जनकपुर । जनकपुरधामका जेनजी युवाहरुको एक समूहले ‘वी वान्ट सुधन गुरुङ’ भन्दै प्रदर्शन गरेका छन् ।
शुक्रबार जनकपुरधामको जनक चोकमा जेनजी युवाहरुको स्वतन्त्र समूहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।उनीहरुले सुरक्षित सारथी सुधन गुरुङ, काम गर्न देउ, आरोपको खेल बन्द गर, भ्रष्टाचारीको खेलमा किन सत्य डराओस, सत्यलाई समय देउ हल्लालाई होइनलगायत लेखिएको प्लेकार्डहरु बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
पूर्वगृहमन्त्री गुरुङ पुनः पदमा आउनुपर्ने भन्दै केही दिन अघि काठमान्डौको माइतीघर मण्डलामा पनि प्रदर्शन गरेको जनकपुरधामका जेनजी पुस्ताका युवक सुरज कुमार सिंहले जानकारी दिए । उनले जेनजी युवा पिढीले गुरुङ पुनः गृहमन्त्री पदमा आएर परिवर्तनका कार्यहरुलाई निरन्तर्ता दिनु माग गरेको बताए ।
तराई मधेशका युवाहरु पनि जागरुक छन् र गुरुङलाई गृहमन्त्री भएर काम गर्न दिनुपर्ने चाहना रहेको जेनजी युवा सिंहले बताए ।





























प्रतिक्रिया