कीर्तिपुर हत्या प्रकरणः तीन जना पक्राउ

कीर्तिपुर हत्या प्रकरणः तीन जना पक्राउ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

आज दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको हो । घटना संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका–९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भइ कीर्तिपुर ट्याङ्लाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन धामी छन् ।

प्रारम्भिक जानकारीअनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

Logo