दाङ, २४, पुस
लामो समय देखि अवरुद्ध भएको दाङको हवाई सेवा पुनः सञ्चालन शुरु भएको छ । हिजो देखि समिट एयरले तुलसीपुर देखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान शुरु गरेको हो । "/>

समिट एयरले दाङमा हवाई सेवा शुरु गर्यो

समिट एयरले दाङमा हवाई सेवा शुरु गर्यो

केन्द्रबिन्दु
0
Shares

दाङ, २४, पुस
लामो समय देखि अवरुद्ध भएको दाङको हवाई सेवा पुनः सञ्चालन शुरु भएको छ । हिजो देखि समिट एयरले तुलसीपुर देखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान शुरु गरेको हो । हिजो पहिलो उडानमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, एमालेका नेता प्रकाश ज्वाला, दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेय सहित यात्रु बनेर दाङ आएका थिए ।

जहाज अवतरण भएपछि विमान चालक, उपप्रधानमन्त्री महरा सहितको टोलीलाई टरिगाउँ विमानस्थलमा स्वागत गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री महराले हवाई सेवालाई अब नियमित गराइने बताए । उनले धावन मार्गको क्षेत्र विस्तार र इन्धन डिपोको निर्माणका लागि आफूले पहल गरिरहेको जानकारी दिए । तत्कालका लागि दाङबाट काठमाडौंका लागि प्रतिव्यक्ति ६ हजार ८०० देखि सात हजार २०० सम्म भाडा तोकिएको छ भने काठमाडौँबाट दाङका लागि सात हजार २०० भाडा निर्धारण गरिएको छ । समिट एयरले हप्तामा आइतबार र शुक्रबार उडान भर्ने जनाएको छ । फरक प्रसङ्गमा महराले अबको तीन हप्तापछि वाम गठबन्धनको सरकार बन्ने बताए । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण कुनै पनि हालतमा नरोकिने उनको भनार्इ थियो ।   रासस

Logo