राजविराज, २१, पुस
एक साता यता बढेको अत्यधिक चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या सप्तरीमा तीन पुगेको छ । मृत्यु हुने सबै एउटै वडाका हुन् । पछिल्लो पटक मृत्यु हुनेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ वीरपुर गाउँका ३५ वर्षीय रामदयाल राम रहेका छन् ।
विपन्न एवं दलित बस्तीका उनी राति खाना खाएर सुतेका र बिहान ओछ्यानमै मृत फेला परेको उनका परिवारजनले जनाएको छ । यसअघि चिसोकै कारण सोही वडाका ३६ वर्षीय कुलदीप रायको गत आइतबार र ६० वर्षीय रजियादेवी रामको गत मंगलबार मृत्यु भएको सोही वडाका अध्यक्ष विनोदकुमार यादवले जानकारी दिए । ‘चिसोले मृत्यु हुनेहरू सबै मजदुरी गरी परिवारको पालनपोषण गर्दै आएका थिए,’ उनले भने । जाडो मौसममा शीतलहर चलेको र पछिया हावा बढेपछि अत्यधिक चिसो भएको कारण देखाउँदै बिहीबार देखि तीन दिन सम्म जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
राजधानीबाट































प्रतिक्रिया