ललितपुर ,२०,पुस

ललितपुरमा वितरित पानी मध्ये ७२.७ प्रतिशत पिउन अयोग्य भेटिएको छ । जिल्लाको एक सय ८० वटा पानीको नमुना परीक्षण गर्दा एक सय ५६ वटामा (कोलिफर्म) दिशाजन्य कीटाणु भेटिएको हो । "/>

ललितपुरमा ७२.७ प्रतिशत पानी पिउन अयोग्य

ललितपुरमा ७२.७ प्रतिशत पानी पिउन अयोग्य

केन्द्रबिन्दु
0
Shares

ललितपुर ,२०,पुस

ललितपुरमा वितरित पानी मध्ये ७२.७ प्रतिशत पिउन अयोग्य भेटिएको छ । जिल्लाको एक सय ८० वटा पानीको नमुना परीक्षण गर्दा एक सय ५६ वटामा (कोलिफर्म) दिशाजन्य कीटाणु भेटिएको हो । कोलिफर्म मानव स्वास्थ्यका लागि घातक मानिन्छ ।

आर्थिक वर्ष २०७३,७४ को पानी परीक्षणको परिणामबाट यस्तो अवस्था देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए । २०६९,७० मा ८६ प्रतिशत पानी पिउन लायक नभएको र आव २०७१,७२ मा ५८ प्रतिशत पानीको स्रोत दूषित भेटिएको थियो । तथ्यांकले पुनः ०७४ सालमा पानीको स्रोतमा खराबी देखाएको छ । ललितपुरका पानी भण्डारण गरिने प्रमुख स्थानका ट्यांकीको परीक्षण जाँच गरिएको जनस्वास्थ्य प्रमुख पौडेलले बताए । ललितपुरको चापागाउँ, लुभु, लामाटार, गोदावरी, बडीखेल, विशंखुनारायणमा पानीको भण्डारण गरिएको छ । ‘यी सबै ठाउँको पानी परीक्षण गर्दा अधिकांश पानी पिउन नमिल्ने खालको भेटिएको छ, पौडेलले भने ।

अघिल्लो वर्ष पनि जिल्लाको मुटु मानिने सुन्धारा र सुनाकोठीमा हैजा भेटिएको उनले जानकारी दिए । ‘पानी दूषित हुनुको प्रमुख कारण भनेकै पानी र ढलको पाइप एकै ठाउँमा बिछ्याउनु हो, कोलिफर्मको कारण दर्साउँदै उनले भने, ‘ढल निरन्तर बग्छ । तर पानी दिएको समयमा बग्छ । पानी नदिएको समयमा पाइप खाली हुन्छ र ढल चुहिएर पानीमा मिसिन्छ।
अन्नपूर्णबाट

Logo