काठमाडौं, २१, पुस
निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र पछिल्लो समय एकताको विषयमा अलमलमा देखिन थालेका छन् । "/>

कता अलमलियो वाम गठबन्धन ?

कता अलमलियो वाम गठबन्धन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१, पुस
निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र पछिल्लो समय एकताको विषयमा अलमलमा देखिन थालेका छन् । सरकार र पार्टी नेतृत्व, नेताहरूको व्यवस्थान, दुई संवैधानिक निकाय राष्ट्रपति र सभामुखको बाँडफाँट तथा विचार र सिद्धान्त लगायतका विषय कसरी हल गर्ने भन्नेमा शीर्ष नेतृत्वले खाका बनाउन नसक्दा नेताहरू अलमलमा परेपछि पार्टी एकता संयोजन समितिको बैठक अनिश्चित बनेको छ ।

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्ने विषयमा गृहकार्य भइरहेको बताउँछन् । पदीय बाँडफाँडको आधारमा एकता प्रक्रिया प्रभावित नहुने जिकिर समेत उनले गरे । तर माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एमाले ठूलो दल भएपछि प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एउटा रोज्नु पर्ने र अर्को आफूहरूले पाउनु पर्ने बताउँछन् ।

दुई पार्टी भित्र सरकारको नेतृत्व र पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषय भने सतहमा नै विवादमा आएको छ । माओवादी केन्द्रको बसेको केन्द्रीय कार्यालय बैठकले एमालेले सरकार र पार्टी अध्यक्ष मध्ये एक पद रोजेर लैजानुपर्ने र दोस्रो आफूलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो । एमाले कतिपय नेताहरू भने ठूलो दल आफू रहेको भन्दै अध्यक्ष सहजै दिने पक्षमा देखिएका छैनन् ।
राजधानीबाट

Logo