पूर्व राजा ज्ञानेन्द्र दाङमा, के छ बिशेष ?

पूर्व राजा ज्ञानेन्द्र दाङमा, के छ बिशेष ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २१ पुस  । झण्डै दुई हप्ते भ्रमणका क्रममा पुस १३ गते काठमाडौंबाट नेपालगञ्ज गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार बिहान दाङको घोराही जाँदै छन् । सपरिवार शुक्रबार बिहान ११ बजे उनी घोराहीमा रहेको अम्बेश्वरी मन्दिर दर्शन गर्न जाने कार्यक्रम रहेको बताइएको छ । 

मंगलबार दिउँसो बर्दियाको गुलेरिया र बुधबार कैलालीको धनगढीमा रहेको शिवपुरी धार्मिक स्थलमा समय बिताएका थिए । उनी जहाँ पुग्छन् सर्बसाधारणले भने ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ को नारा लगाउन छाडेका छैनन् ।

Logo