काठमाडौं,२०,पुस

तराई क्षेत्रमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेपछि सरकारले आगो ताप्न भन्दै दाउरा वितरण गर्न थालेको छ । "/>

चिसोबाट बच्न दाउरा बाँड्दै सरकार

चिसोबाट बच्न दाउरा बाँड्दै सरकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२०,पुस

तराई क्षेत्रमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेपछि सरकारले आगो ताप्न भन्दै दाउरा वितरण गर्न थालेको छ । वातावरणविद्ले धुवाँलाई वायु प्रदूषणको मुख्य कारक भनिरहँदा त्यसको विपरीत हुने गरी राज्यले आगो बाल्ने व्यवस्था गर्न थालेको हो।

वातावरण विभागले वायु प्रदूषण कम गर्न दाउरा र प्लास्टिकजन्य वस्तु जलाउन पूर्ण प्रतिबन्ध लगाए पनि तराई क्षेत्रमा शीतलहरबाट बच्न भन्दै बाँकेको डुढुवा गाउँपालिका लगायत स्थानीय तहले चोक–चोकमा आगो ताप्ने व्यवस्था मिलाएका छन् । हजरात सामुदायिक वन उपभोक्ता समितिले बाल्नका लागि दाउरा उपलब्ध गराएको छ । चिसो बढेसँगै वायु प्रदूषणको दर पनि उच्च हुँदै गएको छ । आगो ताप्ने प्रचलनले उपत्यका र देशभरको वायुमण्डल झन् प्रदूषित बन्ने गरेको वातावरण विभागका प्रदूषण नियन्त्रण शाखा प्रमुख शंकरप्रसाद पौडेलले बताए।

प्लास्टिक र फोहोर जन्य वस्तु बाल्दा डायअक्सिन निस्कने गर्छ यो वातावरणमा लामो समय रहने र यसले श्वासप्रश्वासमा असर पु¥याउने गर्छ । स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले दाउरा र प्लास्टिकजन्य पदार्थ बाल्नमा रोक लगाउनु पर्ने विज्ञहरूको सुझाव छ । विभागले दाउरा, कागज र प्लास्टिकजन्य वस्तु नबाल्न सूचना गरिसकेकाले स्थानीय तहले पनि यसलाई नियन्त्रण गर्नु पर्ने पौडेलले बताए। ‘दाउरा बालेर मात्र तातो हुने र शीतलहरबाट बचिने होइन, त्यसैले विकल्प खोज्नुपर्छ, उनले भने ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo