काठमाडौं,२०,पुस
एनसेलको पुँजीगत लाभकर विषयमा अटेरी गर्दै आएको टेलिया सोनेरामा संलग्न एक–एकलाई कारबाही गर्ने ठूला करदाता कार्यालयको दाबी छ । "/>

टेलियासँग सम्बन्धित कसैलाई छाड्दैनौं :ठूला करदाता कार्यालय

टेलियासँग सम्बन्धित कसैलाई छाड्दैनौं :ठूला करदाता कार्यालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२०,पुस
एनसेलको पुँजीगत लाभकर विषयमा अटेरी गर्दै आएको टेलिया सोनेरामा संलग्न एक–एकलाई कारबाही गर्ने ठूला करदाता कार्यालयको दाबी छ । एनसेल बिक्री वापत तिर्नु पर्ने बक्यौताका रूपमा रहेको पुँजीगत लाभकर चुक्ता नभए सम्म यसमा संलग्न जो कोहीलाई नेपालमा कुनै कारोबार गर्न नपाउने सम्मको कारबाही गर्ने ठूला करदाता सेवा कार्यालयले जनाएको हो।

पुँजीगत लाभकरको बक्यौता रकम नतिरे टेलियासँग सम्बन्धित हरेक व्यक्तिलाई कारबाही गर्न ठूला करदाता कार्यालयले कुनै कसुर बाँकी नराख्ने कार्यालय प्रमुख गंगाराम गेलालले बताए। उले भने – ‘यस कम्पनीसँग सम्बन्धित कोही व्यक्ति नेपाल आउने बित्तिकै समातेर प्रहरीलाई बुझाउने गरी कारबाही गर्न लागेका छौं । यसका लागि हामीले अध्यागम विभागसँग समन्वय गर्छौं।’ त्यस्तै उनीहरूको सम्पत्ति तथा नेपालका अन्य क्षेत्रमा गरेको लगानीबारे अध्ययन तथा छानविन गर्न कम्पनी रजिस्टार कार्यालय, उद्योग विभाग तथा सरोकारवाला सबै निकायसँग समन्वय गर्ने कार्यालयको योजना रहेको उनले बताए ।
नेपाल समाचारपत्रबाट

Logo