काठमाडौं । उच्च अदालतमा चार मुख्य न्यायधिश नियुक्त भएका छन् ।
न्याय परिषदको बिहीबारको बैठकले अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गरेको हो ।
उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा उदयप्रसाद चापागाई, सुर्खेतमा हरिप्रसाद पोखरल र दिपालयको मुख्य न्यायाधीशमा यज्ञ वस्याललाई नियुक्त गरेको छ ।
यस्तै बिहीबार नै बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्चको रजिष्टारमा महेन्द्र उपाध्याय र आयोगको सचिवमा चिरञ्जीवी खनाललाई बढुवा गर्न सिफारिस गरेको छ ।
न्यायापरिषदको यस निर्णयमा सर्बोच्चका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।































प्रतिक्रिया