काठमाडौं,२५,पुस
सशस्त्र प्रहरी बलको लेखा शाखामा लामो समय देखि कार्यरत कर्मचारीहरूलाई हटाइने भएको छ । सशस्त्र मुख्यालय हल्चोक स्थित स्टोर शाखामा भएको आगलागी प्रकरणबारे अनुसन्धान जारी रहेकै बेला लेखामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिने भएको हो । "/>

सशस्त्रको लेखा शाखामा आगजनी प्रकरण : लेखाका सबै कर्मचारीको सरुवा

सशस्त्रको लेखा शाखामा आगजनी प्रकरण : लेखाका सबै कर्मचारीको सरुवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२५,पुस
सशस्त्र प्रहरी बलको लेखा शाखामा लामो समय देखि कार्यरत कर्मचारीहरूलाई हटाइने भएको छ । सशस्त्र मुख्यालय हल्चोक स्थित स्टोर शाखामा भएको आगलागी प्रकरणबारे अनुसन्धान जारी रहेकै बेला लेखामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिने भएको हो । गृह मन्त्रालयले सशस्त्र मुख्यालयलाई पत्र लेखी लेखा शाखाका पुराना कर्मचारीको जिम्मेवारी हेरफेर गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरीको प्रशासन विभागले मातहतका सबै निकायलाई यसबारे पत्राचार समेत गरेको छ ।

प्रशासन विभागले सोमबार दिएको सो निर्देशन अनुसार प्रहरी प्रधान कार्यालय हल्चोक, सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, सशस्त्र प्रहरीका बाहिनीहरू, गुल्म, गण, सीमा सुरक्षा कार्यालय लगायतका लेखा शाखा रहने सबै विभागले त्यहाँका कर्मचारीको सरुवा गर्नु पर्नेछ । गृह मन्त्रालयको निर्देशन र २० पुसको निर्णय अनुसार लेखामा कार्यरत सबै कर्मचारीलाई सरुवा गर्ने निर्णय भएको प्रशासन विभागले जनाएको छ । आर्थिक प्रशासन शाखामा रहने कर्मचारीहरू जिम्मेवार नभएको निष्कर्ष निकाल्दै प्रशासन विभागले ती सबैलाई हटाएर अन्य कर्मचारीलाई जिम्मेवारी दिन लागेको हो । ४ पुसमा सशस्त्र प्रहरी बलको मुख्यालय भित्र आगलागी हुँदा महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका थिए ।
राजधानीबाट

Skip This
Skip This
Logo