काठमाडौं । उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानका रिक्त सदस्य पदमा ३९ जनालाई नियुक्त गरेका हुन्।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ३९ सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
थप भएका सदस्यहरुमा मधु आचार्य डा. डा. गोपाल दहित थारू, अञ्जु झा, उमेश श्रेष्ठ, प्रा.डा. गोविन्दराज पोखरेल, मीन भाम, डा. अञ्जनीकुमार झा, डा. यादव पण्डित, बद्री सिग्देल, गोपालप्रसाद पोखरेल, श्रवण मुकारुङ, मोहना अन्सारी, महेन्द्रप्रसाद यादव, श्रीप्रसाद भलामी मगर, विनोद दास, ई. दिपेश विष्ट, डा. कृष्णप्रसाद पौडेल र प्रकाश लामिछाने रहनु भएको छ ।
त्यसैगरी, सूर्यमाराज राई, मनबहादुर थापा, विमला राई, राकेश सिंह, नरेन्द्र पासवान, दक्ष पौडेल, कञ्चन झा, सुमित शर्मा समीर, खगेन्द्र आचार्य, डा. डी.बी. सुनार, रोशनी गिरी, जनक चटौत, डोलराज भुसाल, अमृत ज्ञवाली, एलिजा ढकाल, प्रकृति भट्टराई, कैलाश के.सी, स्वीकृति पौडेल, उमंग लोहनी, गोकुल लिम्बू र प्रमेश खनाल रहनु भएको छ ।






























प्रतिक्रिया