काठमाडौं । पूर्वी नेपालको शैक्षिक साखलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै आएको विराटनगरस्थित मेरील्याण्ड सेकेण्डरी स्कुलले विगत दुई दशकदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा एकछत्र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ।
सन् २००२ मा प्रबुद्ध शिक्षाविद् र अनुभवी प्राज्ञिक व्यक्तित्वहरूको समूहद्वारा स्थापित यो संस्थाले राष्ट्रिय स्तरमा पटक–पटक ‘बाेर्ड फर्स्ट’ नतिजा हासिल गरेर आफ्नो प्राज्ञिक श्रेष्ठता सावित गरिसकेको छ। यहाँ प्लस टुअन्तर्गत व्यवस्थापन संकायका कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन हुँदै आएको छ । मोफसलको व्यवस्थापन एकल संकाय अध्यापन गराउने माविको परिचय बनाएको मेरिल्याण्डले वि.सं. २०८१ बाट विज्ञान संकायको पनि पठनपाठन सुरु गरेको हाे ।
मेरील्याण्ड सेकेण्डरी स्कुलले विगत दुई दशकदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा एकछत्र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ।
“सबैका लागि सुलभ र गुणस्तरीय शिक्षा” भन्ने मूल मन्त्र बोकेको यस स्कुलको मुख्य विशेषता भनेको राष्ट्रिय पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय शिक्षण विधिमार्फत प्रस्तुत गर्नु हो। विद्यार्थीको सिप र नेतृत्व क्षमता विकासका लागि यहाँ काठमाडौँ मोडेल कलेजसँगको सहकार्यमा विज्ञान विषयलाई ग्लोबल गुणस्तर दिने प्रयास गरिएको छ। साथै, कक्षा ११ देखि नै मेडिकल, इन्जिनियरिङ, आईसिटी र बैंकिङ तयारीका विशेष कक्षाहरू सञ्चालन हुनुले विद्यार्थीहरूलाई भविष्यको करियरका लागि सक्षम बनाउँछ।
नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)
भौतिक पूर्वाधारका दृष्टिले पनि मेरील्याण्ड अब्बल रहेको छ। विराटनगरको मुटुमा अवस्थित यस स्कुलमा अत्याधुनिक प्रयोगशाला, डिजिटल पुस्तकालय, मल्टिमिडिया सुविधा, अन्तराष्ट्रिय स्तरको बास्केटबल कोर्ट र क्रिकेट नेट जस्ता सुविधाहरू उपलब्ध छन्। विद्यार्थीको सुरक्षाका लागि सिसी क्यामेरा मार्फत पूर्ण निगरानी र स्वास्थ्यका लागि विद्यालयभित्रै नि:शुल्क प्राथमिक उपचारको व्यवस्था गरिएको छ।
भौतिक पूर्वाधारका दृष्टिले पनि मेरील्याण्ड अब्बल रहेको छ।
यति मात्र हाेइन, मेरील्याण्डले वर्षैभरि नि:शुल्क कोचिङ र आवश्यकता अनुसारका अतिरिक्त कक्षाहरू पनि प्रदान गर्दै आएको छ। पूर्वमा झापादेखि पश्चिममा सर्लाहीसम्म र सीमावर्ती भारतीय क्षेत्रका विद्यार्थीहरूको समेत पहिलो रोजाइ बन्न सफल यस स्कुलले सयौँको संख्यामा सफल म्यानेजर, उद्यमी र दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्रको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याइरहेको छ।































प्रतिक्रिया