केन्द्रबिन्दु सम्बाददाता
काठमाडौँ, २१ पुस ।
छोराले आफ्नै बुवाको हत्या गर्यो भन्दा पत्यार नलाग्ला तर यो सत्य हो । प्युठान सरुमारानी गाउँपालिका–५ बिरिङ्कोट जस्पुरका २० वर्षे मोहोनलाल खाम्चाले ५४ वर्षका बुवा रैसिङ खाम्चाको बिहीबार बेलुका दाउराको चिर्पटले हानेर हत्या गरेको हो ।
छोराको कुटाइबाट घाइते भएका रैसिङको उपचारको क्रममा बिहीबार राति बुटलवलमा ज्यान गएको हो । छोराको कुटाइबाट उनको आमा पनि गम्भीर घाइते भएकी छन् । आमालाई कुटेपछि छुटाउन गएका बुबालाई उनले चिर्पटले हानेका थिए ।
मोहोनलाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।































प्रतिक्रिया