सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएकोबारे बाेल्याे प्रधानमन्त्री सचिवालय

सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएकोबारे बाेल्याे प्रधानमन्त्री सचिवालय

केन्द्रबिन्दु
1.33k
Shares

काठमाडौं । प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भनी आएका समाचारप्रति प्रधानमन्त्रीको सचिवालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार एक प्रेस नोट जारी गर्दै सचिवालयले उक्त घटनालाई ‘अतिरञ्जित’ नगर्न आग्रह गरेको हो।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालद्वारा जारी नोटमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्रीज्यू कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनहरूको अत्यधिक भीडभाड देखिएपछि सोको व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राख्नुभएको थियो।”

सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले सञ्चारकर्मीलाई कार्यक्षेत्रबाट हटाउन वा भिडियो खिच्न रोक्न कुनै निर्देशन दिएका थिएनन्र । प्रधानमन्त्री कार्यकक्षमा प्रवेश गरेपछि सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीलाई हट्न भनेको गुनासो आएलगत्तै सचिवालयले समन्वय गरी त्यस्तो निषेध नगरिएको स्पष्ट पारेको थियो।

“जहाँ सञ्चारकर्मीहरूलाई सूचना संकलनका लागि अनुमति छ, त्यहाँ कुनै अवरोध भएको छैन र भविष्यमा पनि हुने छैन,” प्रेस नोटमा उल्लेख छ। सरकार प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै सुरक्षा व्यवस्थापनको सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अंकुशका रूपमा नलिन समेत सचिवालयले अनुरोध गरेको छ।

Skip This
Skip This
Logo