राखेपका १९ पदाधिकारी पदमुक्त

राखेपका १९ पदाधिकारी पदमुक्त

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ जना पदाधिकारीहरूलाई पदमुक्त गरेको छ ।

मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम ती पदाधिकारीहरू यही वैशाख १९ गतेदेखि नै लागू हुने गरी स्वतः पदमुक्त भएको जनाएको छ ।

पदमुक्त हुनेहरूमा परिषद्का उपाध्यक्ष ध्रुव आचार्य (बुटवल-७, रूपन्देही) सहित अन्य १८ जना सदस्यहरू रहेका छन् । सदस्यहरूमा नन्दा बस्याल, जगतसिंह धामी, सुवर्ण श्रेष्ठ, शान्ति कुमारी चौधरी, आनन्द कुमार झा, हिमाल कुमार श्रेष्ठ, कमल बहादुर भट्टराई, भान बहादुर चन्द, अञ्जना श्रेष्ठ, डा. मधुसुधन सुवेदी, रामचन्द्र श्रेष्ठ, रञ्जना प्रधान, विदुर ढुंगाना, प्रयास कार्की, कुमार लामा घिसिङ, राजेश खड्का, सन्त कुमार मेहता र जगत बहादुर टमाटा रहेका छन् ।

मन्त्रालयकाकाे सूचना अनुसार, पदमुक्त भएका उपाध्यक्ष आचार्यलाई परिषद्को अभिलेखमा आफ्नो जिम्मामा देखिएका जिन्सी मालसामान र अन्य दायित्व भए कानुन बमोजिम बुझबुझारथ गरी फरफारक गर्न निर्देशन दिइएको छ । अन्य १८ जना सदस्यहरूको हकमा भने कुनै जिन्सी तथा नगद जिम्मा नदेखिएको सूचनामा उल्लेख छ ।

Logo