इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति बन्न तयार रहेको बताएका छन् ।
पिता पुंगनाथ खनालको शतवाषिर्कीमा आयोजित वृक्षरोपण कार्यक्रमपछि पत्रकारहरसँग कुरा गर्दै खनालले राष्ट्रपति बन्न तयार रहेको तर कसैलाई राष्ट्रपति बनाइदिनुहोस् भनेर लबिङ्मा नलाग्ने बताए ।
वाम गठबन्धन जनअनुमोदित भइसकेको भन्दै खनालले एमाले र माओवादीको एकतालाई कसैले रोक्न नसक्ने बताए पार्टी नै एकिकरण हुने भएकाले को प्रधानमन्त्री ? को पार्टी अध्यक्ष भन्ने गौण भएको बताए ।
यो बहस पार्टी नबुझेका बाहिरियाहरुको मात्र हल्ला भएको भन्दै उनले भने, ‘जब पार्टी नै एक हुँदैछ भने कुन पार्टीको अध्यक्ष, प्रधानमन्त्री भन्ने कुराको कुनै अर्थ छैन । उपयुक्त पदमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिन्छौं ।’





























प्रतिक्रिया