वादी समुदायलाई कम्बल

वादी समुदायलाई कम्बल

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता

कैलाली, २१ पुस । सात ७ नं प्रदेश नेपाल प्रहरी संघले बिहीबार लम्कीचुहा नगरपालिका–३ बल्चौरका वादी समुदायलाई कम्बल वितरण गरेको छ । 

संघका अध्यक्ष तारा नेपालले सो क्षेत्रका वादी समुदायका १६२ घरधुरीलाई कम्बल वितरण गरेको हो । केही दिनयता बढ्दै गएको चिसोका कारण वादी समुदायका बालबालिका तथा वृद्धवृद्धा प्रभावित बनेका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले नेपाल प्रहरी श्रीमती संघले देशभर कम्बल बाँड्ने, राहत दिने तथा सीपमूलक तालीम सञ्चालन गर्दैआइरहेको बताए । रासस

Logo