ट्याक्टर दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु, चालक फरार

ट्याक्टर दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु, चालक फरार

केन्द्रबिन्दु
0
Shares

गलकोट (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।

आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–५ का १६ वर्षीय सुशीलकुमार विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार ट्याक्टर गोठमा खसेको थियो । फरार चालकको खोजी जारी छ । गोठमा आंशिक क्षति भए पनि पशुचौपायाको क्षति भएको छैन् ।

Logo