सिजीले सार्वजनिक गर्‍यो ब्ल्याक पल्स डेकरका ८ शक्तिशाली एयर कूलर

सिजीले सार्वजनिक गर्‍यो ब्ल्याक पल्स डेकरका ८ शक्तिशाली एयर कूलर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो समय भएको वर्षाले तत्कालका लागि मौसम केही शीतल बनाए पनि वर्षा रोकिएसँगै बढ्ने उकुसमुकुस र अत्यधिक आर्द्रताले स्वास्थ्यमा थप चुनौती थपेको छ। वर्षापछिको चर्को घाम र पुनः बढ्न सक्ने तातो हावा ‘लु’ को सम्भावनालाई मध्यनजर गर्दै यस्तो मिश्रित मौसममा शरीरलाई सन्तुलित तापक्रममा राख्नु झनै आवश्यक देखिएको छ।

यस परिस्थितिलाई ध्यानमा राख्दै, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले नेपाली उपभोक्ताहरूलाई स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई प्राकृतिक रूपमा शीतल एवं स्वच्छ राख्न आफ्ना ८ अत्याधुनिक एयर कूलरहरू मार्फत विशेष अपिल गरेको छ।

ब्ल्याक+डेकरले दक्षता र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै प्रिमियम डिजाइन र दीर्घकालीन टिकाउपनाका लागि नेपाली बजारमा उच्च गुणस्तरीय जीवनशैलीका लागि निरन्तर योगदान दिँदै आएको छ।

किन ब्ल्याक+डेकरका एयर कूलर नै यो गर्मीको असली समाधान ?

बाहिरी वातावरणको चर्को गर्मीलाई तत्काल नियन्त्रण गर्न कठिन भए पनि हामीले धेरै समय बिताउने घर वा कार्यालयभित्रको वातावरणलाई ब्ल्याक+डेकरको अत्याधुनिक प्रविधिमार्फत सुरक्षित र शीतल राख्न सकिन्छ:

यूभी ग्रेड पोलिमर बडी: ब्ल्याक+डेकरका कूलरहरू विशेष यूभी ग्रेड पोलिमर बाट बनेका छन्, जसले गर्दा चर्को घाम र कडा गर्मीमा पनि कूलरको बडी चर्कने वा रङ्ग उड्ने समस्या हुँदैन र यो वर्षौंसम्म नयाँ जस्तै मजबुत रहन्छ।

प्रिमियम ह्वाइट डिजाइन: आकर्षक प्रिमियम ह्वाइट कलरमा उपलब्ध यी कूलरहरूले आधुनिक घरको इन्टेरियरमा थप रौनकता थप्दछ।

लो न्वाइज अपरेसन: यसमा प्रयोग गरिएको अत्याधुनिक एरोडाइनामिक फ्यान प्रविधिले अत्यन्तै कम आवाजमा काम गर्छ, जसले गर्दा सुत्दा वा काम गर्दा कुनै बाधा पुग्दैन।

एन्टीब्याक्टेरियल हनीकम्ब प्याड्स: यसले हावामा रहेका हानिकारक सूक्ष्म कण र ब्याक्टेरियालाई फिल्टर गरी शुद्ध र स्वस्थ हावा प्रवाह गर्छ।

इन्भटर कम्प्याटिबल मोटर्स: नेपालको विद्युत अवस्थालाई ध्यानमा राख्दै बनाइएका यी मोटरहरूले कम विद्युत खपत गर्छन् र इन्भर्टरमा पनि सहजै चल्छन्।

८ मोडेलहरू

ब्ल्याक+डेकरले व्यक्तिगत प्रयोगका लागि किबो (३० लिटर /४५ लिटर), आधुनिक टावर डिजाइनमा नेबो (५५ लिटर), शक्तिशाली कुलिङका लागि कामेट प्लस (६५ लिटर /८५ लिटर/१०५ लिटर), र प्रिमियम रेन्जमा ल्होत्से प्लस (६५ लिटर/८५ लिटर) जस्ता ८ वटा शक्तिशाली मोडेलहरू उपलब्ध गराएको छ।

नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन र नवप्रवर्तनमार्फत लाखौँ उपभोक्ताको विश्वास जितेको कम्पनीले देशभरका २८ वटा अत्याधुनिक सिजी डिजिटल र एलजी शपी शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन मार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्।

ब्ल्याक+डेकरका एयर कूलरहरू १२ महिना (१ वर्ष) को विस्तृत वारेन्टीका साथ उपलब्ध रहेका कम्पनीले स्पष्ट पारेको छ।

Logo