कञ्चनपुर, २२, पुस
चार वर्षको अवधिमा ७ नम्बर प्रदेशबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी तीन हजार ६ सय बढी उजुरी परेको छ । "/>

भ्रष्टाचारले जरा गाड्दै : ७ नम्बर प्रदेशमा मात्रै ३६ सय उजुरी !

भ्रष्टाचारले जरा गाड्दै : ७ नम्बर प्रदेशमा मात्रै ३६ सय उजुरी !

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर, २२, पुस
चार वर्षको अवधिमा ७ नम्बर प्रदेशबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी तीन हजार ६ सय बढी उजुरी परेको छ । ०७० देखि ०७४ साल मंसिर मसान्त सम्म सुदूरपश्चिमका ९ वटै जिल्लाबाट तीन हजार ६ सय ६३ वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेको अदुअआको कार्यालय कञ्चनपुरले जनाएको छ ।

शुक्रबार बैतडीमा कर्मचारी, नागरिक समाज र सञ्चारकर्मीसँगको अन्तरक्रियामा कार्यालयले पछिल्लो अवस्थाबारे जानकारी गराएको हो । कार्यालयको तथ्यांक अनुसार बैतडीबाट अख्तियारमा ४ सय ३१ वटा उजुरी परेको छ । पछिल्लो एक वर्षको अवधिमा बैतडीबाट ४८ वटा उजुरी थपिएका हुन् ।

कैलालीबाट सबैभन्दा बढी १ हजार ४० उजुरी परेका छ । यस्तै कञ्चनपुरबाट ८ सय ९५, डोटीबाट २ सय ९३, डडेल्धुराबाट २ सय ९७, दार्चुला २ सय २३, बझाङबाट २ सय ७, अछामबाट १ सय ६० र सबैभन्दा कम बाजुराबाट १०३ उजुरी दर्ता भएको छ ।
नयाँपत्रिकाबाट

Logo