रास्वपाको केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गते चितवनमा हुने

रास्वपाको केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गते चितवनमा हुने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असार ७ गते देखि ९ गते सम्म चितवनमा हुने भएको छ ।

रास्वपाको आज बस्ने केन्द्रीय कमिटी बैठकमा असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने प्रस्तावसभापति रवि लामिछानेले गरेका हुन ।

रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिएका छन् ।

यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । यो समय सिमा अनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्थ्यो ।

Skip This
Skip This
Logo