दिल्ली क्यापिटल्ससँग पन्जाबको हार, प्लेअफमा पुग्ने सम्भावना कायमै

दिल्ली क्यापिटल्ससँग पन्जाबको हार, प्लेअफमा पुग्ने सम्भावना कायमै

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई तीन विकेटले हराएक छ । पन्जाब किङ्सको यो लगातार चौथो हार हो ।

धर्माशालामा पन्जाबले दिएको २११ रनको लक्ष्य दिल्लीले १९ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका कप्तान अक्षर पटेलले सर्वाधिक ५६ रनको इनिङ खेले । उनले ३० बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।

डेभिड मिलरले ५१ रनको योगदान गरे । उनले २८ बलमा चार छक्का र तीन चौका प्रहार गरे । आशुतोष शर्माले २४, माधव तिवारीले अविजित १८, साहिल पारखले १३ र ट्रिस्टन स्टब्सले १२ रन बनाए । अकिब नाबी १० रनमा अविजित रहे ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१० रनको योगफल तयार पारेको थियो ।

पन्जाबाका कप्तान श्रेयस अय्यरले अविजित ५९ रनको इनिङ खेले । उनले ३६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । ओपनर प्रियांश आर्याले ५६ रनको योगदान गरे । उनले ३३ बलमा ६ छक्का र दुई चौका प्रहार गरे । कुपर कोनोलीले ३८ रन बनाउँदा सुर्यान्स शेड्गे २१ रनमा अविजित रहे । प्रभसिमरन सिंहले १८ रन जोडे ।

जितसँगै १२ खेलमा १० अंक जोडेको दिल्ली सातौँ स्थानमा उक्लिएको छ । लगातारको पराजयपछि पन्जाब ११ खेलमा १३ अंकका साथ चौथो स्थानमा छ ।

Logo