काठमाडौं । नेपाल उद्योग वाणिाज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनको परिणामअनुसार विभिन्न प्रदेशहरूबाट उमेदवारहरू विजयी भएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा भैइरहेको मतगणनाअनुसार पहिलो चरणमा जिल्ला, नगर उद्योग वाणिज्य समूहअन्तर्गत प्रदेशगत सदस्यको परिणाम आएको हो ।
महासंघको निर्वाचन समितिका अनुसार, प्रदेशगत सदस्यमा कोशीबाट ६ प्रतिस्पर्धीमध्ये जीवन पराजुलीले १६ र रमेश विकले १५ मत प्राप्त गरी विजयी भएका छन् ।
मधेस प्रदेशमा पाँच प्रतिस्पर्धी रहेकामा ९ मत ल्याएर विकासकुमार सारडा र सात मत ल्याएर अमरनाथ शाह विजयी भएका छन् ।
वाग्मती प्रदेशबाट सविन श्रेष्ठ ११ र प्रकाश मानन्धरले १० मत प्राप्त गरेर निर्वाचित भएका छन् । गण्डकी प्रदेशमा पविन्द्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठले ९–९ मत प्राप्त गरेर विजयी भएका छन् ।
लुम्बिनी प्रदेशमा यक्षप्रसाद भट्टराई र बालकृष्ण सुवेदीले २४–२४ मतका साथ निर्वाचित भएका छन । कर्णाली प्रदेशबाट कार्यसमिति सदस्यमा भने निर्विरोध चयन भएको छ ।
सुदूरपश्चिम प्रदेशबाट तीनजना विजयी भएका छन् । जसमा १० मत प्राप्त गरी पिताम्बर जोशी विजयी भएका छन । तर, सो प्रदेशका दानबहादुर सुर्मेली र पदमराज चौलागाईंले समान ७–७ मत प्राप्त गरे ।
संस्थापक तर्फबाट दुईजना सदस्य निर्वाचित भएका छन् । जसमा चितवनका सुमनकुमार श्रेष्ठ र सुनसरीका गोपाल श्रेष्ठ रहेका छन् । दुवैजनाले समान १०–१० मत प्राप्त गरी विजयी भएका हुन् । यो निर्वाचन परिणामले प्रदेश समितिमा नयाँ कार्यसमिति सदस्यहरूको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।































प्रतिक्रिया