मन्त्रिपरिषले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने

मन्त्रिपरिषले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१ पुस । मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ २४ गते गर्न निर्वाचन आयोगमको परामर्शलाई पठाउने निर्णय गरेको छ ।

निर्वाचन आयोगले माघ २५ गते निर्वाचन गर्ने प्रस्ताव गरेपनि नेकपा माओवादी र नेकपा एमालेले यसअघि नै निर्वाचन गर्नु पर्ने माग गरेका थिए । राष्ट्रिय सभाको संरचना अनुसार ५९ सदस्यिय राष्ट्रिय सभामा ५६ जना प्रदेशवाट चुनिनेछन् । यसरी चुनिनेमा प्रत्येक प्रदेशवाट ८ जना हुनेछन् भने बाँकी रहेका ३ जनाको मनोनयन भने राष्ट्रपतिले गर्ने कानून रहेको छ ।

यसका लागि निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ । यो निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रकृयावाट हुनेछ । यसरी हुने निर्वाचनमा खुला र महिला गरी ४२ जना एकल संक्रमणीयवाट हुने छ भने दलित, अपाङ्ग तथा अल्पसंख्यक वाट १४ जनाको चयन भने बहुमतिय प्रणालीवाट हुनेछ ।

Logo