टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्ने क्रममा चक्कामा आगो लाग्यो, यात्रु सकुसल

टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्ने क्रममा चक्कामा आगो लाग्यो, यात्रु सकुसल

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो लागेको छ ।

इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको जहाज ल्याण्ड हुँदा एक्कासी चक्कामा आगो लागेको हाे ।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो । ‘घटनामा सबै यात्रु सुरक्षित रहेका छन्,’ सिलवालले भने । अहिले विमानलाई ट्याक्सी-वे तर्फ लैजाने प्रयास भइरहेको उनले जानकारी दिए ।

विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । विमानमा संयुक्त राष्ट्र संघका कूटनीतिज्ञहरु समेत सवार रहेको एसपी सिलवालले जानकारी दिए ।

Logo