काठमाडौं । १० वर्षसम्म एउटै विद्यालयको आँगनमा हुर्किएका हजारौँ विद्यार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा केवल अङ्क वा ग्रेड मात्र होइन, यो एउटा फराकिलो आकाशमा उड्ने बोर्डिङ पास पनि हो । तर, यो नयाँ आकाशमा उडान भर्नुअघि विद्यार्थी र अभिभावकहरू यतिबेला एउटा गम्भीर दोबाटोमा उभिएका छन्, आफ्नो रुचि र क्षमता सुहाउँदो सही शिक्षण संस्था कसरी छान्ने ? कक्षा ११ र १२ विद्यालय तहको अन्तिम खुड्किलो मात्र नभई उच्च शिक्षाको त्यो जग हो, जसले भविष्यको इन्जिनियर, डाक्टर, उद्यमी, विविध पेशाका विज्ञ र सफल नागरिक बन्ने मार्गप्रशस्त गर्दछ ।
अहिलेको प्रतिस्पर्धात्मक समयमा कहाँ के पढ्ने भन्ने निर्णयले विद्यार्थीको शैक्षिक अनुशासन र भविष्यको गति निर्धारण गर्छ । ग्रेडिङ प्रणाली र नन ग्रेडिङको नयाँ प्रावधानले शिक्षामा गुणस्तरको खोजी झनै अनिवार्य बनाइदिएको छ । देशभरका करिब ५ हजार माविहरूको भिडमा कुन विद्यालयले विद्यार्थीको सिर्जनशीलता र नतिजालाई सँगसँगै अगाडि बढाउन सक्छन् त ? यही जिज्ञासाको समाधान खोज्दै, विद्यार्थीहरूलाई सही र उत्कृष्ट शैक्षिक थलो पहिचान गर्न मद्दत गर्ने उद्देश्यका साथ केन्द्रबिन्दु डटकमले विगत १ दशकदेखि देशभरका उत्कृष्ट माविहरूको शैक्षिक उपलब्धीबारे विवरण सार्वजनिक गर्दै आएको छ, जसलाई यो वर्ष पनि केन्द्रबिन्दुले निरन्तरता दिएको छ । उत्कृष्ट शिक्षालयको यो सूची मात्र होइन्, तपाईंको भविष्यको मार्गचित्र पनि हुनसक्छ ।
एसईई पार गरेपछि विद्यार्थीले निश्चित विषयमा आफ्नो दक्षता हासिल गर्नका लागि कक्षा ११ र १२ ले केही विकल्प दिन्छ । त्यसअनुरुप विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षाशास्त्र लगायतका संकायअन्तर्गत करिब २०० विषयका पाठ्यक्रममा यो तहमा पठनपाठन हुने गरेको छ ।
यसरी करियर निर्माणको प्रवेश विन्दु भएकाले कक्षा ११ र १२ कहाँ पढ्ने, कुन कलेज रोज्ने, कुन संकाय छनौट गर्ने भन्ने कुरामा केही द्विविधा विद्यार्थी र अभिभावक दुवैमा हुनेगर्छ । एसईई उत्तीर्ण भएर पनि विद्यार्थी यो समयमा झन् बढि पिरोलिएका हुन्छन् । मुलुकभर थुप्रै विद्यालय छन् ।
एसईईको नतिजा केवल अङ्क मात्र होइन, यो फराकिलो आकाशमा उड्ने बोर्डिङ पास र भविष्यको मार्गचित्र पनि हो।
ती सबैमा एकरुपता छैन । चाहे सेवा सुविधाको हिसाबले होस् वा पठन पद्दतीको । चाहे नतिजाको हिसाबले होस् वा उपलब्ध शैक्षिक स्रोतका हिसाबले । यस्तो पृष्ठभूमीमा आफ्नो लागि अनुकुल विद्यालय छनौट गर्न पक्कै पनि विवेकसम्मत निर्णय जरुरी हुन्छ । पछिल्लो समयमा निजी मात्र होइन, सामुदायिक विद्यालयहरुले समेत उत्कृष्ट शैक्षिक वातावरणमा शिक्षा दिलाउन थालिसकेकाले पैसा खर्च गर्दा मात्र राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमबाट विद्यार्थीहरु मुक्त हुन जरुरी छ । अर्को कुरा आफ्नो अनुकुलको छोटो दुरीको शिक्षालय छनौट गर्नुपनि विद्यार्थीका निम्ती लाभदायी रहन्छ ।
कक्षा १० सम्मको एकप्रकारको पठन शैली र अध्यापनको तरिकाभन्दा फरक हुने भएकाले पनि कक्षा ११ लाई अध्यापन र भविष्यको प्रवेशद्वारको रुपमा लिइएको छ । यहाँ विद्यार्थीको मेहनत र शिक्षकवर्गको अनुभवको संगम आवश्यक पर्छ । जुन संकाय वा विषय वा जुनसुकै शैक्षिक संस्था छनौट गरे पनि विद्यार्थीले लगनशिल भएर मेहनत गर्दा उसले आफ्नो लक्ष्य हासिल गर्ने पक्का छ । पछिल्लो समयमा आफू अध्ययन गरेकै विद्यालयबाट पनि कक्षा १२ सम्मको अध्ययन पूरा गर्ने ट्रेन्ड सुरु भएको छ । यो पनि सकारात्मक पक्ष नै हो ।
‘छनौटको आधारः राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा पछिल्ला ५ वर्षमा औसतमा २ सय १० जना विद्यार्थी सहभागी गराउने शिक्षण संस्थाले हासिल गरेको शैक्षिक नतिजा, विद्यार्थी, अभिभावक एवं सरोकारवालाको रोजाई’
निजी तथा सामुदायिक शैक्षिक संस्थाले अहिले आफ्नो अध्यापनमा अत्याधुनिक प्रविधिको माध्यम अपनाएका छन् । खासगरी क्षमतावान् फ्याकल्टी (संकायगत विशेषज्ञ) भएको शैक्षिक संस्था रोज्दा विद्यार्थीको शैक्षिक प्रगतिको सम्भावना बलियो हुन्छ । एसईईपछिको अध्ययनका लागि उपयुक्त शिक्षण संस्थाको खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यहाँ केही शैक्षिक संस्था र उनीहरुले समेटेका कार्यक्रमबारे जानकारी दिने प्रयास गरेका छौं । हामीले यहाँ समेटेका प्लस टुहरु उत्कृष्ट पक्कै हुन् तर यी मात्रै उत्कृष्ट हुन् भनेर ठोकुवा भने गर्दैनौँ । यहाँ उल्लेख भएका शैक्षिक संस्था विद्यार्थीका लागि सही शैक्षिक गन्तव्य सिद्ध हुनेमा भने ढुक्क रहन सकिन्छ ।
निजी मात्र होइन, सामुदायिक विद्यालयहरुले समेत उत्कृष्ट शैक्षिक वातावरणमा शिक्षा दिलाउन थालिसकेकाले पैसा खर्च गर्दा मात्र राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमबाट विद्यार्थीहरु मुक्त हुन जरुरी छ ।
छनौटको आधार
राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा पछिल्ला ५ वर्षमा औसतमा २ सय १० जना विद्यार्थी सहभागी गराउने शिक्षण संस्थाले हासिल गरेको शैक्षिक नतिजा, विद्यार्थी, अभिभावक एवं सरोकारवालाको रोजाई, नेपाल सरकार शिक्षा मन्त्रालयले गरेको पुरस्कारको आधार, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो विद्यालय बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाका अब्बल विद्यार्थीले उपल्लो तहमा हासिल गरेको उपलब्धी र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको रचनात्मक उपस्थिति लगायत मापदण्डलाई हामीले उत्कृष्ट शैक्षिक संस्था छनोटको आधार बनाएका छौं । यहाँ उल्लेख भएका शैक्षिक संस्था विद्यार्थीका लागि सही शैक्षिक गन्तव्य सिद्ध हुनेमा भने ढुक्क रहन सकिन्छ ।
प्रमुख मापदण्डको रुपमा लामो समयदेखि शैक्षिक गुणस्तरमा सम्झौता नगरी संचालनमा आएका विद्यालयहरुलाई प्राथमिकता दिइएको छ । उत्कृष्ट शिक्षालयको रुपमा धेरै विद्यार्थीको रोजाइमा परेका विद्यालय, कलेज यसमा समेटिएका छन् । पास आउट विद्यार्थीको पर्फमेन्स पनि एउटा आधार हो भने राष्ट्रिय परीक्षा बोर्डले ‘रिकग्नाइज’ गरेका शिक्षण संस्था पनि समेटिएका छन् । धेरै भन्दा धेरै विद्यार्थीमा ३ दशमलव २ जीपीएभन्दा बढी र ४ जीपीए हासिल गराउने शैक्षिक संस्थाहरु टप ट्वेन्टी र्याङ्किङ मापदण्डको अर्को आधार हो । पछिल्लो समयमा भौतिक संरचनामा वृहत लगानी गर्दै आएका शैक्षिक संस्थालाई पनि उत्कृष्ट २० को सूचीमा प्राथमिकता दिइएको छ ।
हजारौँ विद्यालयको भीडमा सही गन्तव्य ठम्याउनु नै भविष्यको पहिलो सफल कदम हो।
कतिपय अब्बल शिक्षण संस्था यस छनौट प्रकृयामा सहभागी हुन अनिच्छुक देखिएकाले उत्कृष्ट २० को सूचीमा समेटिएको छैन । कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि समाविष्ट छैनन् । यस्तै, विभिन्न वर्षका शैक्षिक परिणाममा ठूलो अन्तर देखिएका अर्थात् उतारचढावपूर्ण नतिजा देखिएका शैक्षिक संस्था पनि यसमा समावेश छैनन् । हामीले यहाँ प्रस्तुत गरेका राम्रा ‘प्लस टु’ माथि आफैं अध्ययन गरेर आफ्ना लागि कुन उपयुक्त हुन्छ भन्ने कुराको यकिन अभिभावक र विद्यार्थीले आफैं गर्न सक्छन् ।
कक्षा ११ र १२ अध्ययनका लागि हामीले काठमाडौंसहित देशभरका विद्यालय, कलेजलाई समेट्ने प्रयास गरेका छौं । राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउँदो पाठ्य सामग्रीले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ । यिनै विषयलाई हामीले उत्कृष्ट शैक्षिक संस्था छनौटको आधार बनाएका छौं । यसरी करिब ३ दर्जन विद्यालय/कलेज संचालन गर्ने शैक्षिक संस्थालाई यो सामग्रीमा समेटिएको छ । उत्कृष्ट तर उस्तै–उस्तै शैक्षिक परिणाम रहेका धेरै शैक्षिक संस्थालाई समेट्ने क्रममा कतिपय शैक्षिक संस्थालाई एउटै नम्बरमा समेटेर लैजानुपरेको छ ।
नतिजा, भौतिक पूर्वाधार र विद्यार्थीको आकर्षणका आधारमा तयार पारिएको सूचीमा ललितपुरको प्रसादी एकेडेमी शीर्षमा रहँदा माइतीघरस्थित सेन्ट जेभियर्स सेकेण्डरी स्कुल र विज्ञान र व्यवस्थापन दुवै संकायमा सन्तुलित नतिजा ल्याउँदै काठमाडौं मोडल सेकेण्डरी स्कुल (केएमसी)ले दाेस्राे स्थान ओगटेका छन्।
यसैगरी विज्ञान र व्यवस्थापन दुवै संकायमा सन्तुलित नतिजा ल्याउँदै काठमाडौं मोडल सेकेण्डरी स्कुल (केएमसी) र डिल्लीबजारको ट्रिनिटी इन्टरनेसनल र लगनखेलको पिनाकल एकेडेमी सूचीको तेस्राे स्थानमा रहँदा पकनाजोलको एनसिसिएस र लाजिम्पाटको जेभियर एकेडेमी पनि गुणस्तरीय शिक्षाका लागि अब्बल ठहरिएका छन्। यता चावहिल क्षेत्रमा रिलायन्स र सेन्ट लरेन्सको दबदबा कायम रहँदा, बल्खुको काठमाडौं बर्नहार्टले पनि नतिजामा सुधार गर्दै शीर्ष १० को सूचीमा स्थान सुरक्षित गरेको छ।
काठमाडौं बाहिर पनि शैक्षिक गुणस्तरमा व्यापक प्रतिस्पर्धा देखिएको छ। पोखराको मदरल्याण्ड सेकेण्डरी स्कुल र विराटनगरका शिक्षादीप, मेरिल्याण्ड तथा अरनिको आवासीय स्कुलहरूले काठमाडौंका प्रतिष्ठित कलेजहरूलाई नतिजामा कडा टक्कर दिइरहेका छन्। त्यस्तै, बुटवलको कालिका सेकेण्डरी स्कुल र दाङको ज्ञानज्योती कलेजले पनि मोफसलको शिक्षामा इँटा थप्ने काम गरेका छन्।

देशका बेस्ट प्लस टु (र्याङ्किङको आधारमा)
१. प्रसादी एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर
२. सेन्ट जेभियर्स सेकेण्डरी स्कुल, माइतीघर
२.काठमाडौं मोडल सेकेण्डरी स्कुल (केएमसी), (बागबजार/बालकुमारी)
३. ट्रिनिटी इन्टरनेसनल सेकेण्डरी स्कुल, डिल्लीबजार
३. पिनाकल एकेडेमी सेकेण्डरी स्कुल, लगनखेल
४. एनसिसिएस सेकेण्डरी स्कुल, पकनाजोल
४. जेभियर एकेडेमी सेकेण्डरी स्कुल, लाजिम्पाट
५. रिलायन्स इन्टरनेशनल एकेडेमी, चावहिल
५. काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल, बल्खु
६. मदरल्याण्ड सेकेण्डरी स्कुल, पोखरा
६. शिक्षादीप बोर्डिङ सेकेण्डरी स्कुल, विराटनगर
६. सेन्ट लरेन्स सेकेण्डरी स्कुल, चावहिल
७. मेरिल्याड सेकेण्डरी स्कुल, विराटनगर
७. अरनिको आवासिय सेकेण्डरी स्कुल, विराटनगर
८. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर
८. किष्ट सेकेण्डरी स्कुल, कमलपोखरी
९. मनास्लु वर्ल्ड स्कुल, चुच्चेपाटी
९. लिभरपुल सेकेण्डरी स्कुल, नयाँ बानेश्वर
९. नेपाल पुलिस सेकेण्डरी स्कुल, काभ्रे
१०. लिटल एञ्जल्स सेकेण्डरी स्कुल, ललितपुर
१०. विश्व निकेतन सेकेण्डरी स्कुल, त्रिपुरेश्वर
१०. कालिका सेकेण्डरी स्कुल, बुटवल
११. टेक्सास इन्टरनेसनल सेकेण्डरी स्कुल, चावहिल
११. नेपाल मेगा कलेज, बबरमहल
१२. भिएस निकेतन सेकेण्डरी स्कुल सुविधानगर, तीनकुने
१२. नोबेल एकेडेमी सेकेण्डरी स्कुल, बानेश्वर
१३. युनाइटेड एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर
१३. मोर्गन सेकेण्डरी स्कुल, बसुन्धरा
१४. नासा सेकेण्डरी स्कुल, तीनकुने
१४. सैनिक आवासिय महाविद्यालय, भक्तपुर
१५. नेपाल काष्ठमण्डप सेकेण्डरी स्कुल, कलंकी
१५. नेसनल कलेज अफ साइन्सेज सेकेण्डरी स्कुल, लैनचौर
१५. ज्ञानज्योती सेकेण्डरी स्कुल, दाङ
१६. ख्वप सेकेण्डरी स्कुल, भक्तपुर
१७. ओमेगा इन्टरनेसनल सेकेण्डरी स्कुल, ललितपुर
१८. सेन्ट मेरिज सेकेण्डरी स्कुल, ललितपुर
१८. समृद्धि सेकेण्डरी स्कुल, बनस्थली
१९. आइएसटी सेकेण्डरी स्कुल, ज्ञानेश्वर
१९. गोर्खा सेकेण्डरी स्कुल, दाङ
२०. ब्रिजवाटर सेकेण्डरी स्कुल, सिनामंगल
१. प्रसादी एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर

ललितपुरको मानभवनमा अवस्थित प्रसादी एकेडेमी सेकेण्डरी स्कुलले विगत दुई दशकभन्दा लामो समयदेखि प्लस टु शिक्षामा आफ्नो बेग्लै पहिचान बनाउँदै आफूलाई सधैं शीर्ष स्थानमा राख्न सफल भएको छ।
देशभरका हजारौँ शैक्षिक संस्थाहरूमध्येबाट उत्कृष्ट ठहरिँदै पाँच पटकसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल प्रसादी यो ऐतिहासिक उपलब्धि हासिल गर्ने मुलुककै एकमात्र संस्था हो। यही नतिजाले यसको प्राज्ञिक उचाईलाई पुष्टि गर्दछ। प्रसादीमा अध्ययन गर्न हरेक वर्ष विद्यार्थीबीच उच्च प्रतिस्पर्धा हुने गरेको छ । सीमित सिटमा मात्र भर्ना खुलाउने यस संस्थाले कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ ।
शैक्षिक उत्कृष्टताप्रतिको अटुट प्रतिबद्धता नै प्रसादीको सफलताको मुख्य कडी हो।
“एकल कार्यक्रम, एकल व्यवस्थापन” भन्ने मूल ध्येय राखेको प्रसादी एकेडेमीले गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गरेको छ । सन् १९९८ मा स्थापना भएको यस एकेडेमीले विज्ञान र व्यवस्थापन संकायमा उच्च शैक्षिक मापदण्डसहितको गुणस्तरीय अध्यापन शैली अपनाएकै कारण हरेक वर्ष शतप्रतिशत उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।
प्रसादी एकेडेमीको विशेषता केवल उत्कृष्ट नतिजामा सीमित छैन । व्यवहारिक शिक्षा, जीवनोपयोगी ज्ञान, आधुनिक प्रविधिमैत्री सिकाइ प्रणाली तथा विविध अतिरिक्त क्रियाकलापमार्फत यसले विद्यार्थीलाई “पढ्ने” मात्र होइन, “बुझ्ने र जीवनमा लागू गर्ने” संस्कार सिकाउँदै आएको छ ।
शैक्षिक उत्कृष्टताप्रतिको अटुट प्रतिबद्धता नै प्रसादीको सफलताको मुख्य कडी हो। स्कुलले अंगालेको विद्यार्थी केन्द्रित शिक्षण प्रणाली, आधुनिक प्रविधि र नैतिक मूल्यमान्यताको फ्युजनले गर्दा नै यहाँका विद्यार्थीहरू विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य साबित भएका छन्। कलेजले सधैँ शिक्षक र विद्यार्थीबीचको सन्तुलित अनुपातलाई कायम राख्दै प्रत्येक विद्यार्थीको व्यक्तिगत क्षमता र रुचिलाई विशेष ध्यान दिने गरेको छ।
विद्या धन सबैभन्दा ठूलो धन हो” भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै प्रसादी एकेडेमीले गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गरेको छ ।
पढेर ज्ञान आर्जन मात्र पर्याप्त हुँदैन । उक्त ज्ञानलाई आफ्नो जीवन र समाज, राष्ट्र र सम्पूर्ण जगतका हितमा कसरी उपयोग गर्ने ? कसरी आफूमा सही आचरण विकास गर्ने ? कसरी जीवनलाई रचनात्मक र अर्थपूर्ण बनाउने ? प्रसादीले यही अनुरुप विभिन्न शैक्षिक गतिविधिहरु सञ्चालन गर्छ । शिक्षा क्षेत्रमा बदलिँदो समयसँगै नयाँ सोच र आधुनिक अभ्यासलाई आत्मसात् गर्दै प्रसादीले “गुणस्तरीय शिक्षा नै समृद्ध भविष्यको आधार हो” भन्ने सन्देशलाई व्यवहारमा उतारिरहेको छ । त्यसैले पनि धेरै अभिभावक र विद्यार्थीका लागि प्रसादी केवल एउटा स्कुल नभई सपनालाई आकार दिने शैक्षिक गन्तव्य बनेको छ ।
२. सेन्ट जेभियर्स सेकेण्डरी स्कुल, माइतीघर

नेपालको उच्च माध्यमिक शिक्षाको क्षेत्रमा गुणस्तर, अनुशासन र प्राज्ञिक सफलताको कुरा गर्दा अग्रपंक्तिमा आउने नाम हो, सेन्ट जेभियर्स सेकेण्डरी स्कुल ।
माइतीघरमा सन् १९५१ मा स्थापना भएको सेन्ट जेभियर्सले विगत ७५ वर्षदेखि नेपालको शैक्षिक विकासमा अग्रणी भूमिका निर्वाह गर्दै कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस शैक्षिक संस्थाले एउटै एकीकृत प्रशासन अन्तर्गत प्राथमिक, माध्यमिक र उच्च माध्यमिक तहहरू सञ्चालन गर्दै आएको छ। यसले गर्दा विद्यार्थीहरूले जगदेखि नै एउटै मूल्य मान्यता र अनुशासित वातावरणमा हुर्किने अवसर पाएका छन्।
सेन्ट जेभियर्सले ‘मेरिट’का आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा विद्यार्थी भर्ना लिने गर्छ ।
सेन्ट जेभियर्सले ‘मेरिट’का आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा विद्यार्थी भर्ना लिने गर्छ । विज्ञान, अनिवार्य गणित, ऐच्छिक गणित र अंग्रेजीमा कम्तिमा ‘ए’ र अन्य विषयमा कम्तिमा ‘बी प्लस’ ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिने जेभियर्सले मेहनती र अनुशासित विद्यार्थी तथा अब्बल शिक्षकहरुको लगनशीलताकै कारण शैक्षिक नतिजा पनि शतप्रतिशत दिन सफल छ ।
सेन्ट जेभियर्सको एउटा मुख्य विशेषता भनेको यसको समावेशी चरित्र हो। स्थापना कालदेखि नै यस संस्थाले समाजका हरेक वर्ग, तह र तप्काका विद्यार्थीहरूलाई समान अवसर प्रदान गर्दै आएको छ। उत्कृष्टता, नेतृत्व र सेवा सेन्ट जेभियर्सको मूल मन्त्र हो ।
गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशालाले सुसज्जित यस संस्थाले बौद्धिक, आध्यात्मिक र सामाजिक रूपमा सक्षम जनशक्तिको विकास गर्दै आफूलाई सफल नागरिक बनाउन हरेक विद्यार्थीलाई पहिलो दिनदेखि नै मेहेनत गर्ने गरेको छ । शैक्षिक उत्कृष्टता, नैतिक अखण्डता, आध्यात्मिक बुद्धिमता, सामाजिक तथा वातावरणीय उत्तरदायित्व र भावनात्मक स्वास्थ्यलाई आत्मसात गर्ने वैश्विक नागरिकहरूको निर्माण गर्न यो शैक्षिक संस्था प्रतिवद्ध छ ।
उत्कृष्टता, नेतृत्व र सेवा सेन्ट जेभियर्सको मूल मन्त्र हो ।
२. काठमाडौं मोडल सेकेण्डरी स्कुल, (बागबजार/बालकुमारी)

नेपालको शैक्षिक जगत्मा दुई दशकदेखि निरन्तर गुणस्तर र उत्कृष्टताको नेतृत्व गरिरहेको नाम हो, काठमाडौं मोडल सेकेण्डरी स्कुल (केएमसी) ।
सन् २००० मा स्थापना भई आईएसओ ९००१ः२०१५ बाट मान्यता प्राप्त यस संस्थाले बागबजार र बालकुमारी दुवै स्थानबाट प्लस टुदेखि स्नातकोत्तर तहसम्म विश्वस्तरीय शैक्षिक वातावरण प्रदान गर्दै आएको छ । अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण पद्धति र अनुभवी प्राध्यापकहरूको मार्गनिर्देशनका कारण निरन्तर शतप्रतिशत नतिजा निकाल्न सफल केएमसी आज अनुशासित र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने मुलुककै एक उत्कृष्ट शैक्षिक गन्तव्य बनेको छ ।
केएमसीको सफलताको मुख्य सूत्र भनेको केवल सैद्धान्तिक ज्ञान मात्र नभई जीवनोपयोगी र प्रयोगात्मक शिक्षामा जोड दिनु हो ।
स्कुलले विशेषगरी प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा आफूलाई उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका भौतिक पूर्वाधार, अत्याधुनिक प्रयोगशाला र प्रविधिमैत्री वातावरणले गर्दा नै यो स्कुल काठमाडौं उपत्यकाभित्रका शैक्षिक संस्थाहरूमध्ये अग्रपंक्तिमा गणना हुन्छ।
केएमसीको सफलताको मुख्य सूत्र भनेको केवल सैद्धान्तिक ज्ञान मात्र नभई जीवनोपयोगी र प्रयोगात्मक शिक्षामा जोड दिनु हो । अनुभवी एवं लामो समय शैक्षिक क्षेत्रमा समर्पित प्राध्यापकहरूको मेहनतका कारण राष्ट्रिय परीक्षा बोर्डको वार्षिक परीक्षाहरूमा यस स्कुलले निरन्तर सतप्रतिशत नतिजा हासिल गर्दै आएको छ। प्रत्येक विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन स्कुलले नियमित कक्षा बाहेक विभिन्न सीपमूलक तालिम र बौद्धिक क्रियाकलापहरू पनि सञ्चालन गर्दै आएको छ।
विद्यार्थीहरूमा अनुशासन, नैतिक मूल्य मान्यता र सिकाईप्रतिको तिर्खा जगाउन सधैँ प्रयत्नशील रहने केएमसी अत्याधुनिक पूर्वाधार र उद्योग क्षेत्रका अनुभवी विशेषज्ञहरूको संकायले गर्दा विद्यार्थीहरूको सपनालाई यथार्थमा बदल्न केएमसी एक दरिलो खम्बा बनेको छ। अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूका लागि यो संस्था एक भरपर्दो र उचित विकल्प बन्नसक्छ ।
३. . ट्रिनिटी इन्टरनेसनल सेकेण्डरी स्कुल, डिल्लीबजार

शैक्षिक उत्कृष्टता र विद्यार्थीको सर्वाङ्गीण विकासलाई आफ्नो मुख्य लक्ष्य बनाएको ट्रिनिटी इन्टरनेशनल सेकेण्डरी स्कुल आधुनिक एवं व्यावहारिक शिक्षण पद्धतिका कारण विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका साथै स्नातक तहमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न लोकप्रिय कार्यक्रमहरू सञ्चालन गरिरहेको यस संस्थाले केवल किताबी ज्ञानमा मात्र सीमित नभई बौद्धिक र सामाजिक रूपान्तरणमा समेत जोड दिँदै आएको छ। प्रविधिमैत्री वातावरण र अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधारले सुसज्जित यो स्कुल आजको युग सुहाउँदो गुणस्तरीय शिक्षाका लागि एक सुरक्षित प्राज्ञिक थलोको रूपमा उभिएको छ।
काठमाडौंको डिल्लीबजारमा विगत लामो समयदेखि प्लस टु अन्तर्गत विज्ञान र व्यवस्थापन संकायका साथै प्रतिष्ठित क्याम्ब्रिज ए लेभलमा मुलुककै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस स्कुलले विद्यार्थीको शैक्षिक र व्यक्तिगत विकासलाई सँगसँगै अगाडि बढाएको छ। अत्याधुनिक पूर्वाधार, अनुभवी प्राध्यापक र १५० भन्दा बढी अतिरिक्त क्रियाकलापहरूको माध्यमबाट ट्रिनिटीले विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धी बन्न सक्ने गरी दक्ष र सक्षम जनशक्ति उत्पादन गरिरहेको छ।
गुणस्तरीय शिक्षा र प्रतिस्पर्धी वातावरण खोज्ने विद्यार्थीका लागि ट्रिनिटी एक सुरक्षित र भरपर्दो प्राज्ञिक थलोको रूपमा उभिएको छ।
युग सुहाउँदो व्यावहारिक पाठ्यक्रम र आधुनिक शिक्षण पद्धतिले गर्दा यहाँका विद्यार्थीहरू विश्वव्यापी रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताका साथ उत्तीर्ण हुने गरेका छन्। बौद्धिक, सामाजिक र व्यक्तिगत रूपान्तरणका लागि स्कुलले प्रदान गर्ने सहयोग र मार्गदर्शन अतुलनीय रहेको छ।
पर्याप्त शैक्षिक स्रोत, आधुनिक प्रयोगशाला र प्रविधिमैत्री कक्षाकोठाहरू रहेको ट्रिनिटीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सल्लाहकारहरूको विज्ञता र समर्पित व्यवस्थापन टिमले विद्यार्थीका आवश्यकता र शैक्षिक सहयोगलाई सँगसँगै अगाडि बढाएका छन्। आधुनिक, व्यावहारिक र प्रभावकारी शिक्षण विधिलाई आत्मसात् गर्दै ट्रिनिटीले विद्यार्थीहरूको प्रतिभालाई निखार्ने र उनीहरूलाई भविष्यको सफल नागरिक बनाउने आफ्नो मिशनमा निरन्तर सफलता पाइरहेको छ। गुणस्तरीय शिक्षा र प्रतिस्पर्धी वातावरण खोज्ने विद्यार्थीका लागि ट्रिनिटी एक सुरक्षित र भरपर्दो प्राज्ञिक थलोको रूपमा उभिएको छ।
३. पिनाकल एकेडेमी सेकेण्डरी स्कुल, लगनखेल

एसईईको नतिजापछि उच्च शिक्षाका लागि कहाँ भर्ना हुने भन्ने अन्योलमा रहेका विद्यार्थीहरूका लागि उत्कृष्ट विकल्प हो, पिनाकल एकेडेमी सेकेण्डरी स्कुल ।
ललितपुरको लगनखेलमा अढाई दशक लामो गरिमामय शैक्षिक इतिहास निर्माण गरेको पिनाकलले स्थापनाकालदेखि नै समयसापेक्ष, वैज्ञानिक र व्यावहारिक शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीहरूको भविष्य निर्माणका लागि एक दर्बिलो जगको रूपमा आफूलाई उभ्याएको छ। यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायको पठनपाठन गराउँदै हुँदै आएको छ ।
पिनाकलको सफलताको मुख्य आधार भनेको समर्पित शिक्षक समूह र सबल व्यवस्थापन हो।
पिनाकल एकेडेमी शैक्षिक उपलब्धिको हिसाबले मुलुककै अग्रणी संस्थाहरूमध्ये एक हो। यस स्कुलसँग गर्विलो इतिहास छ, तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्द्वारा लिइएको राष्ट्रिय स्तरको परीक्षामा यस स्कुलले तीन पटक नेपाल सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको थियो। राष्ट्रिय परीक्षा बोर्डको स्थापनापछि पनि सन् २०१९ मा यसले सर्वोत्कृष्ट नतिजा निकालेर आफ्नो साखलाई पुनः पुष्टि गरेको इतिहास छ ।
स्कुलको सफलताको मुख्य आधार भनेको समर्पित शिक्षक समूह र सबल व्यवस्थापन हो। यहाँका शिक्षकहरूलाई केवल अध्यापकका रूपमा मात्र नभई विद्यार्थीका साथी, दार्शनिक, सहजकर्ता र अभिभावकका रूपमा हेरिन्छ। विद्यार्थीको अन्तर्निहित प्रतिभा, सिर्जनशीलता र क्षमता प्रष्फुटन गराउन स्कुलले प्रयोगात्मक पठन विधिलाई विशेष जोड दिँदै आएको छ। पर्याप्त शैक्षिक स्रोत, अत्याधुनिक कक्षाकोठा र प्रविधिमैत्री प्रयोगशालाहरूले यहाँको सिकाईलाई थप प्रभावकारी बनाएका छन्।
यो स्कुलले पढाईका अतिरिक्त विद्यार्थीको सर्वाङ्गीण विकासमा पनि जोड दिँदै आएको छ । कला, साहित्य, मनोरञ्जन, खेलकुदमा विद्यार्थीलाई प्रेरित गर्दै उपयुक्त वातावरण बनाइदिएको छ । त्यसैले त पिनाकलमा अध्ययन गरेका विद्यार्थीहरुले राजनीतिदेखि खेलकुद क्षेत्रसम्म ख्याती कमाइसकेका छन् । शैक्षिक मापनको हिसाबले पिनाकल जति उत्कृष्ट छ उत्तिकै गतिशिल छ खेलकुदतर्फ पनि । पिनाकलले आफ्ना विद्यार्थीलाई खेलकुदमा प्राथमिकताका साथ सहभागी गराउँदै आएको छ । यस शैक्षिक संस्थाले विदेशी प्रशिक्षकको प्रशिक्षणमा क्रिकेट टिम नै तयार पारेको छ ।
पिनाकलमा अध्ययन गरेका विद्यार्थीहरुले राजनीतिदेखि खेलकुद क्षेत्रसम्म ख्याती कमाइसकेका छन् ।
विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न प्रतिबद्ध पिनाकल एकेडेमीले नवीनता र व्यक्तिगत विकासलाई शिक्षाको मेरुदण्ड मान्दै आएको छ। उत्कृष्ट नतिजा, अनुशासित वातावरण र जीवनोपयोगी शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूका लागि पिनाकल एक भरपर्दो प्राज्ञिक केन्द्र बनेको छ।
४. एनसीसीएस सेकेण्डरी स्कुल, पकनाजोल

नेपालको शैक्षिक जगतमा सूचना प्रविधि र व्यवस्थापन शिक्षाको अग्रणी केन्द्रका रूपमा परिचित संस्था हो, एनसीसीएस सेकेण्डरी स्कुल, पकनाजोल ।
‘रानी मौरी बनाउन रानीझैं हेरचाह चाहिन्छ’ भनेझैं एनसीसीएसले विद्यार्थीको व्यक्तिगत क्षमता र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको छ। कक्षा ११ र १२ मा व्यवस्थापन र प्रविधिमा सुन्दर भविष्यको सुरुवात गर्न चाहने विद्यार्थीका लागि यो स्कुल उर्बर थलो हो ।
कक्षा ११ र १२ मा व्यवस्थापन र प्रविधिमा सुन्दर भविष्यको सुरुवात गर्न चाहने विद्यार्थीका लागि एनसीसीएस एक उर्बर थलो हो ।
काठमाडौँको पकनाजोलमा आफ्नै सुविधासम्पन्न भवन र अत्याधुनिक प्रयोगशालाहरू रहेको यस स्कुलले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक शिक्षा र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने गरेको छ। दक्ष प्राध्यापकहरूको समूह र अनुशासित प्राज्ञिक वातावरणका कारण यहाँबाट उत्पादित जनशक्ति स्वदेश तथा विदेशका प्रतिष्ठित कम्पनीहरूमा सफल करियर निर्माण गर्न सक्षम देखिएका छन्।
एनसीसीएसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वमा समेत निखार्नु हो। स्कुलले नियमित रूपमा अन्तर-स्कुल खेलकुद प्रतियोगिता, अतिरिक्त क्रियाकलाप र नेतृत्व तालिमहरू आयोजना गर्दै आएको छ। यहाँका दक्ष र अनुभवी शिक्षकहरूको समूहले प्रत्येक विद्यार्थीलाई व्यक्तिगत ध्यान दिँदै उनीहरूको प्रगतिलाई निरन्तर पछ्याउने गर्दछन्।
एनसीसीएसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको व्यक्तित्व विकासमा समेत निखार्नु हो।
शिक्षालाई मूल्य र संस्कारसँग जोड्दै एनसीसीएसले विद्यार्थीहरूलाई आत्मविश्वासपूर्ण, अनुशासित र आत्मनिर्भर बनाउन काउन्सिलिङ र करियर गाइडन्स जस्ता सुविधाहरू पनि प्रदान गर्दै आएको छ। स्कुलको विगतको नतिजा र यहाँबाट उत्तीर्ण भएर स्वदेश तथा विदेशका प्रतिष्ठित कम्पनीहरूमा कार्यरत जनशक्तिले नै एनसीसीएसको गुणस्तरको पुष्टि गर्दछ।
४. जेभियर एकेडेमी, लाजिम्पाट

काठमाडौँको मुटु लाजिम्पाटमा अवस्थित जेभियर एकेडेमीले आफ्नो स्थापनाको २६ वर्ष पूरा गर्दै नेपालको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई उभ्याएको छ । विसं २०५४ मा औपचारिक रूपमा स्थापना भएको यस एकेडेमीले विद्यार्थीको शैक्षिक विकासका साथै उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासलाई मुख्य प्राथमिकता दिँदै आएको छ।
जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ ।
राडिसन होटलको उत्तरतर्फ आफ्नै आधुनिक छ तले भवनमा सञ्चालित यस एकेडेमीले विद्यार्थी, शिक्षक र अभिभावकबीचको त्रिकोणात्मक सम्बन्धलाई संस्थाको मेरुदण्ड मानेको छ। विद्यार्थीसँग अन्तरक्रियात्मक सहभागितामा शिक्षण विधिलाई प्रभावकारी र दीगो बनाउँदै लगेको यो एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायअन्तर्गत पठनपाठन गराउँदै आएको छ । जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ ।
एकेडेमीले नियमित रूपमा अभिभावकहरूसँग अन्तर्क्रिया, समीक्षा र सुझाव संकलन गर्दै विद्यार्थीहरूको प्रगतिको मार्गचित्र कोर्ने गरेको छ।
वरिष्ठ शिक्षाविद् प्राडा श्रीराम भगत माथेको अनुभवी नेतृत्वमा जेभियर एकेडेमीले स्थापनाकालदेखि नै उत्कृष्टतालाई बानी बनाउने लक्ष्य लिएको छ। विद्यार्थी केन्द्रित शिक्षण विधि, नियमित परीक्षा, कडा अनुशासन र परामर्श सेवाका कारण एकेडेमीले लगातार शतप्रतिशत नतिजा निकाल्दै आएको छ। विशेषगरी सन् २०१० यता विज्ञान र व्यवस्थापन संकायमा एकेडेमीले हासिल गरेको नतिजाले यसलाई देशकै उत्कृष्ट १० कलेजहरूको सूचीमा स्थापित गराएको छ।
एकेडेमीले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूलाई सामाजिक रूपमा जिम्मेवार नागरिक बनाउन विशेष पहल गरेको छ।
विज्ञान र व्यवस्थापन संकायमा हासिल गरेको उत्कृष्ट नतिजासँगै एकेडेमीले अवलम्बन गरेको होलिस्टिक शिक्षा पद्धति र अनिवार्य सामुदायिक सेवा जस्ता कार्यक्रमले यसलाई अन्य शिक्षण संस्थाभन्दा फरक देखाएको छ।
एकेडेमीले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूलाई सामाजिक रूपमा जिम्मेवार नागरिक बनाउन विशेष पहल गरेको छ। हरेक विद्यार्थीले वार्षिक रूपमा कम्तीमा १५ घण्टा अनिवार्य सामाजिक वा सामुदायिक सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले विद्यार्थीमा सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने विश्वास एकेडेमीको छ।
५. रिलायन्स इन्टरनेशनल एकेडेमी, चावहिल

आजको प्रतिस्पर्धात्मक युग सुहाउँदो र विश्वव्यापी शैक्षिक मापदण्ड अनुसारको सिकाई वातावरण सिर्जना गर्न प्रतिबद्ध संस्था हो, रिलायन्स इन्टरनेशनल एकेडेमी ।
काठमाडौंको चावहिलमा आफ्नो शैक्षिक यात्राको तीन दशक पूरा गरिसकेको रिलायन्सले सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक जीवनदक्षता र नैतिक मूल्यमा आधारित शिक्षालाई आफ्नो मूल मन्त्र बनाएको छ। विद्यालय तहदेखि स्नातकोत्तरसम्म पठनपाठन हुने यो शिक्षण संस्थामा कक्षा ११ र १२ मा भने विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुने गरेको छ ।
विद्यार्थीलाई पाठ घोकाउने नभई पठनपाठनका लागि सहजीकरण गरिदिने अनुभवी शिक्षक समूह, दिगो र चुस्त व्यवस्थापकीय समूह र पर्याप्त शैक्षिक सामग्रीले रिलायन्स सुशोभित छ ।
अनुभवी प्राध्यापकहरू र समर्पित व्यवस्थापनको संगम रहेको रिलायन्सले समयसापेक्ष परिमार्जित पाठ्यक्रम र विश्वव्यापी मापदण्डको सिकाई पद्धति अपनाउँदै भविष्यका कुशल नेतृत्वकर्ता उत्पादन गर्ने एक प्रतिष्ठित शैक्षिक गन्तव्यको रूपमा आफूलाई उभ्याएको छ।
प्रतिभाशाली विद्यार्थीहरूलाई मेरिट र योग्यताको आधारमा विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिसहित भर्ना हुन सघाउन विशेष परामर्श सेवा र क्यालेन्डर अनुसारको शैक्षिक कार्यक्रम सञ्चालन गरिन्छ । प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरण रिलायन्सका आकर्षण हुन् । विद्यार्थीलाई पाठ घोकाउने नभई पठनपाठनका लागि सहजीकरण गरिदिने अनुभवी शिक्षक समूह, दिगो र चुस्त व्यवस्थापकीय समूह र पर्याप्त शैक्षिक सामग्रीले रिलायन्स सुशोभित छ । त्यसैले त विद्यार्थी र अभिभावकका लागि यो उत्कृष्ट नमूना शैक्षिक गन्तव्य बन्नेमा दुई मत छैन ।
५. काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल, बल्खु

२१ औँ शताब्दीको प्रतिस्पर्धी युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र विद्यार्थीको भविष्य सुनिश्चित गर्न सक्दैन भन्ने यथार्थलाई आत्मसात् गर्दै काठमाडौँको बल्खुस्थित काठमाडौँ बर्नहार्ट सेकेण्डरी स्कुलले माध्यमिक शिक्षामा नयाँ मानक स्थापित गरेको छ।
स्थापनाकालदेखि नै ‘किताबभन्दा बाहिरको शिक्षा’लाई आफ्नो मूल मन्त्र बनाएको यो संस्थाले पछिल्ला वर्षहरूमा प्लस टु तहका विद्यार्थीहरूको पहिलो रोजाइको गन्तव्यका रूपमा आफूलाई सशक्त रूपमा उभ्याएको छ।
बर्नहार्टको सफलताको मुख्य आधार भनेको यसको ‘गरिखाने’ शिक्षाको मोडेल हो। विज्ञान, व्यवस्थापन र कानुन संकायमा सञ्चालित प्लस टु कार्यक्रममा विद्यार्थीहरूले बर्सेनि अब्बल नतिजा निकाल्दै आएका छन्। २०७६ सालमा शिक्षा मन्त्रालयबाट ‘उत्कृष्ट निजी महाविद्यालय’ र विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘बेस्ट कलेज’को उपाधि प्राप्त गर्नु यस संस्थाको प्राज्ञिक गरिमाको प्रमाण हो।
बर्नहार्टको सफलताको मुख्य आधार भनेको यसको ‘गरिखाने’ शिक्षाको मोडेल हो।
६.७४ रोपनी क्षेत्रफलमा फैलिएको बर्नहार्टको भौतिक पूर्वाधार आधुनिकता र सुविधाको संयोजन हो। सुसज्जित कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला, सेमिनार हल, व्यवस्थित पुस्तकालय, रूफटप क्याफेटेरिया, लिफ्ट र बेसमेन्ट पार्किङ जस्ता सुविधाहरूले विद्यार्थीलाई अध्ययनमैत्री र सुरक्षित वातावरण प्रदान गर्दछन्। यति मात्र नभई, यहाँको ‘फाउण्डेशन क्लास’ले विद्यार्थीको आधारभूत जग बलियो बनाउन विशेष भूमिका खेल्छ।
यहाँ विद्यार्थीहरूलाई आलोचनात्मक सोच, प्रभावकारी सञ्चार क्षमता र आत्मनिर्भर बन्ने संस्कार सिकाइन्छ । बल्खुको शान्त र रमणीय वातावरणमा रहेको यस स्कुलले नवप्रवर्तन, टिमवर्क, इमानदारी र सम्मान जस्ता मानवीय मूल्यहरूलाई आफ्नो आधारशिला मानेको छ।
अनुशासित, जिम्मेवार र नैतिकवान् जनशक्ति उत्पादन गर्ने आफ्नो प्रतिबद्धताका कारण बर्नहार्ट आज शैक्षिक उत्कृष्टताको दरिलो खम्बा बनेको छ।
विद्यार्थीलाई नियमित करियर काउन्सिलिङ गर्दै आफ्नो लक्ष्यप्रति दृढ र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्ने बर्नहार्ट अब केवल एउटा विद्यालय मात्र नभई उत्कृष्ट शिक्षाको केन्द्र र समावेशी सिकाइ वातावरणको प्रतीक बनेको छ। अनुशासित, जिम्मेवार र नैतिकवान् जनशक्ति उत्पादन गर्ने आफ्नो प्रतिबद्धताका कारण यो संस्था आज शैक्षिक उत्कृष्टताको दरिलो खम्बा बनेको छ।
६. मदरल्याण्ड सेकेण्डरी स्कुल, पोखरा

‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सुन्दर नगरी पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुलले आफूलाई देशकै अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित गरेको छ। सन् १९९५ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको यस संस्थाले हाल कक्षा १२ सम्म विज्ञान र व्यवस्थापन संकायमा उत्कृष्ट पठनपाठन सञ्चालन गर्दै आएको छ।
गण्डकी प्रदेशमा मात्र नभई राष्ट्रियस्तरमै अब्बल ठहरिएको मदरल्यान्डले शिक्षण विधिलाई केवल सैद्धान्तिक घेरामा मात्र सीमित नराखी व्यवहारिक र जीवनोपयोगी बनाउन विशेष जोड दिएको छ।
मदरल्यान्डले पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण सिकाइको अभिन्न अंग बनाएको छ। स्कुलले अत्याधुनिक प्रयोगशाला, समृद्ध पुस्तकालय र शान्त वातावरणमा प्रविधिमैत्री कक्षा कोठाहरू उपलब्ध गराएको छ। विद्यार्थीहरूलाई समालोचनात्मक सोचको विकास गराउन र वास्तविक संसारका चुनौतीहरूसँग जुध्न सक्ने बनाउन यहाँको पाठ्यक्रम र शिक्षण पद्धति केन्द्रित रहेको छ।
शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड सेकेन्डरी स्कुल अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।
मदरल्यान्डको एउटा बलियो पक्ष यसको अन्तर्राष्ट्रिय सम्बन्ध पनि हो। विद्यालयले अष्ट्रेलिया, अमेरिका, बेलायत, बंगलादेश, फ्रान्स र भारतका विभिन्न शैक्षिक संस्थाहरूसँग वैदेशिक शैक्षिक आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई विश्वव्यापी दृष्टिकोण बुझ्न, विदेशी विद्वानहरूसँग अन्तक्र्रिया गर्न र भविष्यमा छात्रवृत्ति तथा उच्च शिक्षाका लागि अन्तर्राष्ट्रिय ढोका खोल्न मद्दत पु-याएको छ।
विद्यार्थीको बौद्धिक वृद्धिका साथै उनीहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकासका लागि विद्यालयले विभिन्न विद्यार्थी क्लबहरू, शैक्षिक भ्रमण र अतिरिक्त क्रियाकलापहरूलाई प्राथमिकता दिएको छ। विद्यार्थीलाई एक जिम्मेवार र विवेकशील नागरिक बनाउनु नै विद्यालयको मुख्य लक्ष्य रहेको व्यवस्थापन पक्षले जनाएको छ।
पोखराको शान्त वातावरणमा अवस्थित यस विद्यालयले विद्यार्थीहरूको सहजताका लागि यातायात र छात्रवासको समेत व्यवस्थित प्रबन्ध गरेको छ। प्रत्येक विद्यार्थीको व्यक्तिगत क्षमतालाई कदर गर्दै उनीहरूलाई भविष्यको नेतृत्वदायी भूमिकाका लागि तयार पार्न दक्ष र अनुभवी शिक्षक शिक्षिकाहरू अहोरात्र खटिरहेका छन्।
शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड सेकेन्डरी स्कुल अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।
६. शिक्षादीप बोर्डिङ सेकेण्डरी स्कुल, विराटनगर

पूर्वी नेपालको शैक्षिक हबको रूपमा चिनिने विराटनगर महानगरपालिकामा विगत तीन दशकदेखि गुणस्तरीय शिक्षाको पर्याय बनेको छ, शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुल ।
सन् १९९६ मा स्थापित यो संस्था अनुभवी शिक्षाविद् र दक्ष पेशेवरहरूको समूहद्वारा सञ्चालित छ, जसको मुख्य ध्येय २१ औँ शताब्दीका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम र मर्यादित नागरिक उत्पादन गर्नु हो।
शिक्षादीपको एउटा विशिष्ट पक्ष भनेको यसले प्लस टु तहका दुई मुख्य संकाय विज्ञान र व्यवस्थापन का लागि छुट्टाछुट्टै शैक्षिक ब्लकहरूको व्यवस्था गरेको छ। संकाय अनुसारका विद्यार्थीका आवश्यकताहरू फरक हुने कुरालाई मध्यनजर गर्दै प्रत्येक ब्लकलाई आवश्यक सबै अत्याधुनिक भौतिक पूर्वाधारले सुसज्जित पारिएको छ।
शिक्षादीपकाे मुख्य ध्येय २१ औँ शताब्दीका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम र मर्यादित नागरिक उत्पादन गर्नु हो।
राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयले प्ले–ग्रुपदेखि कक्षा १० सम्म र प्लस टु तहमा विज्ञान तथा व्यवस्थापन संकायमा शिक्षा प्रदान गर्दै आएको छ। गरेर सिक्ने सिद्धान्तलाई आत्मसात् गर्दै यहाँ मल्टिमिडिया प्रोजेक्टर, अडियो(भिजुअल सामग्री, प्रदर्शन र प्रदर्शनीका साथै विद्यार्थी–केन्द्रित शिक्षण पद्धति अपनाइन्छ। प्रयोगात्मक ज्ञानका लागि यहाँ अत्याधुनिक प्रयोगशाला र पहिलो हातको प्रयोगमा विशेष जोड दिइन्छ।
पूर्वाञ्चल क्षेत्रका विद्यार्थीहरूको प्राज्ञिक तिर्खा मेटाउने उद्देश्य बोकेको शिक्षादीपले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन व्यक्तिगत शिक्षण र समूह छलफललाई प्राथमिकता दिँदै आएको छ। विद्यालयमा सुविधासम्पन्न क्याफेटेरिया, पुस्तकालय, यातायात, खेलकुद र मल्टिमिडिया जस्ता विशेषताहरू रहेका छन्।
अभिभावक र राष्ट्रलाई एक सुयोग्य नागरिक हस्तान्तरण गर्ने संकल्प बोकेको शिक्षादीप सेकेन्डरी स्कुलले आफ्नो कडा अनुशासन र उत्कृष्ट शैक्षिक नतिजाका माध्यमबाट विराटनगरको शैक्षिक गरिमालाई उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। गुणस्तरीय आधारभूत शिक्षादेखि वृत्ति विकासको जग बसाल्ने प्लस टु तहसम्मका लागि यो संस्था एक भरपर्दो गन्तव्य बनेको छ।
६. सेन्ट लरेन्स सेकेण्डरी स्कुल, चावहिल

सन् १९९७ मा स्थापना भई झण्डै तीन दशकदेखि नेपालको शैक्षिक क्षेत्रमा एकछत्र छाप छाड्न सफल नाा हो, सेन्ट लरेन्स सेकेण्डरी स्कुल । आजको दिनमा विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको चाबहिलको मुटुमा अवस्थित यो स्कुलले मैत्रीपूर्ण, अनुशासित र उत्कृष्ट प्राज्ञिक वातावरणलाई आफ्नो मुख्य पहिचान बनाएको छ।
हालै आइटी एण्ड म्यानेजमेन्ट एक्सिलेन्स अवार्ड र युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ मा दुई विधामा पुरस्कृत यस स्कुलले आफूलाई केवल एउटा शैक्षिक संस्थामा मात्र सीमित नराखी उत्कृष्टताको केन्द्रका रूपमा प्रमाणित गरेको छ। सेन्ट लरेन्सले प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा विद्यार्थीहरूको रुचि र भविष्यको मागलाई ध्यानमा राख्दै विशिष्टीकृत शिक्षा प्रदान गरिरहेको छ ।
सेन्ट लरेन्सको सबैभन्दा लोभलाग्दो पक्ष यहाँको पारिवारिक वातावरण हो।
स्कुलले ई-नोटबुक र ई-क्लास जस्ता आधुनिक प्रविधिहरूलाई शैक्षिक प्रणालीमा एकीकृत गरेको छ। यसका साथै, सुविधायुक्त कम्प्युटर ल्याब, अत्याधुनिक प्रयोगशाला, र प्रशस्त स्रोतहरू भएको पुस्तकालयले विद्यार्थीहरूको सिकाइ यात्रालाई थप सहज बनाएको छ। स्कुलको डिजिटल मैत्री वातावरणले विद्यार्थीहरूलाई बदलिँदो विश्व परिवेशसँग साक्षात्कार गराउँछ।
सेन्ट लरेन्सको सबैभन्दा लोभलाग्दो पक्ष यहाँको पारिवारिक वातावरण हो। स्कुलले विद्यार्थीहरूको मानसिक र संवेगात्मक विकासका लागि ‘काउन्सिलिङ’ र व्यक्तिगत मार्गदर्शनलाई उत्तिकै प्राथमिकता दिएको छ। यहाँ अध्ययनरत विद्यार्थीहरूका अनुसार, कलेजको सहयोगी प्रशासन र अनुभवी शिक्षकहरूको समूहले उनीहरूलाई सधैं अगाडि बढ्न प्रेरित गरिरहन्छ।
७. मेरील्याण्ड सेकेण्डरी स्कुल, विराटनगर

पूर्वी नेपालको शैक्षिक साखलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै आएको विराटनगरस्थित मेरील्याण्ड सेकेण्डरी स्कुलले विगत दुई दशकदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा एकछत्र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ।
सन् २००२ मा प्रबुद्ध शिक्षाविद् र अनुभवी प्राज्ञिक व्यक्तित्वहरूको समूहद्वारा स्थापित यो संस्थाले राष्ट्रिय स्तरमा पटक–पटक ‘बाेर्ड फर्स्ट’ नतिजा हासिल गरेर आफ्नो प्राज्ञिक श्रेष्ठता सावित गरिसकेको छ। यहाँ प्लस टुअन्तर्गत विज्ञान, व्यवस्थापन र कम्प्युटर विज्ञान संकायका कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन हुँदै आएको छ । मोफसलको व्यवस्थापन एकल संकाय अध्यापन गराउने माविको परिचय बनाएको मेरिल्याण्डले वि.सं. २०८१ बाट विज्ञान संकायको पनि पठनपाठन सुरु गरेको हाे ।
मेरील्याण्ड सेकेण्डरी स्कुलले विगत दुई दशकदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा एकछत्र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ।
“सबैका लागि सुलभ र गुणस्तरीय शिक्षा” भन्ने मूल मन्त्र बोकेको यस स्कुलको मुख्य विशेषता भनेको राष्ट्रिय पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय शिक्षण विधिमार्फत प्रस्तुत गर्नु हो। विद्यार्थीको सिप र नेतृत्व क्षमता विकासका लागि यहाँ काठमाडौँ मोडेल कलेजसँगको सहकार्यमा विज्ञान विषयलाई ग्लोबल गुणस्तर दिने प्रयास गरिएको छ। साथै, कक्षा ११ देखि नै मेडिकल, इन्जिनियरिङ, आईसिटी र बैंकिङ तयारीका विशेष कक्षाहरू सञ्चालन हुनुले विद्यार्थीहरूलाई भविष्यको करियरका लागि सक्षम बनाउँछ।
भौतिक पूर्वाधारका दृष्टिले पनि मेरील्याण्ड अब्बल रहेको छ। विराटनगरको मुटुमा अवस्थित यस स्कुलमा अत्याधुनिक प्रयोगशाला, डिजिटल पुस्तकालय, मल्टिमिडिया सुविधा, अन्तराष्ट्रिय स्तरको बास्केटबल कोर्ट र क्रिकेट नेट जस्ता सुविधाहरू उपलब्ध छन्। विद्यार्थीको सुरक्षाका लागि सिसी क्यामेरा मार्फत पूर्ण निगरानी र स्वास्थ्यका लागि विद्यालयभित्रै नि:शुल्क प्राथमिक उपचारको व्यवस्था गरिएको छ।
भौतिक पूर्वाधारका दृष्टिले पनि मेरील्याण्ड अब्बल रहेको छ।
यति मात्र हाेइन, मेरील्याण्डले वर्षैभरि नि:शुल्क कोचिङ र आवश्यकता अनुसारका अतिरिक्त कक्षाहरू पनि प्रदान गर्दै आएको छ। पूर्वमा झापादेखि पश्चिममा सर्लाहीसम्म र सीमावर्ती भारतीय क्षेत्रका विद्यार्थीहरूको समेत पहिलो रोजाइ बन्न सफल यस स्कुलले सयौँको संख्यामा सफल म्यानेजर, उद्यमी र दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्रको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याइरहेको छ।
७. अरनिको आवासीय सेकेण्डरी स्कुल, विराटनगर

विसं २०३३ सालमा स्थापना भएको विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको झण्डै पाँच दशकमा आफूलाई कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गराएको छ। गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका लागि कहलिएको यस विद्यालयले राष्ट्रिय स्तरका परीक्षाहरूमा पटक(पटक देशभरमै सर्वोत्कृष्ट अङ्क हासिल गर्दै आफ्नो साख उच्च राखेको छ।
अनुभवी शिक्षाकर्मीहरूको समूहद्वारा व्यवस्थित यस विद्यालयले विशेषगरी विज्ञान विषयमा प्लस टु अध्ययन खोजिरहेका विविध पृष्ठभूमि भएका विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।
अरनिको माध्यमिक विद्यालयले विद्यार्थीको बौद्धिक विकासका साथै उनीहरूको व्यक्तित्वको पूर्ण विकासलाई मूल लक्ष्य बनाएको छ। स्कुलले खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू बीच सन्तुलन कायम गर्दै विद्यार्थीहरूलाई भविष्यको जिम्मेवार नागरिक बनाउन मद्दत पु-याउँछ। अनुशासन नै जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने मान्यता राख्ने यस संस्थाले विद्यार्थीको सीप, योग्यता र दक्षता अभिवृद्धिमा विशेष जोड दिँदै आएको छ।
राष्ट्रिय भावनाबाट प्रेरित यस संस्थाले आधुनिक विश्वका जटिल चुनौतीहरूलाई सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको छ।
गुणस्तर वृद्धिका लागि आवश्यक भौतिक पूर्वाधारमा अरनिको निकै सम्पन्न छ। स्कुलमा आधुनिक र सुसज्जित विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, सुविधासम्पन्न पुस्तकालय र पर्याप्त उज्यालो तथा फराकिला कक्षा कोठाहरू रहेका छन्। राष्ट्रिय परीक्षा बोर्ड र चिकित्सा शिक्षा आयोगका प्रवेश परीक्षाहरूमा यहाँका विद्यार्थीहरूले प्राप्त गरेको नतिजाले विद्यालयको शैक्षिक उचाइलाई पुष्टि गर्दछ।
राष्ट्रिय भावनाबाट प्रेरित यस संस्थाले आधुनिक विश्वका जटिल चुनौतीहरूलाई सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको छ। विद्यार्थी र अभिभावकको पूर्ण सन्तुष्टिलाई केन्द्रमा राख्दै अरनिकोले न्यूनतम लागतमा उच्चस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
विराटनगरको शैक्षिक गरिमालाई राष्ट्रिय स्तरमा फैलाउन सफल अरनिकोले आजको युवा पुस्ताको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउँदै उनीहरूलाई एक असल र राष्ट्रभक्त नागरिकको रूपमा तयार पारिरहेको छ।
८. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर

नेपालको व्यवस्थापन शिक्षामा उत्कृष्ट नतिजा पस्किरहेको शैक्षिक संस्था हो, ग्लोबल कलेज अफ म्यानेजमेन्ट ।
काठमाडौंको मध्यबानेश्वरमा विसं २०६२ देखि व्यवस्थापन संकायमा मात्र केन्द्रित रही विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको यस कलेजले स्थापनाकालदेखि नै ९८ प्रतिशतभन्दा माथिको लोभलाग्दो सफलता दर कायम राख्न सफल भएको छ। २१औँ शताब्दीको व्यावसायिक चुनौतीहरूलाई सामना गर्न सक्ने नैतिकवान् र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित यस संस्थाले विद्यार्थीहरूमा किताबी ज्ञानका साथै नेतृत्व क्षमता र उच्च आत्मविश्वास विकासमा विशेष जोड दिँदै आएको छ।
कलेजको मुख्य दृष्टिकोण व्यवसाय र व्यवस्थापन अध्ययनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको उत्कृष्टताको केन्द्र बन्नु हो। विद्यार्थीहरूलाई केवल स्नातक तहका लागि मात्र तयार नगरी चार्टर्ड एकाउन्टेन्सी, बिजनेस एडमिनिस्ट्रेशन र आईटी जस्ता चुनौतीपूर्ण व्यावसायिक क्षेत्रहरूमा प्रवेश गर्न योग्य बनाउनु यस कलेजको रणनीति रहेको छ।
ग्लोबल कलेज अफ म्यानेजमेन्टको मुख्य दृष्टिकोण व्यवसाय र व्यवस्थापन अध्ययनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको उत्कृष्टताको केन्द्र बन्नु हो।
हाई टेक एकेडेमिक कम्प्लेक्ससहितको पूर्वाधार रहेको ग्लोबलले विद्यार्थीहरूलाई स्वतन्त्र, सक्षम र जिम्मेवार नागरिक बनाउन मार्गदर्शन गर्दछ। यहाँको शिक्षण पद्धतिमा आलोचनात्मक सोच, मेन्टरसिप र बजारको माग अनुसारको लचिलो तथा नवीन शिक्षालाई प्राथमिकता दिने गरेको छ ।
डिजिटल युगको आवश्यकतालाई मध्यनजर गर्दै कलेजले आधुनिक कम्प्युटर ल्याब र डिजिटल रिसोर्स पोइन्टको व्यवस्था गरेको छ । साथै ज्ञान र अनुसन्धानलाई प्रोत्साहन गर्न कलेजमा सुविधायुक्त पुस्तकालय र शान्त रिडिङ लाउन्जको व्यवस्था गरिएको छ। विशेष गरी विद्यार्थीहरूमा नवीन सोच र उद्यमशीलताको विकास गर्न कलेजले एन्टरप्रेनर सेन्टर र रिसर्च सेन्टर सञ्चालनमा ल्याएको छ, जसले विद्यार्थीका व्यावसायिक आइडियाहरूलाई मूर्त रूप दिन र शैक्षिक अनुसन्धानमा सहयोग पु¥याउँछ। यसका साथै, कलेजमा भव्य अडिटोरियम हल, स्वस्थकर खानाका लागि क्यान्टिन, र सहज आउजाउका लागि यातायातको भरपर्दो सुविधा रहेको छ।
८. किष्ट सेकेण्डरी स्कुल, कमलपोखरी

देशैभरका स्कुलहरुमा उत्कृष्टभित्र पर्ने नाम हो, किष्ट सेकेण्डरी स्कुल ।
कक्षा ११ र १२ को विज्ञान तथा व्यवस्थापन संकायमा देशकै उत्कृष्ट स्कुलमध्ये पर्ने किस्टले आफ्नो तीन दशक लामो यात्रामा हजारौं विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको भविष्य उज्ज्वल बनाउन सफल भएको छ।
कमलपोखरीको मनोरम र शान्त वातावरणमा अवस्थित यस स्कुलको आफ्नै अत्याधुनिक र सुरक्षित भौतिक संरचना रहेको छ। सहरको केन्द्रमा भए तापनि स्कुल परिसर अत्यन्त शान्त र सकारात्मक ऊर्जाले भरिएको छ। स्कुलले विद्यार्थीहरूका लागि आधुनिक ई लाइब्रेरीसहितको समृद्ध पुस्तकालय र नेपालकै उत्कृष्ट मध्येका सुविधासम्पन्न प्रयोगशालाहरू उपलब्ध गराएको छ।
किस्टमा इन्डोर र आउटडोर दुवै प्रकारका गतिविधिहरूका लागि पर्याप्त स्थान र अवसरहरू उपलब्ध छन्।
समर्पित र दक्ष प्राध्यापकहरूको समूह नै किस्टको सफलताको मुख्य कडी हो। स्कुलले व्यावहारिक, विद्यार्थी केन्द्रित र हेरचाहपूर्ण शिक्षण पद्धति अपनाउँदै आएको छ। जसका कारण राष्ट्रिय स्तरका प्रमुख परीक्षाहरूमा किस्टका विद्यार्थीहरूले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्। कलेजले केवल शैक्षिक योग्यता मात्र नभई विद्यार्थीको जीवन उपयोगी सीप र वृत्ति विकासका लागि निरन्तर परामर्श समेत प्रदान गर्दछ।
टाढाबाट आउने विद्यार्थीहरूको सहजताका लागि स्कुलले छात्र र छात्राहरूका लागि छुट्टाछुट्टै व्यवस्थित छात्रवासको व्यवस्था गरेको छ। साथै, स्कुलको आफ्नै व्यवस्थित यातायात सुविधा र विद्यार्थीमैत्री क्याफेटेरियाले क्याम्पस जीवनलाई थप सहज र रमाइलो बनाएको छ।
किस्टले विद्यार्थीको बौद्धिक विकासका साथै उनीहरूको शारीरिक र मानसिक विकासका लागि अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्त्व दिएको छ। स्कुलमा इन्डोर र आउटडोर दुवै प्रकारका गतिविधिहरूका लागि पर्याप्त स्थान र अवसरहरू उपलब्ध छन्।
शैक्षिक उत्कृष्टता, नैतिक मूल्य-मान्यता र विद्यार्थीहरूको व्यक्तिगत रूपान्तरणलाई मूल मर्म मान्ने किस्ट स्कुल आजको प्रतिस्पर्धात्मक युगमा विद्यार्थी र अभिभावकको भरपर्दो शैक्षिक गन्तव्य बन्न सफल भएको छ।
९. मनास्लु वर्ल्ड स्कुल, चावहिल

परम्परागत शिक्षाभन्दा माथि उठेर जीवनोपयोगी सीप र विश्वव्यापी प्रतिस्पर्धामा जोड दिने शैक्षिक संस्था हो, मनास्लु वर्ल्ड स्कुल एण्ड कलेज ।
दुई दशक लामो शैक्षिक अनुभव र गुणस्तरीय शिक्षाको मानक मानिने आईएसओ सर्टिफाइड मनास्लुले काठमाडौँको शैक्षिक क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको छ। जहाँ शिक्षा र उत्कृष्टताको मिलन हुन्छ भन्ने मूल नाराका साथ सञ्चालित यस कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर पठनपाठन गराउँदै आएको छ।
हाल राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकाय सञ्चालन गरिरहेको यस कलेजले ३,००० भन्दा बढी विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिसकेको छ।
कलेजको मुख्य उद्देश्य ग्रेड मात्र दिलाउनु नभई जिम्मेवार, आत्मविश्वासी र सक्षम नागरिक उत्पादन गर्नु हो।
मनास्लुले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरू सामना गर्न सक्ने गरी फ्युचर-रेडी सीपहरू प्रदान गर्दै आएको छ। अनुभवी शिक्षकहरूको टोली र आधुनिक शिक्षण पद्धतिको माध्यमबाट कलेजले विद्यार्थीहरूमा नेतृत्व क्षमता र व्यक्तिगत विकासका अवसरहरू सिर्जना गरेको छ। कलेजको मुख्य उद्देश्य ग्रेड मात्र दिलाउनु नभई जिम्मेवार, आत्मविश्वासी र सक्षम नागरिक उत्पादन गर्नु हो।
विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन कलेजले स्मार्ट कक्षाकोठाहरू, आधुनिक प्रयोगशालाहरू र सुरक्षित शैक्षिक वातावरण उपलब्ध गराएको छ। प्रविधिमैत्री वातावरण र व्यक्तिगत मेन्टरसिपका कारण यहाँका विद्यार्थीहरूले उच्च शिक्षाका लागि आफूलाई सक्षम बनाउँदै आएका छन्।
मनास्लुको सफलताको जग यसका मार्गनिर्देशक सिद्धान्तहरू हुन्। उत्कृष्टता, इमानदारी, निरन्तर वृद्धि, जिम्मेवारी र नवीनतालाई कलेजले आफ्नो मुख्य खम्बा मानेको छ।
कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गर्नुका साथै कक्षाकोठा बाहिरका गतिविधि, नेतृत्व तालिम र सामाजिक उत्तरदायित्वका कामहरूमा समेत विद्यार्थीलाई सहभागी गराउँदै आएको छ। छिटो परिवर्तन भइरहेको विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी विद्यार्थीलाई बौद्धिक र नैतिक रूपमा सबल बनाउन यस स्कुल आजका विद्यार्थी र अभिभावकका लागि एक विश्वसनीय र उत्कृष्ट गन्तव्य बनेको छ।
९. लिभरपुल सेकेण्डरी स्कुल, नयाँ बानेश्वर

आधुनिक शैक्षिक प्रणाली, दक्ष प्राध्यापक र सुविधायुक्त भौतिक पूर्वाधारको उचित संगमका रूपमा नयाँ बानेश्वरस्थित लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल एण्ड कलेजले आफूलाई नेपालको अब्बल शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ। सन् २०१० मा अनुभवी शिक्षाविद्हरूको समूहद्वारा स्थापित यस संस्थाले स्थापनाको छोटो समयमै गुणस्तरीय र जीवनोपयोगी शिक्षाका लागि देशभर ख्याति कमाएको हो ।
लिभरपुल एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित यस स्कुलले कक्षा ११ र १२ का साथै मन्टेश्वरीदेखि स्नातक तहसम्मका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विशेषगरी स्कुलमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन हुँदै आएको छ ।
शिक्षालाई पुनः परिभाषित गर्ने लक्ष्य बोकेको लिभरपुलले विद्यार्थीहरूमा नवाचार र आलोचनात्मक सोचको विकासलाई प्राथमिकता दिएको छ।
शिक्षालाई पुनः परिभाषित गर्ने लक्ष्य बोकेको लिभरपुलले विद्यार्थीहरूमा नवाचार र आलोचनात्मक सोचको विकासलाई प्राथमिकता दिएको छ। स्कुलले विश्वभरका उत्कृष्ट मेन्टरहरूसँग विद्यार्थीहरूलाई जोड्दै प्रयोगात्मक र व्यावहारिक सिकाइमा जोड दिँदै आएको छ। किफायती शुल्कमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विश्वस्तरीय शिक्षा प्रदान गर्नु यस स्कुलको मुख्य विशेषता हो।
विद्यार्थीहरूको सिकाइ अनुभवलाई प्रभावकारी बनाउन लिभरपुलले आधुनिक स्मार्ट कक्षाकोठाहरू, सुविधासम्पन्न विज्ञान प्रयोगशालाहरू, समृद्ध पुस्तकालय र उच्च गतिको सूचना प्रविधि केन्द्रको व्यवस्था गरेको छ। यी पूर्वाधारहरूले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक अभ्यासमा समेत निपुण बनाउन मद्दत पु¥याएका छन्।
स्कुलले कक्षाकोठाको सिकाइ बाहेक खेलकुद, विभिन्न क्लबहरू र नेतृत्व विकासका कार्यक्रमहरूलाई पनि उत्तिकै महत्त्व दिएको छ। विद्यार्थीहरूको व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिका लागि स्कुलले व्यक्तिगत परामर्श र वृत्ति मार्गनिर्देशन समेत प्रदान गर्दै आएको छ।
उत्कृष्टता, इमानदारी र विद्यार्थी केन्द्रित सिकाइलाई आफ्नो मुख्य मान्यता मान्ने लिभरपुलले समावेशी वातावरणमा विद्यार्थीहरूलाई भविष्यको विश्वव्यापी नेतृत्वका लागि तयार पारिरहेको छ। व्यवस्थापन समितिको रणनीतिक नेतृत्व र अनुभवी शिक्षकहरूको निरन्तरको प्रयासले गर्दा नै लिभरपुल इन्टरनेशनल आज हजारौँ विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बन्न सफल भएको छ।
९. नेपाल पुलिस सेकेण्डरी स्कुल, काभ्रे

‘आदर्श नागरिकका लागि राम्रो शिक्षा’ भन्ने मूल नाराका साथ विसं २०४० सालमा स्थापना भएको नेपाल पुलिस सेकेण्डरी स्कुलले नेपालको शैक्षिक क्षेत्रमा एक प्रतिष्ठित पहिचान बनाएको छ । तत्कालीन प्रहरी महानिरीक्षक स्व. डि.बी. लामाको पहलमा नेपाल प्रहरी संगठनको कल्याणकारी योजना अन्तर्गत यो गैरनाफामूलक शैक्षिक संस्थाको स्थापना भएको हो।
काभ्रेको साँगास्थित हरियाली डाँडामा करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको यो विद्यालय काठमाडौँ उपत्यकाको पूर्वी किनारमा अवस्थित छ। प्रदूषणमुक्त, शान्त र मनोरम प्राकृतिक वातावरणमा रहेको यो विद्यालयमा कक्षा ४ देखि १२ सम्मको अध्यापन हुने गर्दछ । विशेष गरी प्रहरी कर्मचारीका सन्तानहरूलाई लक्षित गरी खोलिएको भए तापनि यस विद्यालयले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट ६० प्रतिशत प्रहरीका सन्तान र ४० प्रतिशत सर्वसाधारणका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्दै आएको छ।
नेपाल प्रहरी विद्यालय यसको कडा अनुशासन र पूर्ण आवासीय सुविधाका लागि परिचित छ।
नेपाल प्रहरी विद्यालय यसको कडा अनुशासन र पूर्ण आवासीय सुविधाका लागि परिचित छ। कक्षा ४ देखि १० सम्मका सबै विद्यार्थी र कक्षा ११, १२ का विज्ञान संकायका विद्यार्थीहरूका लागि छात्रावासमा बस्नु अनिवार्य छ। छात्रावासलाई विद्यार्थीहरूको दोस्रो घर महसुस गराउन अनुभवी शिक्षक, सहयोगी कर्मचारीहरूको टोली अहोरात्र खटिने गर्दछ । यसका साथै व्यवस्थापन संकायका डे स्कलर विद्यार्थीहरूका लागि काठमाडौँ उपत्यका र काभ्रेका मुख्य स्थानहरूबाट यातायातको सुविधा समेत उपलब्ध छ।
‘गरेर सिक्ने’ सिद्धान्तमा विश्वास गर्ने यस विद्यालयले अत्याधुनिक प्रयोगशालाहरूको व्यवस्था गरेको छ। ११ र १२ कक्षाका विद्यार्थीहरूका लागि भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान र कम्प्युटर विज्ञानका छुट्टाछुट्टै प्रयोगशालाहरू रहेका छन् भने जुनियर र सेकेण्डरी तहका लागि पनि छुट्टै ल्याबहरूको व्यवस्था गरिएको छ।
पूर्वाधारमा सम्पन्न, स्मार्टबोर्डमा पठनपाठन, हरेक कक्षामा प्रोजेक्टर सिकाइ, शुद्ध खानेपानीको व्यवस्था, योग्य, दक्ष र दिग्गज शिक्षक समूह रहेको यस विद्यालय शतप्रतिशत नतिजा दिन सफल छ ।
१०. लिटल एञ्जल्स सेकेण्डरी स्कुल, ललितपुर

सन् १९८१ मा ललितपुरको हात्तीवनमा एउटा सानो भाडाको घरबाट ६५ जना विद्यार्थीसहित सुरु भएको लिटल एन्जल्स स्कुलले आज साढे चार दशकको यात्रा पूरा गर्दै आफूलाई देशकै उत्कृष्ट र विशाल शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ। शैक्षिक उन्नयनमा अविछिन्न समर्पित यस संस्थाले हजारौँ युवा मस्तिष्कलाई प्रेरित गर्दै उनीहरूको प्रतिभा निखार्न र सम्भावनालाई वास्तविकतामा बदल्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
उमेश श्रेष्ठ र विद्या लिम्बुद्वारा स्थापित यस संस्थाले हाल एलए एजुकेशन ग्रुपअन्तर्गत १० वटा शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको छ, जहाँ १७,००० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् र १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्।
६५ जना विद्यार्थीसहित सुरु भएको लिटल एन्जल्स स्कुलले आज साढे चार दशकको यात्रा पूरा गर्दै आफूलाई देशकै उत्कृष्ट र विशाल शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ।
हात्तीवनस्थित ३५० रोपनी जग्गामा फैलिएको यसको विशाल र अत्याधुनिक परिसर नेपालकै नमुना शैक्षिक पूर्वाधारमध्ये एक हो। यहाँ प्रि-प्राइमरीदेखि स्नातक तहसम्मको पठनपाठन हुन्छ। स्कुलले सन् १९९७ मा प्लस टु कार्यक्रम सुरु गरेको थियो भने सन् १९९९ मा काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा लिटल एन्जल्स स्कुल अफ म्यानेजमेन्ट स्थापना गरेको थियो। साथै, यहाँ ए लेभल र स्वास्थ्य विज्ञानका कार्यक्रमहरू समेत सञ्चालनमा छन्।
लिटल एन्जल्सले केवल सैद्धान्तिक ज्ञानमा मात्र जोड नदिई विद्यार्थीमा सही दृष्टिकोण र सीपको विकास गर्न एक्टिभ लर्निङ पद्धति अपनाएको छ। योग्य र समर्पित शिक्षकहरूद्वारा प्रदान गरिने उच्चस्तरीय शिक्षण कार्यक्रमले गर्दा नै यस संस्थाका विद्यार्थीहरूले राष्ट्रिय औसतभन्दा निकै उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्। स्कुलको पाठ्यक्रमलाई नेपाल सरकार र राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिएको छ।
लिटल एन्जल्सले विद्यार्थीमा सही दृष्टिकोण र सीपको विकास गर्न एक्टिभ लर्निङ पद्धति अपनाएको छ।
अतिरिक्त क्रियाकलापलाई विद्यालय जीवनको अभिन्न अंग मान्ने लिटल एन्जल्सले सामाजिक सचेतना शिविरदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान कार्यक्रमसम्म सञ्चालन गर्ने गरेको छ। यसले विद्यार्थीहरूलाई जिम्मेवार र सन्तुलित विश्वव्यापी नागरिक बन्न मद्दत पु-याउँछ। परम्परागत मूल्य र आधुनिक विकासको उत्तम मिश्रण नै यहाँको मुख्य विशेषता हो।
गुणस्तरीय शिक्षालाई किफायती दरमा उपलब्ध गराउने चुनौतीलाई आत्मसात गर्दै सानो प्राथमिक विद्यालयबाट देशको सबैभन्दा ठूला शैक्षिक संस्थामध्ये एक बन्न सफल लिटल एन्जल्स आफूलाई विश्वविद्यालय र एक नमुना शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
१०. विश्व निकेतन सेकेण्डरी स्कुल, त्रिपुरेश्वर

आठ दशक लामो गौरवमय इतिहास बोकेको काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालयले आफ्नो निरन्तरको उत्कृष्ट नतिजा र सबल भौतिक पूर्वाधारका कारण नेपालकै अग्रणी नमुना विद्यालयको साख जोगाउन सफल भएको छ।
काठमाडौंको त्रिपुरेश्वरमा वि.सं. २००३ सालमा स्थापना भएको यस विद्यालयले २०५२ सालदेखि प्लस टु कार्यक्रम सुरु गरी गुणस्तरीय उच्च शिक्षाको क्षेत्रमा एक बलियो आधारशिला तयार पारेको छ।
वरिष्ठ शिक्षाविद् र अनुभवी शिक्षकहरूको व्यवस्थापनमा सञ्चालित विश्व निकेतनले हाल विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँचवटै संकायमा अध्यापन गराउँदै आएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका यी कार्यक्रमहरू बिहान र दिउँसो गरी दुई सिफ्टमा सञ्चालन हुने गर्दछन्।
विद्यार्थीहरूको जग बलियो बनाउन विश्व निकेतनले विशेष भूमिका खेल्दै आएको छ।
सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विश्व निकेतनले आफ्नो उत्कृष्ट नतिजा र सबल भौतिक पूर्वाधारका कारण पटक-पटक राष्ट्रिय सम्मान प्राप्त गरेको छ। विसं २०६४ सालमा नमुना उच्च माध्यमिक विद्यालय को रूपमा छानिएको यस संस्थाले २०७४, २०७५ र २०८१ सालमा गरी तीन पटक राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल भएको छ। यसका साथै २०६२ र २०६५ सालमा क्षेत्रीय पुरस्कार समेत जितेर यसले आफ्नो साखलाई प्रमाणित गरिसकेको छ।
चिकित्सा, इन्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी र सार्वजनिक प्रशासन जस्ता क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि यो विद्यालय एक भरोसायोग्य थलो बनेको छ।
विद्यार्थीहरूको जग बलियो बनाउन विश्व निकेतनले विशेष भूमिका खेल्दै आएको छ। यहाँका विद्यार्थीहरूले राष्ट्रिय स्तरका प्रवेश परीक्षाहरूमा ऐतिहासिक सफलता हासिल गरेका छन्। वि.सं. २०७८ को चिकित्सा शिक्षा साझा प्रवेश परीक्षामा विद्यार्थी आशिक झा ले नेपाल टप गरी स्कुलको गौरव बढाएका थिए । चिकित्सा, इन्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी र सार्वजनिक प्रशासन जस्ता क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि यो विद्यालय एक भरोसायोग्य थलो बनेको छ।
सुविधासम्पन्न भौतिक संरचना, पर्याप्त पुस्तकसहितको पुस्तकालय र प्रविधिमैत्री शैक्षिक वातावरण यहाँको मुख्य विशेषता हो। विद्यालयले समयको माग र विश्वबजारको आवश्यकता अनुसार आफ्नो पाठ्यक्रमलाई निरन्तर परिमार्जन गर्दै लगेको छ। योग्य, अनुभवी र समर्पित शिक्षकहरूको लगनशीलताकै कारण विश्व निकेतनले हरेक वर्ष उत्कृष्ट नतिजा पस्किँदै आएको छ।
१०. कालिका मानवज्ञान सेकेण्डरी स्कुल, बुटवल

सामुदायिक विद्यालयहरूको इतिहासमा स्वर्ण अक्षरले आफ्नो नाम लेखाउन सफल प्राज्ञिक संस्था हो, कालिका मानवज्ञान सेकेण्डरी स्कुल ।
‘मस्तिष्कको पोषण, भविष्यको निर्माण’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै बुटवलको कालिका नगरमा अवस्थित यस विद्यालयले नेपालकै सर्वोत्कृष्ट शैक्षिक संस्थाको रूपमा आफ्नो पहिचानलाई थप उचाइमा पुर्याएको छ। सन् १९६१ मा स्थानीय बासिन्दा र भूपू सैनिकहरूको सक्रियतामा एउटा खुला मैदान र गोठबाट सुरु भएको यो विद्यालय आज देशकै सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालयका रूपमा स्थापित छ।
सामुदायिक विद्यालयहरूको इतिहासमा स्वर्ण अक्षरले आफ्नो नाम लेखाउन सफल प्राज्ञिक संस्था हो, कालिका मानवज्ञान सेकेण्डरी स्कुल ।
हाल यो विद्यालय दुई सेक्टर कालिका नगर र रामनगरमा फैलिएको छ। ८,०८७ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत हुनुले नै यस विद्यालयप्रतिको जनविश्वास कति प्रगाढ छ भन्ने प्रस्ट पार्छ।
विद्यालयले साधारण र प्राविधिक दुवै धारतर्फ शिक्षा प्रदान गर्दै आएको छ। साधारणतर्फ प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुन संकायमा पठनपाठन हुन्छ भने प्राविधिकतर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ विषयमा विशेष पढाइ हुँदै आएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मूल्याङ्कनमा ९३.५ अङ्कका साथ नेपालकै प्रथम विद्यालय बन्न सफल कालिका मानवज्ञानले वि.सं. २०७१ देखि हालसम्म पाँच पटक राष्ट्रिय झण्डा प्राप्त गरिसकेको छ। प्रभावकारी व्यवस्थापन, गुणस्तरीय शिक्षण र समर्पित शिक्षकहरूकै कारण यसले ए ग्रेड विद्यालयको मान्यता पाएको छ भने ब्रिटिस काउन्सिलबाट प्रतिष्ठित आईएसए सर्टिफिकेट समेत प्राप्त गरेको छ।
विद्यालयको सफलताको प्रतिविम्ब यहाँको नतिजामा देखिन्छ, जहाँ प्रत्येक वर्ष करिब ३० जना विद्यार्थीले एमबीबीएस र इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति प्राप्त गर्दै आएका छन्। विद्यालयले अनाथ र विपन्न विद्यार्थीहरूका लागि निस्शुल्क छात्रावासको व्यवस्था गरेको छ भने राष्ट्रिय स्तरका खेलाडीहरूलाई विशेष सुविधा प्रदान गर्दै सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण पेश गरेको छ।
कालिका मानवज्ञानमा प्रत्येक वर्ष करिब ३० जना विद्यार्थीले एमबीबीएस र इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति प्राप्त गर्दै आएका छन्।
अत्याधुनिक विज्ञान र कम्प्युटर प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा र नैतिकवान् तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको यो विद्यालय अहिले शैक्षिक पर्यटनको आकर्षक गन्तव्य समेत बनेको छ। सबैका लागि गुणस्तरीय र सुलभ शिक्षा भन्ने मूल नारालाई आत्मसात् गर्दै कालिका मानवज्ञानले नेपालको सार्वजनिक शिक्षा क्षेत्रमा एक अपराजित मानक स्थापित गरेको छ।
११. टेक्सास इन्टरनेसनल सेकेण्डरी स्कुल, चावहिल

शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित हुनु हुँदैन, यो त विद्यार्थीको व्यक्तित्व विकास र समयसापेक्ष सीपको सन्तुलन हो। यही मूल मन्त्रलाई आत्मसात गर्दै सन् २०१० देखि काठमाडौंको मित्रपार्कमा एउटा शैक्षिक क्रान्तिको सुरुवात भयो, टेक्सास इन्टरनेशनल सेकेण्डरी स्कुल।
समर्पित शिक्षाविद् र सफल उद्यमीहरूको एउटा समूहले १५ वर्षअघि रोपेको यो बिरुवा आज एक विशाल शैक्षिक वृक्ष बनेको छ। टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित यस संस्थाले बजारको मागअनुसारको दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्ने एउटा स्पष्ट लक्ष्य बोकेको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस स्कुलले प्रदान गर्ने डिग्रीहरू विश्वभर मान्यता प्राप्त छन्। यहाँ अध्ययनरत विद्यार्थीहरूका लागि विदेशमा क्रेडिट ट्रान्सफर गरी थप अध्ययन गर्ने सुविधा समेत उपलब्ध छ। विशेषगरी टेक्सासमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय अन्तर्गतका विषयहरूलाई समेटेर अध्यापन हुँदै आएको छ ।
समर्पित शिक्षाविद् र सफल उद्यमीहरूको एउटा समूहले १५ वर्षअघि रोपेको यो बिरुवा टेक्सास एक विशाल शैक्षिक वृक्ष बनेको छ।
विद्यार्थीको प्रयोगात्मक सिकाइका लागि टेक्सासले अत्याधुनिक सुविधाहरू उपलब्ध गराएको छ। स्कुलमा आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र रोबोटिक्सका लागि छुट्टै प्रयोगशालाको व्यवस्था छ। साथै, उच्च क्षमताका कम्प्युटर ल्याब, स्मार्ट कक्षाकोठा, र क्याम्पसभर निःशुल्क वाइफाइको सुविधाले डिजिटल सिकाइलाई थप सहज बनाएको छ।
स्कुलले विद्यार्थीहरूको करियरलाई ध्यानमा राख्दै इन्टर्नसिप, रोजगारी र परामर्शका लागि छुट्टै ‘प्लेसमेन्ट सेल’को व्यवस्था गरेको छ। टाढाबाट आउने विद्यार्थीका लागि छात्रवासको सुविधाका साथै थप शैक्षिक सहयोग आवश्यक पर्नेहरूका लागि कोचिङ कक्षाहरू समेत सञ्चालन हुने गरेका छन्।
स्कुलले विद्यार्थीहरूको करियरलाई ध्यानमा राख्दै इन्टर्नसिप, रोजगारी र परामर्शका लागि छुट्टै ‘प्लेसमेन्ट सेल’को व्यवस्था गरेको छ।
यसैगरी ईलाइब्रेरी सुविधाले विद्यार्थीहरूलाई अनुसन्धान र गहन अध्ययनमा मद्दत पुर्याएको छ भने सफा र स्वास्थ्यकर क्याफेटेरिया तथा शान्त शैक्षिक वातावरणले विद्यार्थीहरूलाई स्कुलमा रमाउने वातावरण सिर्जना गरेको छ। स्थापनाको १५ वर्ष पुग्नै लाग्दा टेक्सास इन्टरनेशनल स्कुल विज्ञान, प्रविधि र व्यवस्थापनका क्षेत्रमा देशलाई चाहिने योग्य पेशेवरहरू उत्पादन गर्ने एक थलो बनेको छ ।
११. नेपाल मेगा कलेज, बबरमहल

काठमाडौंको बबरमहलमा सन् २०११ मा स्थापना भएको नेपाल मेगा कलेजले छोटो अवधिमै शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। अनुभवी शिक्षक, शिक्षाविद् र उत्साही उद्यमीहरूको सामूहिक प्रयासमा सञ्चालित यो कलेज उत्कृष्टताको लागि मेगा केन्द्र भन्ने मूल नारालाई आत्मसाथ गर्दै अघि बढिरहेको छ।
विद्यार्थीको चाहना, समाजको सपना र मुलुकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस स्कुलको मुख्य लक्ष्य विद्यार्थीहरूमा खोज गर्ने क्षमता, नयाँ विचारको सिर्जना र समस्या समाधान गर्ने सीपको विकास गर्नु हो। नर्सरीदेखि स्नातकोत्तरसम्मको अध्यापन हुने स्कुलमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अध्ययन गर्न पाइन्छ ।
विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी नवीन सोच राख्ने सक्ने सक्षम व्यक्तिको रूपमा तयार पार्नु मेगा कलेजको लक्ष्य हो ।
अनुसन्धानमुखी शिक्षामा जोड दिने यस संस्थाले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी नेतृत्व तहमा पुग्न सक्ने, नवीन सोच राख्ने र नागरिक जिम्मेवारी वहन गर्न सक्ने सक्षम व्यक्तिको रूपमा तयार पार्ने लक्ष्य राखेको छ।
नवीन शिक्षण पद्धतिलाई अवलम्बन गर्दै आएको कलेज उच्च मापदण्ड, आधुनिक भौतिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरणका कारण आज देशभरिका विद्यार्थीहरूको लागि एक रोजाइको गन्तव्य बनेको छ।
१२. भिएस निकेतन सेकेण्डरी स्कुल, तीनकुने

काठमाडौँको मीनभवनस्थित भीएस निकेतन सेकेन्डरी स्कुल एण्ड कलेजले आफ्नो स्थापनाको ४५ वर्ष पूरा गर्दै नेपालको शैक्षिक इतिहासमा एक विशिष्ट पहिचान बनाउन सफल भएको छ। सन् १९८१ मा वरिष्ठ शिक्षाविद् स्व. डा. बाबुराम पोखरेलद्वारा स्थापित यस प्रतिष्ठानले गुणस्तरीय शिक्षा, कडा अनुशासन र उत्कृष्ट नतिजामार्फत आफूलाई मुलुककै अग्रणी संस्थाको रूपमा उभ्याएको छ।
भीएस निकेतनले केवल प्राज्ञिक नतिजा मात्र नभई देशलाई सक्षम नेतृत्व दिन पनि महत्वपूर्ण भूमिका खेलेको छ । नेपालका ४७औँ वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह पनि यही स्कुलका पूर्व विद्यार्थी हुन् । स्कुलले प्रदान गर्ने व्यावहारिक शिक्षा र अनुशासनकै कारण यहाँका स्नातकहरू आज चिकित्सा, इन्जिनियरिङ, बैंकिङ र राजनीति जस्ता महत्वपूर्ण क्षेत्रमा सफल भएका छन्।
नेपालका वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह पनि यही स्कुलका पूर्व विद्यार्थी हुन् ।
स्थापनाकालदेखि नै तत्कालीन एसएलसी बोर्डमा आफ्ना विद्यार्थीलाई शीर्ष स्थानमा उभ्याउन सफल भीएस निकेतनले हाल कक्षा ११ र १२ (विज्ञान तथा व्यवस्थापन संकाय)मा पनि ९८ प्रतिशतभन्दा बढी सफलताको दर कायम राखेको छ।
विसं २०६५ मा उत्कृष्ट विद्यालयको रूपमा राष्ट्रिय ढाल र झण्डाबाट सम्मानित यस संस्थाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अत्याधुनिक स्मार्ट कक्षाकोठा, सुसज्जित विज्ञान तथा कम्प्युटर प्रयोगशाला र समृद्ध पुस्तकालयको व्यवस्था गरेको छ। सूचना तथा सञ्चार प्रविधिलाई शिक्षणको अभिन्न अङ्ग बनाएको यस प्रतिष्ठानमा विद्यार्थीहरूको मानसिक र शैक्षिक वृद्धिका लागि नियमित काउन्सिलिङ सेवा समेत उपलब्ध छ।
उत्कृष्टताप्रति समर्पित भन्ने नाराका साथ अघि बढेको भीएस निकेतनले किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ।
उत्कृष्टताप्रति समर्पित भन्ने नाराका साथ अघि बढेको भीएस निकेतनले किताबी ज्ञानका साथै खेलकुद, सांस्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ। फराकिलो खेल मैदान, बास्केटबल कोर्ट र विभिन्न विद्यार्थी क्लबहरूमार्फत यहाँका विद्यार्थीले आफ्नो लुकेको प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएका छन्।
दक्ष र अनुभवी शिक्षकहरूको समूहद्वारा सञ्चालित यस स्कुलले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र व्यावहारिक सिकाइको माध्यमबाट दक्ष एवं राष्ट्रभक्त नागरिक उत्पादन गर्ने आफ्नो यात्रालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
१२. नोबेल एकेडेमी सेकेण्डरी स्कुल, बानेश्वर

झण्डै तीन दशकदेखि नेपालको शैक्षिक क्षेत्रमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै एक अब्बल शिक्षण संस्थाको पहिचान बनाउन सफल छ, नोबेल एकेडेमी सेकेण्डरी स्कुल ।
सन् १९९८ मा शिक्षाप्रेमी र दूरदर्शी शिक्षाविद्हरूको समूहद्वारा स्थापित नोबेल एकेडेमी को-एजुकेसन पद्धतिमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित रही आज हजारौँ विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बनेको छ।
काठमाडौँ उपत्यकाको मुटु नयाँ बानेश्वरमा आफ्नै अत्याधुनिक भवनमा सञ्चालित यो एकेडेमी विद्यार्थीहरूका लागि सहज पहुँच र उत्कृष्ट शैक्षिक वातावरणको पर्याय बनेको छ।
नेपालको शैक्षिक क्षेत्रमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै एक अब्बल शिक्षण संस्थाको पहिचान बनाउन सफल नाम हाे, नोबेल एकेडेमी ।
शिक्षा मन्त्रालयद्वारा निर्धारित पाठ्यक्रमलाई आधार मानी अनुभवी र प्रतिस्पर्धी प्राध्यापकहरू मार्फत प्रदान गरिने यहाँको शिक्षा पूर्ण रूपमा गुणस्तरीय र समयसापेक्ष रहेको छ। विद्यार्थीमैत्री शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र सह(क्रियाकलापमा नोबेलले विशेष जोड दिँदै आएको छ। जसले विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञान मात्र नदिई एक जिम्मेवार ग्लोबल सिटिजन बन्न अभिप्रेरित गर्दछ।
सन् २०१९ मा नोबेलका चार जना विद्यार्थीले एसईई परीक्षामा ४ जिपिए हासिल गरेर कीर्तिमान कायम गरेका थिए।
नोबेल एकेडेमीको सफलताको पुष्टि यसले प्राप्त गरेका प्रतिष्ठित अवार्ड र विद्यार्थीहरूको नतिजाले गर्छ। सन् २०१९ मा काठमाडौँ महानगरपालिका र ब्रिटिस काउन्सिल दुवैबाट बेस्ट स्कुल अवार्ड प्राप्त गर्न सफल यस संस्थाका चार जना विद्यार्थीले सोही वर्षको एसईई परीक्षामा ४ जिपिए हासिल गरेर कीर्तिमान कायम गरेका थिए।
हाल नोबेल एकेडेमीले माध्यमिक तह अन्तर्गत विज्ञान, व्यवस्थापन र ललितकला संकायमा उत्कृष्ट कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ विद्यार्थीहरूलाई विषयवस्तु जान्न मात्र नभई सिक्न र व्यवहारमा उतार्नका लागि सीपमूलक र प्रयोगात्मक कक्षाहरू प्रदान गरिन्छ। संस्थाले आफ्नै सुविधासम्पन्न क्याफेटेरिया, यातायात, व्यवस्थित पुस्तकालय र अत्याधुनिक भौतिक, रसायन, जीवविज्ञान तथा कम्प्युटर प्रयोगशालाहरूको व्यवस्था गरेको छ। सुरक्षित र मायालु वातावरणमा स्वतन्त्र सिकाइ र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको नोबेल एकेडेमीले नेपाली विद्यार्थीहरूलाई विश्वस्तरको प्रतिस्पर्धाका लागि तयार पार्दै आएको छ।
१३. युनाइटेड एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर

नेपालको उच्च शिक्षामा आधुनिक र रचनात्मक पठन विधिको अभ्यास गरिरहेको प्राज्ञिक गन्तव्य हो, युनाइटेड एकेडेमी सेकेण्डरी स्कुल ।
ललितपुरको बालकुमारीमा विसं २०५९ सालदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस एकेडेमीले आफ्नो २७ वर्षे लामो यात्रामा हजारौँ विद्यार्थीहरूको भविष्य निर्माण गरिसकेको छ ।राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन गराउँदै आएको छ।
युनाइटेड एकेडेमीले परम्परागत शिक्षण पद्धतिभन्दा भिन्न वैज्ञानिक र रचनात्मक पठन विधिलाई अंगालेको छ।
एकेडेमीको मुख्य विशेषता भनेकै बोर्ड परीक्षामा हासिल गर्ने ए प्लस ग्रेड र बोर्ड टपरहरूको निरन्तरता हो। शतप्रतिशत नतिजा पस्किन सफल युनाइटेडले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरू समेत सफलतापूर्वक सञ्चालन गरिरहेको छ।
युनाइटेड एकेडेमीले परम्परागत शिक्षण पद्धतिभन्दा भिन्न वैज्ञानिक र रचनात्मक पठन विधिलाई अंगालेको छ। फराकिला र खुला कक्षाकोठा, आधुनिक प्रयोगशाला, र आवश्यक सबै पुस्तकहरू उपलब्ध भएको व्यवस्थित पुस्तकालयले विद्यार्थीहरूलाई अध्ययनमा सहजता थपेको छ। यहाँ कार्यरत विद्यावारिधि गरेका र अनुभवी प्राध्यापकहरूले विद्यार्थीलाई केवल शिक्षकका रूपमा मात्र नभई मेन्टर का रूपमा उत्प्रेरित गर्ने गर्दछन्।
आधुनिक शैलीकै कारण युनाइटेड एकेडेमी आज विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइको शैक्षिक गन्तव्य बन्न सफल भएको छ।
किताबी ज्ञानका अतिरिक्त विद्यार्थीको क्षमता अभिवृद्धि गर्न यस एकेडेमीले अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकता दिने गरेको छ। पाठ्यक्रमसँग सम्बन्धित गतिविधिहरूले विद्यार्थीको सिकाइको दायरा फराकिलो बनाउने स्कुलको विश्वास छ। उत्कृष्ट भौतिक संरचना, अनुशासित वातावरण र सिकाइको आधुनिक शैलीकै कारण युनाइटेड एकेडेमी आज विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइको शैक्षिक गन्तव्य बन्न सफल भएको छ।
१३. मोर्गन सेकेण्डरी स्कुल, बसुन्धरा

आधुनिक र प्रविधिमैत्री शिक्षाको क्षेत्रमा आफूलाई उदाहरणीय रुपमा प्रस्तुत गर्न सफल शैक्षिक संस्था हो, मोर्गन इन्टरनेशनल सेकेण्डरी स्कुल एण्ड कलेज ।
मोर्गनको मुख्य दृष्टि भनेकै विद्यार्थीलाई केवल प्रमाणपत्र दिलाउनु मात्र नभई, उनीहरूलाई बौद्धिक र पेशागत रूपमा सक्षम बनाउनु हो। स्थानीय स्तरबाट विश्वव्यापी प्रभाव भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै अघि बढेको यो स्कुल बौद्धिक, सामाजिक र व्यक्तिगत रूपान्तरणका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छ।
शैक्षिक क्षेत्रमा उत्कृष्ट गन्तव्यको पृथक पहिचान बनाएको यस स्कुलमा पासआउट हुने विद्यार्थीको संख्या पनि शतप्रतिशत छ ।
मोर्गन स्कुलमा हाल कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन सञ्चालन भइरहेको छ । उच्च शिक्षाको आधारस्तम्भ मानिने प्लस टु तहमा विद्यार्थीहरूलाई भविष्यको सुनौलो बाटो तय गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले यहाँ शैक्षिक मैत्री वातावरणको सिर्जना गरिएको छ। शैक्षिक क्षेत्रमा उत्कृष्ट गन्तव्यको पृथक पहिचान बनाएको यस स्कुलमा पासआउट हुने विद्यार्थीको संख्या पनि शतप्रतिशत छ ।
परम्परागत शिक्षा प्रणालीलाई परिमार्जन गर्दै मोर्गनले सूचना प्रविधिका अत्याधुनिक विषयहरूलाई प्राथमिकतामा राखेको छ। यहाँका विद्यार्थीहरूले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, डाटा साइन्स र अटो मेशिन लर्निङ जस्ता भविष्यका उदीयमान विषयहरूमा अध्ययन र अनुसन्धान गर्ने अवसर पाउँछन्।
प्रतिस्पर्धात्मक र अद्वितीय पाठ्यक्रम संरचना भएको यो स्कुलमा अध्ययनरत विद्यार्थीको परीक्षामा उत्तीर्णता पनि शतप्रतिशत छ । सुविधा सम्पन्न भौतिक संरचनामात्र नभएर लोभलाग्दो शैक्षिक वातावरणले पनि मोर्गानलाई विश्वस्तरको शिक्षण संस्था बनाएको छ ।
१४. नासा सेकेण्डरी स्कुल, तीनकुने

नेपालको शैक्षिक मानचित्रमा गुणस्तर र प्रविधिलाई एउटै सिक्काका दुई पाटाका रूपमा स्थापित गर्न सफल नाम हो, नासा सेकेण्डरी स्कुल । राजधानीको तीनकुनेस्थित शान्त र हरियाली वातावरणमा ठडिएको यो स्कुल केवल एउटा शैक्षिक संस्था मात्र होइन, बरु भोलिका कर्णधारहरूको भविष्यलाई वैश्विक मापदण्डमा ढाल्ने एउटा आधुनिक फ्युचरिस्टिक हब हो।
जहाँ ज्ञान र नवीनता भेटिन्छन् भन्ने मूल मन्त्रलाई आत्मसात् गरेको नासाले प्लस टु तहका विद्यार्थीहरूका लागि यस्तो धरातल तयार गरेको छ, जहाँ परम्परागत किताबी ज्ञान र अत्याधुनिक डिजिटल लर्निङको सुन्दर फ्युजन भेटिन्छ।
नासा स्कुलको सबैभन्दा बलियो पक्ष यसको आईएसओ ९००१–२०१५ प्रमाणित पूर्वाधार हो। यहाँका हरेक कक्षाकोठाहरू स्मार्ट मात्र छैनन्, बरु एआईजडित डिजिटल प्रविधिले सुसज्जित छन्। यसले विद्यार्थीलाई विश्वको जुनसुकै कुनामा भइरहेका नवीन अनुसन्धानसँग प्रत्यक्ष जोड्छ। नवीनतम सफ्टवेयर सहितको कम्प्युटर ल्याब र विशाल डिजिटल लाइब्रेरीले यहाँको सिकाइलाई थप रोचक र अनुसन्धानमुखी बनाएको छ।
नासाले प्लस टु तहका विद्यार्थीहरूका लागि यस्तो धरातल तयार गरेको छ, जहाँ परम्परागत किताबी ज्ञान र अत्याधुनिक डिजिटल लर्निङको सुन्दर फ्युजन भेटिन्छ।
विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चारवटा प्रमुख संकायमा नासाले आफ्नो बलियो उपस्थिति जनाएको छ। विशेषगरी, ११ कक्षाको सुरुवातदेखि नै सञ्चालन गरिने प्रि मेडिकल र प्रि–इञ्जिनियरिङ कक्षाहरूले विद्यार्थीलाई भविष्यको चुनौतीपूर्ण प्रवेश परीक्षाका लागि जगैदेखि तयार पार्छन्। यहाँबाट दीक्षित विद्यार्थीहरूले चिकित्सा शास्त्र, इन्जिनियरिङ, सिए र कृषि विज्ञान जस्ता विधामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्नु नै यसको गुणस्तरको जीवित प्रमाण हो।
पढाइमा मात्र होइन, नासाले खेलकुदको मैदानमा पनि आफ्नो विरासत कायम गरेको छ। फुटसल, बास्केटबल र क्रिकेटमा राष्ट्रिय स्तरमै उत्कृष्ट प्रदर्शन गरिसकेको यस स्कुलले विद्यार्थीहरूलाई व्यावसायिक तालिम र अवसरहरू प्रदान गर्छ।
काठमाडौँको मुटुमा भए तापनि विद्यार्थीको सहजताका लागि स्कुलले आफ्नै सुविधासम्पन्न होस्टेल र यातायातको व्यवस्था गरेको छ। आर्थिक बोझलाई कम गर्न न्यून शुल्कमा उच्च शिक्षा र जेहेन्दार विद्यार्थीका लागि थुप्रै आकर्षक छात्रवृत्ति योजनाहरू ल्याइएका छन्।
१४) सैनिक आवासीय महाविद्यालय, भक्तपुर

सैनिक र सर्वसाधारणका छोराछोरीलाई सस्तो मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समर्पित संस्था हो, सैनिक आवासीय महाविद्यालय ।
‘ज्ञान नै परम सेवा हो’ भन्ने आदर्श वाक्यका साथ नेपाली सेना कल्याणकारी कोषको संयोजकत्वमा सञ्चालित यस महाविद्यालयले आफ्नो स्थापनाको ४७ औँ वर्षमा प्रवेश गर्दै गर्दा शैक्षिक क्षेत्रमा एक विशिष्ट पहिचान बनाउन सफल भएको छ।
विसं २०३५ सालमा मकवानपुरको भीमफेदीमा सुपिङ मल्टिपल क्याम्पसका रूपमा स्थापित यो संस्था २०४२ सालमा भक्तपुरको सल्लाघारीमा स्थानान्तरण भएको थियो। सुरुमा नेपाली सेना र त्रिभुवन विश्वविद्यालयको संयुक्त लगानीमा सञ्चालित यस क्याम्पसलाई २०४३ सालदेखि वीरेन्द्र सैनिक आवासीय महाविद्यालयको नामबाट नेपाली सेनाले एकल रूपमा सञ्चालन गर्दै आएको छ । २०६७ सालदेखि भने यसलाई ‘सैनिक आवासीय महाविद्यालय, भक्तपुर’ नामाकरण गरिएको हो।
नासाले प्लस टु तहका विद्यार्थीहरूका लागि यस्तो धरातल तयार गरेको छ, जहाँ परम्परागत किताबी ज्ञान र अत्याधुनिक डिजिटल लर्निङको सुन्दर फ्युजन भेटिन्छ।
सैनिक र गैर सैनिक दुवै क्षेत्रका बालबालिकालाई सुलभ शुल्कमा गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्नु यस महाविद्यालयको मुख्य उद्देश्य रहेको छ। २०४६ र २०४७ सालदेखि सह-शिक्षा सुरु गरेको यस संस्थाले विद्यालय तहदेखि स्नातकोत्तर तहसम्मका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
महाविद्यालयले केवल किताबी ज्ञानमा मात्र सीमित नभई अनुशासित, देशभक्त र दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न संस्थाहरूमा कुशल नेतृत्व प्रदान गर्न सक्ने जनशक्ति तयार पार्नु यसको प्रमुख लक्ष्य हो। महाविद्यालयको कडा अनुशासन, उच्च नैतिकता र राष्ट्रियताको भावनाले यहाँका विद्यार्थीहरूलाई अन्यभन्दा पृथक बनाउने गरेको छ।
अत्याधुनिक कम्प्युटर ल्याब, इन्टरनेट सुविधा र अनुभवी ल्याब सहायकहरूको व्यवस्था रहेको यहाँ पाठ्यक्रम अनुसार विद्यार्थीहरूलाई इन्टर्नसिप र समर प्रोजेक्ट अनिवार्य गरिएको छ, जसले उनीहरूलाई वास्तविक कार्यस्थलको अनुभव प्रदान गर्ने महाविद्यालयको विश्वास छ ।
उत्कृष्ट अध्ययन शैली अपनाएको यो स्कुलमा अत्याधुनिक भौतिक पूर्वाधार, पर्याप्त खेल मैदान, अनुभवी प्राध्यापक छन् ।
१५. नेपाल काष्ठमण्डप सेकेण्डरी स्कुल, कलंकी

शिक्षामा समर्पित, चुस्त र दूरदर्शी व्यवस्थापनले तयार गरेको उर्बर धरातल हो, नेपाल काष्ठमण्डप सेकेण्डरी स्कुल । काठमाडौँको कलंकीमा दक्ष प्राज्ञिक व्यक्तित्व, अनुभवी शिक्षक, बैंकर र सफल उद्यमीहरूको सामूहिक लगानी र व्यवस्थापनमा सञ्चालित यो स्कुलले स्थापनाकालदेखि नै गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिँदै आएको छ।
कक्षा ११, १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, मानविकी संकायमा अध्यापन गराउँदै आएको नेपाल काष्ठमण्डपले एसईईमा प्राप्त गरेको ग्रेडिङका आधारमा विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
विद्यार्थीहरूको चौतर्फी विकासका लागि नेपाल काष्ठमण्डपले केवल पाठ्यपुस्तकमा मात्र सीमित नभई अतिरिक्त क्रियाकलाप र भाषा शिक्षणलाई पनि प्राथमिकता दिएको छ।
स्कुलको अर्को मुख्य विशेषता भनेकै यहाँको शान्त र प्रविधिमैत्री वातावरण हो। कलंकी चोकबाट मात्र १०० मिटरको दूरीमा रहेको यो स्कुल सहरको कोलाहलबाट टाढा रहे पनि यातायात र सञ्चारको पहुँचका हिसाबले निकै सुगम स्थानमा छ।
विद्यार्थीहरूको चौतर्फी विकासका लागि स्कुलले केवल पाठ्यपुस्तकमा मात्र सीमित नभई अतिरिक्त क्रियाकलाप र भाषा शिक्षणलाई पनि प्राथमिकता दिएको छ। यहाँ नियमित पाठ्यक्रमका अतिरिक्त आइएलटिएस, टोफेल, चिनियाँ र कोरियन भाषाका कक्षाहरू समेत सञ्चालन हुने गर्दछन्। प्रयोगात्मक सिकाइका लागि स्कुलले अत्याधुनिक प्रयोगशाला, सुसज्जित पुस्तकालय र नियमित अनुसन्धान जर्नलहरू प्रकाशन गर्दै आएको छ।
स्कुल प्रशासनका अनुसार विद्यार्थीहरूको शैक्षिक प्रगतिको सूक्ष्म निगरानीका लागि इन्डिभिजुअल प्रोफाइल तयार पार्ने गरिएको छ, जसमा विद्यार्थीको उपस्थिति, व्यवहार र शैक्षिक नतिजाको नियमित अभिलेख राखिन्छ। मासिक परीक्षा र त्रैमासिक परीक्षाहरू मार्फत विद्यार्थीहरूको मूल्यांकन गरी उनीहरूको कमजोरी सुधार्न विशेष परामर्श समेत प्रदान गरिन्छ।
खेलकुद र सिर्जनात्मक गतिविधिमा पनि काष्ठमण्डप स्कुलको प्रदर्शन उत्साहजनक छ।
खेलकुद र सिर्जनात्मक गतिविधिमा पनि काष्ठमण्डप स्कुलको प्रदर्शन उत्साहजनक छ। हालै सम्पन्न विभिन्न अन्तर-स्कुल हाजिरीजवाफ र फुटसल प्रतियोगिताहरूमा यस स्कुलले उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ। विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्न यहाँ ‘विद्यार्थी काउन्सिल’ सक्रिय रहेको छ, जसले व्यवस्थापन र विद्यार्थीबीच पुलको काम गर्ने गर्दछ।
गुणस्तरीय शिक्षा, सुरक्षित पूर्वाधार र विद्यार्थीको भविष्यप्रति जिम्मेवार शिक्षण पद्धतिका कारण नेपाल काष्ठमण्डप स्कुल नेपालको शैक्षिक क्षेत्रमा एक भरपर्दो नामका रूपमा स्थापित हुँदै गएको छ।
१५) नेसनल कलेज अफ साइन्सेज सेकेण्डरी स्कुल (निस्ट), लैनचौर

शैक्षिक संस्थाहरुको भीडमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको प्राज्ञिक संस्था हो, नेसनल कलेज अफ साइन्सेज सेकेण्डरी स्कुल (निस्ट) । वि.सं. २०५० सालमा स्थापना भएको यो संस्थाले विगत ३० वर्षदेखि कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा उच्च शिक्षा प्रदान गर्दै आएको छ।
विज्ञ वैज्ञानिक र अनुभवी प्राज्ञहरूको समूहद्वारा स्थापित यो स्कुल पछिल्लो समय विद्यार्थीहरूको पहिलो रोजाइमा पर्न सफल भएको छ । निस्ट फाउन्डेसन अन्तर्गतको एक मुख्य अङ्गका रूपमा रहेको यस विद्यालयले विद्यार्थीहरूलाई विश्वव्यापी नागरिकका रूपमा तयार गर्ने लक्ष्य राखेको छ।
प्रविधिमैत्री शिक्षालाई आत्मसात गर्दै निस्टले आफ्नै म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम लागू गरेको छ ।
कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापनमा अध्यापन गराउँदै आएको स्कुलले हालै सार्वजनिक गरेको विगत तीन शैक्षिक सत्रको नतिजा उत्साहजनक देखिएको छ । २०८० को ब्याचमा १३४ जनाले ए प्लस ग्रेड ल्याएका थिए भने २०८२ को ब्याचमा यो संख्या उल्लेख्य रूपमा वृद्धि भई २०१ पुगेको छ। यसैगरी ए ग्रेड ल्याउने विद्यार्थीको संख्या पनि २८९ बाट बढेर ४२१ पुगेको छ। कलेजको करिब १०० प्रतिशत उत्तीर्ण नतिजा र यहाँका स्नातकहरूले चिकित्सा शास्त्र, इन्जिनियरिङ, वास्तुकला र सूचना प्रविधि जस्ता प्राविधिक विषयहरूमा प्राप्त गर्ने पूर्ण छात्रवृत्तिले यसको प्राज्ञिक उचाइलाई पुष्टि गर्दछ।
प्रविधिमैत्री शिक्षालाई आत्मसात गर्दै निस्टले आफ्नै म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम लागू गरेको छ । जसले विद्यार्थीको व्यक्तिगत विवरण, शैक्षिक प्रगति र उपस्थिति ट्र्याक गर्नुका साथै अभिभावकसँग सिधा सञ्चार स्थापित गर्दछ। प्रत्येक कक्षाकोठामा ३६ जनाको मात्रै क्षमता, फिक्स्ड प्रोजेक्टर र उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ।
विद्यार्थीको चौतर्फी व्यक्तित्व र नेतृत्व विकासका लागि स्कुलले किताबी ज्ञानका साथै आइटी, सोसल र डिबेट क्लब जस्ता गतिशील मञ्चहरू प्रदान गर्दै आएको छ।
स्मार्टफोनको सही सदुपयोगका लागि स्कुलले विशेष व्यवस्था गरेको छ। विद्यार्थीहरूले आफ्ना फोनहरू विद्यालय छिर्दा पिजनहोलमा बुझाउनुपर्ने र छुट्टी भएपछि मात्र फिर्ता पाउने नियम बनाइएको छ, जसले गर्दा कक्षाकोठाको वातावरण मर्यादित रहने स्कुल प्रशासनको दाबी छ।
केवल किताबी ज्ञानमा मात्र सीमित नभई स्कुलले विद्यार्थीको नेतृत्व विकासका लागि आइटी एण्ड साइन्स क्लब, सोसल क्लब र डिबेट क्लब जस्ता विभिन्न मञ्चहरू उपलब्ध गराएको छ। १० किलोमिटरको परिधिभित्र यातायात सुविधा, स्वास्थ्य सेवाका लागि इन्फर्मरी र पोषणयुक्त क्यान्टिनको व्यवस्थाले विद्यार्थीको बसाइलाई सुरक्षित र सहज बनाएको छ।
१५. ज्ञानज्योती सेकेण्डरी स्कुल, दाङ

दाङको तुलसीपुरमा लुम्बिनी प्रदेशकै प्रमुख शैक्षिक केन्द्रको रूपमा उदाउँदै गरेको प्राज्ञिक संस्था हो, ज्ञानज्योति माध्यमिक विद्यालय । वि.सं. २०५१ मा स्थापना भएको यस संस्थाले विगत तीन दशकदेखि स्थानीय समुदायलाई उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्दै आएको छ।
ज्ञानज्योति एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित यो विद्यालयले प्राथमिक तहदेखि माध्यमिक तहसम्म मात्र नभई उच्च शिक्षासम्मको यात्रालाई एउटै छानामुनि समेटेको छ। शिक्षालाई व्यापारभन्दा बढी सेवाको रूपमा परिभाषित गर्दै यस विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने मूल उद्देश्य राखेको छ।
राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन जस्ता विविध संकायहरू सञ्चालनमा छन्। विद्यार्थीको रुचि र क्षमता अनुसारका विषयहरू उपलब्ध हुनाले यो क्षेत्रकै विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको छ।
विद्यालयले प्राथमिकदेखि उच्च शिक्षासम्मको शैक्षिक यात्रालाई एउटै छानामुनि समेट्दै, व्यापारभन्दा सेवाको भावले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।”
ज्ञानज्योति माध्यमिक विद्यालयको अर्को बलियो पक्ष यसको छात्रवृत्ति योजना हो। जेहेन्दार, परिश्रमी र आर्थिक रूपमा विपन्न वर्गका विद्यार्थीहरूका लागि विद्यालयले शतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरेको छ। आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थीले आफ्नो सपना त्याग्न नपरोस् भन्ने हेतुले विद्यालयले यस्तो नीति अवलम्बन गरेको प्रशासनले जनाएको छ।
अध्यापनका लागि अनुभवी शिक्षकहरूको समूह रहेको यस विद्यालयमा प्रयोगात्मक सिकाईलाई जोड दिइन्छ। यहाँ सुसज्जित कक्षा कोठाहरू, सन्दर्भ सामग्रीले भरिपूर्ण पुस्तकालय, र विज्ञान तथा कम्प्युटरका आधुनिक प्रयोगशालाहरू उपलब्ध छन्। विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि उत्तिकै प्राथमिकता दिने गरेको छ।
ज्ञानज्योति माध्यमिक विद्यालयको अर्को बलियो पक्ष यसको छात्रवृत्ति योजना हो।
शान्त र शैक्षिक वातावरणमा सञ्चालित यो विद्यालयले तुलसीपुर क्षेत्रको मात्र नभई समग्र देशको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। गुणस्तरमा अब्बल र शुल्कमा सुलभ भएकै कारण ज्ञानज्योति आज हजारौँ विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने भरोसाको केन्द्र बनेको छ।
१६. ख्वप सेकेण्डरी स्कुल, भक्तपुर

ऐतिहासिक र सांस्कृतिक नगर भक्तपुरको पहिचान केवल कला र सम्पदामा मात्र सीमित छैन। पछिल्लो समय यो नगर गुणस्तरीय र सुलभ शिक्षाको हबका रूपमा समेत विश्वसामु चिनिन थालेको छ। यसको मुख्य श्रेय भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयलाई जान्छ।
सन् १९९९ मा स्थापना भएको यस शैक्षिक संस्थाले जेहेन्दार तथा न्यून आय भएका विद्यार्थीको इन्जिनियर बन्ने सपनालाई साकार पारिरहेको छ। नगरपालिकाकै स्वामित्वमा रहेका कारण यो संस्था विशुद्ध नाफामूलक नभई सेवामूलक ढंगले सञ्चालित छ, जसले गर्दा आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थीले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था छैन।
ऐतिहासिक र सांस्कृतिक नगर भक्तपुरको पहिचान केवल कला र सम्पदामा मात्र सीमित छैन।
ख्वप प्रविधिको प्रयोगमा देशकै उच्च दर्जाको स्कुल मानिन्छ। यस विद्यालयले प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकायमा विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक जग प्रदान गर्दै आएको छ।
यहाँको शिक्षण पद्धति केवल कक्षाकोठाको चौघेराभित्र मात्र सीमित छैन। यहाँ छुट्टाछुट्टै र सुसज्जित विज्ञान प्रयोगशाला, अत्याधुनिक कम्प्युटर ल्याब, र पुस्तकले भरिपूर्ण पुस्तकालयको व्यवस्था छ। खुला र उज्यालो कक्षाकोठाहरूले सिकाई प्रक्रियालाई थप सहज बनाएका छन्। साथै, विद्यार्थीहरूको शारीरिक विकासका लागि खेलकुदका विभिन्न सुविधाहरू पनि उपलब्ध छन्।
एसईई पश्चात् आफ्नो भविष्यलाई सही दिशा दिन चाहने विद्यार्थीहरूका लागि ख्वप मावि वास्तवमै एक ’सपना साकार पार्ने थलो’ सावित भएको छ ।
ख्वप माविको मुख्य लक्ष्य भनेकै गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्याउनु हो। शिक्षालाई एउटा अधिकारका रूपमा स्थापित गर्दै नगरपालिकाले यसलाई मोडल संस्थाको रूपमा विकास गरेको छ। यहाँका विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नदिई अनुशासन, नैतिकता र नागरिक जिम्मेवारीको पनि बोध गराइन्छ।
भक्तपुरको ऐतिहासिक पहिचान र आधुनिक शिक्षाको संगम बनेको ख्वप माध्यमिक विद्यालय केवल एउटा विद्यालय मात्र होइन, यो एउटा सभ्यता र संस्कार सिकाउने पाठशाला पनि हो। त्यसैले, एसईई पश्चात् आफ्नो भविष्यलाई सही दिशा दिन चाहने विद्यार्थीहरूका लागि ख्वप मावि वास्तवमै एक ’सपना साकार पार्ने थलो’ सावित भएको छ ।
१७. ओमेगा इन्टरनेसनल सेकेण्डरी स्कुल, ललितपुर

काठमाडौँ उपत्यकाको प्रमुख शैक्षिक केन्द्रमध्ये एक हो, ललितपुरको कुमारीपाटीमा अवस्थित ओमेगा इन्टरनेशनल सेकेन्डरी स्कुल एण्ड कलेज । विसं २०६६ मा स्थापना भएदेखि नै गुणस्तरीय शिक्षालाई आफ्नो मूल मर्म मान्दै आएको यस स्कुलले हालै फेयर एक्सप्रेसबाट “बेस्ट प्लस टु कलेज अफ काठमाडौँ भ्याली २०२५” को प्रतिष्ठित उपाधि प्राप्त गर्न सफल भएको छ।
हाल २,३०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत यस स्कुलले वर्षौँदेखि बोर्ड परीक्षामा ९८ प्रतिशतभन्दा बढी सफलताको नतिजा कायम गर्दै आएको छ। ओमेगाले विगतमा एसएलसी टपर उत्पादन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा ख्याति कमाउन सफल विद्वानहरूलाई शिक्षित बनाइसकेको छ।
प्रगतिशील शिक्षाको भिजन र बलियो प्रशासनिक नेतृत्वका कारण ओमेगाले नेपालको शिक्षा क्षेत्रमा एक नयाँ मापदण्ड खडा गरेको छ।
विज्ञान र व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ओमेगाले विद्यार्थीको चौतर्फी विकासका लागि विश्वस्तरीय भौतिक पूर्वाधार तयार गरेको छ। स्कुलमा आधुनिक ‘स्मार्ट’ कक्षाकोठाहरू, अत्याधुनिक विज्ञान प्रयोगशाला, र सूचनाको भण्डार मानिने सुविधासम्पन्न पुस्तकालयको व्यवस्था छ। खेलकुदमा रुचि राख्ने विद्यार्थीहरूका लागि बास्केटबल कोर्ट र फुटसल ग्राउण्ड जस्ता इन्डोर तथा आउटडोर सुविधाहरू उपलब्ध छन्। साथै, विद्यार्थीमैत्री क्याफेटेरिया र ठूला कार्यक्रम सञ्चालनका लागि फराकिलो सभाहल स्कुलको थप आकर्षण हुन्।
अनुभवी र समर्पित शिक्षकहरूको नेतृत्वमा स्कुलले नवीन शिक्षण पद्धति अपनाउँदै आएको छ। ओमेगाले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूमा समालोचनात्मक सोच, सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्न विभिन्न अतिरिक्त क्रियाकलापहरूलाई उच्च प्राथमिकता दिने गरेको छ।
विज्ञान र व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ओमेगाले विद्यार्थीको चौतर्फी विकासका लागि विश्वस्तरीय भौतिक पूर्वाधार तयार गरेको छ।
प्रगतिशील शिक्षाको भिजन र बलियो प्रशासनिक नेतृत्वका कारण ओमेगाले नेपालको शिक्षा क्षेत्रमा एक नयाँ मापदण्ड खडा गरेको छ। विद्यार्थी केन्द्रित दृष्टिकोण र उच्च नैतिक मूल्य मान्यताको जगमा उभिएको यस स्कुलले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्दै आफ्नो उत्कृष्टताको यात्रालाई निरन्तरता दिइरहेको छ।
१८. सेन्ट मेरिज सेकेण्डरी स्कुल, जावलाखेल

‘पढ्नुको अर्थ जान्नु वा सिक्नु मात्र होइन, बरु आफूलाई सकारात्मक उर्जा र भावले परिपूर्ण पार्नु पनि हो,’ भन्ने मान्यतामा अघि बढेको शैक्षिक संस्था हो, सेन्ट मेरिज सेकेण्डरी स्कुल । ललितपुरको जावलाखेलमा सन् १९७५ मा स्थापना भएको सेन्ट मेरिजको अर्को विशेषता भनेको यहाँ छात्राहरुले मात्र भर्ना पाउँछन् ।
कक्षा १ देखि १० सम्मका साथै प्लस टुमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको यस माविले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको चौतर्फी व्यक्तित्व विकास र आध्यात्मिक चेतनालाई प्राथमिकता दिने आफ्नो छुट्टै पहिचान बनाएको छ। कक्षा ११ र १२ मा मात्रै १० वटा सेक्सनहरू सञ्चालनमा रहेको विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुँदै आएको छ ।
सेन्ट मेरिजको अर्को सबल पक्ष कक्षाकोठाको चौघेराभन्दा बाहिरको सिकाई हो।
सेन्ट मेरिजले निश्चित संख्यामा मात्र विद्यार्थी भर्ना गर्छ । यसरी सीमित विद्यार्थीलाई लिएर उनीहरुको सम्पूर्ण वृत्तिविकासमा सहयोग गर्ने सेन्ट मेरिजले वर्षेनी उत्कृष्ट नतिजा दिने गरेको छ । यहाँ विद्यार्थीहरूलाई केवल परीक्षामा सफल बनाउनु मात्र नभई उनीहरूलाई धार्मिक सहिष्णुता, मानवीय मर्यादा र सृष्टिको सम्मान गर्न सिकाउनु विद्यालयको मुख्य उद्देश्य हो। जेहेन्दार, गरिब एवं प्रतिभाशाली विद्यार्थीहरुलाई सही मार्गदर्शन दिन सकियोस् भनेर सेन्ट मेरिजले सस्तो तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
सीमित विद्यार्थीलाई लिएर उनीहरुको सम्पूर्ण वृत्तिविकासमा सहयोग गर्ने सेन्ट मेरिजले वर्षेनी उत्कृष्ट नतिजा दिने गरेको छ ।
सेन्ट मेरिजको अर्को सबल पक्ष भनेको कक्षाकोठाको चौघेराभन्दा बाहिरको सिकाई हो। फिल्ड एक्सपिरियन्सलाई महत्त्व दिने यस विद्यालयले विद्यार्थीहरूलाई वास्तविक संसारसँग साक्षात्कार गराउन विभिन्न बाह्य गतिविधिहरू सञ्चालन गर्दछ। यसले विद्यार्थीमा व्यावहारिक ज्ञान, नेतृत्व क्षमता र सामूहिक भावनाको विकास गराउन मद्दत पुग्ने विश्वास गरिन्छ।
आजको प्रतिस्पर्धात्मक युगमा पनि आफ्नो मौलिक मूल्य र मान्यतालाई जोगाउँदै सेन्ट मेरिज हाई स्कुलले नेपालको शैक्षिक क्षेत्रमा एउटा बलियो र भरोसायोग्य खम्बाका रूपमा आफूलाई उभ्याएको छ।
१८. समृद्धि सेकेण्डरी स्कुल, बनस्थली

विद्यार्थीलाई केवल ‘रटने मेसिन’ होइन, उनीहरूको अन्तर्निहित क्षमता प्रस्फुटन गराउन सिर्जनशील वातावरण प्रदान गर्ने प्राज्ञिक थलो हो, समृद्धि स्कुल ।
२१औं शताब्दीको बदलिँदो बजार र विश्वव्यापी मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ काठमाडौंको वनस्थलीमा सञ्चालित यस स्कुलले छोटो समयमै आफूलाई एक उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गरेको छ। विसं २०७४ सालमा स्थापना भएको यस संस्थाले ‘के-१२’ शिक्षा प्रणालीमार्फत विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि समृद्धि यात्रा सञ्चालन गरिरहेको छ।
प्रत्येक बच्चा विशेष हुन्छ भन्ने मान्यता राख्दै विद्यालयले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित शिक्षालाई आफ्नो पाठ्यक्रमको मुख्य आधार बनाएको छ। आधुनिक प्रविधिको उच्चतम प्रयोगले यहाँको शिक्षण जगत्लाई थप प्रभावकारी र रुचिपूर्ण बनाएको छ।
जटिल र निरन्तर परिवर्तन भइरहेको विश्वमा आफूलाई उत्कृष्ट सावित गर्न सक्ने नागरिक तयार पार्नु नै समृद्धिको प्रमुख परिकल्पना हो।
कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ यस स्कुलले विशेष दख्खल राख्दछ। विद्यार्थीहरूलाई सानै उमेरदेखि उद्यमशीलता र व्यावसायिक ज्ञान प्रदान गर्नु यसको मुख्य लक्ष्य हो। ख्यातिप्राप्त प्राज्ञिक व्यक्तित्वहरूको नेतृत्वमा हुने शिक्षणले विद्यार्थीहरूलाई भविष्यका सफल म्यानेजर र प्रोफेसनल बनाउन मद्दत पुर्याइरहेको छ।
समृद्धि स्कुलको मूल मन्त्र नै इमानदारिता, निष्ठा र सेवा भाव हो। दया, सम्मान, उत्कृष्टता, जिम्मेवारी र सामूहिक कार्य जस्ता मुख्य मूल्यहरूलाई विद्यालयले आफ्नो मेरुदण्ड मानेको छ।
समृद्धि स्कुलले ‘के-१२’ शिक्षा प्रणालीमार्फत विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि समृद्धि यात्रा सञ्चालन गरिरहेको छ।
तीनवटा ठूला र सुविधासम्पन्न भवनहरूमा सञ्चालित यस स्कुलमा विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि पर्याप्त खेल मैदान र शैक्षिक स्रोतहरू उपलब्ध छन्। जटिल र निरन्तर परिवर्तन भइरहेको विश्वमा आफूलाई उत्कृष्ट सावित गर्न सक्ने नागरिक तयार पार्नु नै समृद्धिको प्रमुख परिकल्पना हो।
गुणस्तरीय शिक्षा, संस्कारयुक्त सिकाइ र भविष्य केन्द्रित दृष्टिकोणका कारण समृद्धि स्कुल हाल काठमाडौँको मात्र नभई देशकै एक आशालाग्दो शैक्षिक संस्थाका रूपमा अगाडि बढिरहेको छ ।
१९. आइएसटी सेकेण्डरी स्कुल, ज्ञानेश्वर

नेपालको हस्पिटालिटी र व्यवस्थापन शिक्षामा गौरवमय इतिहास बोकेको नाम हाे, आइएसटी सेकेण्डरी स्कुल ।
आइएसटी कलेजको व्यवस्थापनमा सन् २०१७ बाट सञ्चालित यस स्कुलले माध्यमिक तहको शिक्षामा नयाँ मानक स्थापित गरेको छ । काठमाडौंको ज्ञानेश्वरमा अवस्थित यस स्कुलले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासलाई उच्च प्राथमिकता दिँदै विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउँदै आएको छ ।
विशेषगरी एसईई पश्चात् सुरक्षित र व्यावसायिक भविष्यको खोजीमा रहेका विद्यार्थीहरूका लागि आइएसटीले व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिजम म्यानेजमेन्ट र जनरल म्यानेजमेन्ट जस्ता समयसान्दर्भिक विषयहरूमा पठनपाठन गराउँदै आएको छ । कलेजले विद्यार्थीभित्र लुकेर रहेको जिज्ञासालाई उजागर गर्न ‘लर्निङ बाई डुइङ’ पद्धतिलाई आत्मसात् गरेको छ ।
आइएसटीको सबैभन्दा सबल र विशिष्ट पक्ष भनेको प्लस टु लेभलमै इन्टर्नसिपको व्यवस्था गर्नु हो ।
नेपालका थोरै मात्र शैक्षिक संस्थाहरूले यस्तो आँट गरेका छन्, जहाँ कक्षा १२ को अन्तिम परीक्षा दिए लगत्तै विद्यार्थीहरूलाई व्यावसायिक जगतको प्रत्यक्ष अनुभव दिलाइन्छ । जसअन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरूले प्रतिष्ठित ४ तारे होटलहरूमा ३ देखि ६ महिनाको इन्टर्नसिप गर्ने अवसर पाउँछन् ।
त्यसैगरी, प्रविधिको क्षेत्रमा रुचि राख्ने कम्प्युटर साइन्सका विद्यार्थीहरूका लागि पनि विद्यालयले उत्तिकै ध्यान दिएको छ । उनीहरूलाई विभिन्न आइटी र टेक कम्पनीहरूमा ४ देखि ६ महिनासम्म इन्टर्नसिपमा पठाएर कार्यस्थलको वास्तविक चुनौती र अवसरहरूसँग परिचित गराइन्छ । यस्तो अभ्यासले विद्यार्थीहरूमा पढाइ सकिए लगत्तै रोजगारीको बजारमा सहजै प्रवेश गर्न सक्ने आत्मविश्वास र सीप विकास हुने विद्यालयको दाबी छ ।
अन्तर्राष्ट्रियस्तरको कोर्ष र प्रयोगात्मक शैलीका कारण आइएसटी सेकेण्डरी स्कुल वर्तमान समयमा व्यावसायिक शिक्षा रोज्ने विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल भएको छ ।
१९. गोर्खा सेकेण्डरी स्कुल, दाङ

पश्चिम नेपालको शैक्षिक केन्द्रबिन्दुको रूपमा उदाउँदै गरेको नाम हो, गोर्खा सेकेन्डरी स्कुल ।
दाङको तुलसीपुरमा अवस्थित यस प्राज्ञिक संस्थाले आफ्नो गुणस्तरीय शिक्षा र उत्कृष्ट भौतिक पूर्वाधारका कारण मुलुककै एक प्रतिष्ठित शिक्षण संस्थाको पहिचान बनाउन सफल भएको छ। सन् २०११ मा गोर्खा एजुकेसन ग्रुपद्वारा स्थापित यस विद्यालयले पूर्व गोर्खा सैनिकहरूको अनुशासन र स्थानीय बुद्धिजीवीहरूको प्रज्ञालाई समायोजन गर्दै नयाँ पुस्ताका लागि अनुकरणीय शैक्षिक मार्गप्रशस्त गरिरहेको छ।
तुलसीपुरस्थित बरुवागाउँको ३ बिघा क्षेत्रफलमा फैलिएको शान्त र मनोरम वातावरणमा अवस्थित यस विद्यालयमा हाल २,५०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी विज्ञान र व्यवस्थापन संकायमा उच्च माध्यमिक कार्यक्रम सञ्चालन गरिरहेको यस संस्थाले विद्यार्थी र अभिभावकको बढ्दो चापलाई मध्यनजर गर्दै यसै शैक्षिक सत्रदेखि दुवै संकायमा दिवा र बिहानी सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
विद्यार्थीको व्यक्तिगत हेरचाह, प्रभावकारी परामर्श र मार्गदर्शनलाई उच्च प्राथमिकतामा राख्नु नै यस विद्यालयको सफलताको रहस्य हो।
सैनिक अनुशासन र आधुनिक शैक्षिक पद्धतिको यो फ्युजनले विद्यार्थीहरूलाई केवल किताबी किरा मात्र नभई एक अनुशासित नागरिक बन्न प्रेरित गर्छ।
विशेषगरी प्राविधिक र व्यावसायिक चुनौतीहरूको सामना गर्न सक्ने सिर्जनशील युवा जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको गोर्खा स्कुलले भौतिक पूर्वाधारमा कुनै सम्झौता गरेको छैन। अत्याधुनिक भौतिक शास्त्र, रसायन शास्त्र र जीवविज्ञान प्रयोगशाला, व्यवस्थित कम्प्युटर ल्याब, सुविधासम्पन्न पुस्तकालय र प्रविधिमैत्री कक्षाकोठाहरूले यहाँको सिकाइलाई विश्वस्तरको बनाएको छ। अनुभवी र दक्ष प्राध्यापकहरूको समूह, कडा अनुशासन र शैक्षिक भ्रमण जस्ता गतिविधिले गर्दा यो विद्यालय विद्यार्थीहरूको पहिलो रोजाइको लर्निङ सेन्टर बन्न पुगेको छ।
गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावकहरूका लागि यो संस्था एक सुरक्षित र सुनिश्चित भविष्यको पर्याय बनेको छ।
विद्यार्थीको व्यक्तिगत हेरचाह, प्रभावकारी परामर्श र मार्गदर्शनलाई उच्च प्राथमिकतामा राख्नु नै यस विद्यालयको सफलताको रहस्य हो। भविष्यका कर्णाधारहरूलाई केवल शिक्षित मात्र नभई प्रतिस्पर्धी विश्वमा अब्बल सावित गराउने उद्देश्यका साथ अघि बढिरहेको यस संस्थाले आफ्नो उत्कृष्ट नतिजा र समर्पणका माध्यमबाट पश्चिम नेपालको शैक्षिक इतिहासमा एक नयाँ अध्याय थपेको छ। गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावकहरूका लागि यो संस्था एक सुरक्षित र सुनिश्चित भविष्यको पर्याय बनेको छ।
२०. ब्रिजवाटर सेकेण्डरी स्कुल, सिनामंगल

विद्यार्थीहरूलाई स्वदेशमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको शैक्षिक संस्था हो, ब्रिजवाटर इन्टरनेशनल सेकेण्डरी स्कुल ।
सिनामङ्गलमा सन् २०१० मा दूरदर्शी शिक्षाविद्हरूको समूहद्वारा स्थापित यस स्कुलले नेपालको शैक्षिक क्षेत्रलाई थप उत्पादनशील र प्रभावकारी बनाउने लक्ष्यका साथ केवल किताबी ज्ञानमा मात्र सीमित नरही जीवनोपयोगी शिक्षामा जोड दिँदै आएको छ। स्कुलको मुख्य दर्शन नै विद्यार्थीहरूलाई शैक्षिक रूपमा सफल बनाउनुका साथै जीवनका चुनौतीहरूलाई सहजतापूर्वक सामना गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार पार्नु हो।
ब्रिजवाटर स्कुलको मुख्य विशेषता यहाँको विद्यार्थीकेन्द्रित शिक्षण पद्धति हो।
ब्रिजवाटरले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन सङ्कायमा प्लस टु कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
स्कुलको मुख्य विशेषता भनेको यहाँको विद्यार्थीकेन्द्रित शिक्षण पद्धति हो। अनुभवी प्राध्यापकहरूद्वारा सहभागितामूलक विधिबाट अध्यापन गराइने यस स्कुलमा स्मार्ट क्लासरुम, अत्याधुनिक प्रयोगशाला, सुविधासम्पन्न पुस्तकालय र सभाहलको व्यवस्था छ। विद्यार्थीहरूको शारीरिक विकासका लागि स्कुल परिसरभित्रै आफ्नै फुटसल मैदान र क्याफ्टेरिया समेत उपलब्ध छ।
ब्रिजवाटरले शैक्षिक उत्कृष्टताका साथै विद्यार्थीहरूको व्यक्तित्व विकास कार्यक्रम, वृत्ति परामर्श र निरन्तर मेन्टरिङलाई उच्च प्राथमिकता दिएको छ। ब्रिजवाटर एजुकेशन फाउण्डेसनअन्तर्गत रहेका पाँचवटा भगिनी संस्थाहरूको सञ्जालले प्रि(स्कुलदेखि व्यावसायिक कोर्षसम्मको शैक्षिक वातावरण प्रदान गरिरहेको छ।
जेहेन्दार र आर्थिक रूपमा विपन्न तर क्षमतावान् विद्यार्थीहरूका लागि स्कुलले योग्यताका आधारमा विभिन्न छात्रवृत्तिहरूको व्यवस्था समेत गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत नेपालमा एक नवीन र उत्पादक शैक्षिक नेटवर्क विस्तार गर्ने स्कुलको दीर्घकालीन सोच रहेको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत नेपालमा एक नवीन र उत्पादक शैक्षिक नेटवर्क विस्तार गर्ने स्कुलको दीर्घकालीन सोच रहेको छ।
दक्ष जनशक्ति उत्पादन गरी देशको समुन्नत भविष्य निर्माणमा टेवा पुर्याउने संकल्प बोकेको ब्रिजवाटर इन्टरनेशनल स्कुल आजका विद्यार्थीहरूका लागि एक उत्कृष्ट र भरपर्दो शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ ।
उत्कृष्ट प्लस टु प्रदायक शैक्षिक संस्थाको अन्य सूचीमा
मुनलाईट बोर्डिङ स्कुल ललितपुर, मोडर्न स्कुल, भक्तपुर, गोल्डेन गेट इन्टरनेसनल, पुरानो बानेश्वर, न्यू समिट सेकेण्डरी स्कुल, पुरानो बानेश्वर, हिमालयन ह्वाइहाउस सेकेण्डरी स्कुल, तीनकुने, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (सीसीआरसी), कोटेश्वर, काञ्जिरोवा नेशनल सेकेण्डरी स्कुल, कोटेश्वर, साउथवेष्टर्न स्टेट इन्टरनेसनल सेकेण्डरी स्कुल, धापासी, डिएभी सुशिल केडिया विश्व भारती, जावलाखेल, एभरेष्ट सेकेण्डरी स्कुल, थापाथली, प्रिमियर सेकेण्डरी स्कुल, नयाँ बानेश्वर, जेभियर इन्टरनेशनल सेकेण्डरी स्कुल, कालोपुल, एभरेष्ट फ्लोरिडा सेकेण्डरी स्कुल, नयाँ बानेश्वर, टाइम्स इन्टरनेशनल सेकेण्डरी स्कुल, डिल्लीबजार, पेन्टागन सेकेण्डरी स्कुल, तीनकुने, एनआईसी सेकेण्डरी स्कुल, डिल्लीबजार, ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल, कोटेश्वर, प्रिमियर वल्र्ड स्कुल, पाटन, काठमाडौं वर्ल्ड स्कुल, गुन्डु, युनिभर्सल सेकेण्डरी स्कुल, मैतीदेवी, संस्कृति इन्टरनेशनल स्कुल, काठमाडौं, मेरिल्यान्ड विराटनगर, ग्लोबल स्कुल अफ साइन्स, मध्यबानेश्वर लगायत छन् ।































