त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द

केन्द्रबिन्दु
7.16k
Shares

काठमाडौं । अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल स्रोतका अनुसार जहाज उद्दारको कारण कही घण्टाका लागि डोमेस्टिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द भएको छ ।

इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा चक्का एक्कासी आगो देखिएको थियो ।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो । विमानमा रहेका सबै यात्रु सुरक्षित रहेका छन्, । जहाजलाई धावनमार्गबाट ट्याक्सीवेमा लगेर यात्रुको उद्धार हुँदैछ । ।

विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेका छन् ।

Logo