कन्डम लगाउँ एड्स भगाउ भनेर विज्ञापन बज्दा रेडियोको ट्युन बटार्ने नेपालमा अहिले कन्डमको बजार ठूलो छ । कन्डम पनि धेरै किसिमको र फ्लेबरको आउन थालेको छ ।
तर, के तपाईलाई थाहा छ ? कन्डमको आविष्कार कहिले र कसरी भएको थियो ? सायद थाहा नहोला । हामी यस लेखको माध्यमबाट कन्डमसँग जोडिएको यस्तो रोचक जानकारी दिनेछौ, जसबारे तपाई अनविज्ञ हुनुहुन्छ ।
फ्रान्सको एक गुफामा कन्डमको आकारको चित्र बनाइएको पाइएको थियो । भनिन्छ यो पन्ध्र हजार बर्ष पुरानो हो । स्वीडेनमा सबैभन्दा पुरानो कन्डम पाइएको छ ।
सुरुमा अमेरिकामा डाक्टरको प्रेस्किप्सनपछि यसलाई १९२८ देखि वेन्डिङ मशीनले निकाल्न सकिन्थ्यो । सोची ओलम्पिक्सको क्रममा ओलम्पिक भिलेजमा एक लाख कन्डम पु-याइएको थियो ।
१६ औं शताब्दीमा कन्डमको आविष्कार साइफलिसको बिमार रोक्नका लागि गरिएको थियो । त्यसबेला फ्रान्समा कतिपय मान्छे गुप्त रोग साइफलिसले मरिरहेका थिए । यसको उपचार फेला नपरेको अवस्थामा कन्डोमको आविश्वार भएको थियो । कन्डोम बनाएपछि ११०० जनामा प्रयोग गरिएको थियो । उनीहरुमा उक्त रोग लागेन ।
कन्डममा प्रयोग हुने सामग्री सधै एकै रहेन । कहिले यसलार्ए लेटेक्सले बनाइयो । कहिले जनवारको आन्द्राबाट पनि बनाइयो । त्यसपछि लिनन, स्लिक र लेदरले बनाउने कोशिस गरियो ।
१९ औं सताब्दीमा जनवारको आन्द्राबाट कन्डम बनाइन्थ्यो । अहिले कन्डममा धेरै परिवर्तन आएको छ । धेरै थरीका कन्डोम पाइन्छ । फ्लेबरदेखि लुब्रिकेटेडसम्म कन्डम पाइन्छ ।





























प्रतिक्रिया