बनाउने कार्यलाई रोक्न र सजायको व्यवस्थालाई थप प्रभावकारी बनाउन सरकारले यो कदम चालेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति कार्यालय पुगेका ८ वटा अध्यादेशमध्ये सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्यादेश पनि एक हो। सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश यसअघि नै जारी भइसकेका छन् । अन्य अध्यादेश भने अध्ययनकै क्रममा रहेका छन् ।





























प्रतिक्रिया