काठमाडौं,२४,पुस
निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। "/>

निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख खर्च

निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख खर्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२४,पुस
निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। प्राप्त बजेट मध्ये अब ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७०० (४२.०४ प्रतिशत) रुपियाँ बाँकी रहेको र सो रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाइने आयोगले जनाएको छ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाल सरकारले निर्वाचन आयोगलाई १० अर्ब छुट्याएको थियो। जस मध्ये ३० करोड रुपियाँ पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो भने ९ अर्ब ७० करोड रुपियाँ निर्वाचन कार्यका लागि छुट्टाइएको थियो। उक्त बजेट मध्ये पुस २१ गते सम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ (कुल बजेटको ५७.९६ प्रतिशत) रुपियाँ मात्र खर्च भएको निर्वाचन आयोगले जनाएको छ । जस मध्ये ७७ जिल्लाहरूमा निकासा भएको जम्मा ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ (५०.१२ प्रतिशत) रुपियाँ रहेको छ भने आयोगको केन्द्रीय कार्यालयबाट हाल सम्म जम्मा ७६ करोड ६ लाख ७८ हजार ६९१ (७.८४ प्रतिशत) रुपियाँ मात्र खर्च भएको आयोगले सार्वजनिक गरेको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo