काठमाडौं । कंग्रेस र बामपन्थी दलको समर्थनमा भारत तमिलनाडु राज्यमा फिल्म स्टार एवं टिवीके पार्टी प्रमुख विजय थलापती नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । तमिलनाडु राज्यपाल राजेन्द्र अर्लेकरले टिवीके प्रमुख विजयलाई मुख्यमन्त्रीमा मनोनीत गरेका छन्।
विजयको सपथग्रहण समारोह आइतबार आज चेन्नईस्थित नेहरू स्टेडियममा हुनेछ । उनले मे १३ भित्र विधानसभामा विश्वासको मत पेश गर्नुपर्नेछ। तमिलनाडु लोक भवनले यसको पुष्टि गरेको छ।
तमिलनाडुमा सरकार गठनका लागि आवश्यकभन्दा बढी अर्थात् १ सय २१ जना विधायकको समर्थन पाएपछि राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न टिवीके नेता विजय लोक भवन पुगेका थिए। तमिलनाडुमा कांग्रेस, सीपीआई र सीपीएमपछि भीसीके र इन्डियन युनियन मुस्लिम लिग (आइयूएमएल)ले पनि टिवीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए।
२ सय ३४ सिट रहेको तमिलनाडु विधानसभा निर्वाचनमा टिवीकेले १ सय ८ सिट जितेको छ। दुई सिटबाट विजयी भएका विजयले एउटा सिटबाट राजीनामा दिनुपर्ने भएकाले टिवीकेको संख्या १ सय ७ मा झर्नेछ। बहुमतका लागि १ सय १७ सदस्यको समर्थन आवश्यक पर्नेछ।
कांग्रेसले पाँच सिट जितेको छ भने सीपीआई, सीपीएम, भीसीके र आइयूएमएलले दुई–दुई सिट जितेका छन्। यसरी अहिले टिभिकेसँग १ सय २१ सिट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो।





























प्रतिक्रिया