काठमाडौं । शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित हुनु हुँदैन, यो त विद्यार्थीको व्यक्तित्व विकास र समयसापेक्ष सीपको सन्तुलन हो। यही मूल मन्त्रलाई आत्मसात गर्दै सन् २०१० देखि काठमाडौंको मित्रपार्कमा एउटा शैक्षिक क्रान्तिको सुरुवात भयो, टेक्सास इन्टरनेशनल सेकेण्डरी स्कुल।
समर्पित शिक्षाविद् र सफल उद्यमीहरूको एउटा समूहले १५ वर्षअघि रोपेको यो बिरुवा आज एक विशाल शैक्षिक वृक्ष बनेको छ। टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित यस संस्थाले बजारको मागअनुसारको दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्ने एउटा स्पष्ट लक्ष्य बोकेको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस स्कुलले प्रदान गर्ने डिग्रीहरू विश्वभर मान्यता प्राप्त छन्। यहाँ अध्ययनरत विद्यार्थीहरूका लागि विदेशमा क्रेडिट ट्रान्सफर गरी थप अध्ययन गर्ने सुविधा समेत उपलब्ध छ। विशेषगरी टेक्सासमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय अन्तर्गतका विषयहरूलाई समेटेर अध्यापन हुँदै आएको छ ।
समर्पित शिक्षाविद् र सफल उद्यमीहरूको एउटा समूहले १५ वर्षअघि रोपेको यो बिरुवा टेक्सास एक विशाल शैक्षिक वृक्ष बनेको छ।
विद्यार्थीको प्रयोगात्मक सिकाइका लागि टेक्सासले अत्याधुनिक सुविधाहरू उपलब्ध गराएको छ। स्कुलमा आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र रोबोटिक्सका लागि छुट्टै प्रयोगशालाको व्यवस्था छ। साथै, उच्च क्षमताका कम्प्युटर ल्याब, स्मार्ट कक्षाकोठा, र क्याम्पसभर निःशुल्क वाइफाइको सुविधाले डिजिटल सिकाइलाई थप सहज बनाएको छ।
नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)
स्कुलले विद्यार्थीहरूको करियरलाई ध्यानमा राख्दै इन्टर्नसिप, रोजगारी र परामर्शका लागि छुट्टै ‘प्लेसमेन्ट सेल’को व्यवस्था गरेको छ। टाढाबाट आउने विद्यार्थीका लागि छात्रवासको सुविधाका साथै थप शैक्षिक सहयोग आवश्यक पर्नेहरूका लागि कोचिङ कक्षाहरू समेत सञ्चालन हुने गरेका छन्।
स्कुलले विद्यार्थीहरूको करियरलाई ध्यानमा राख्दै इन्टर्नसिप, रोजगारी र परामर्शका लागि छुट्टै ‘प्लेसमेन्ट सेल’को व्यवस्था गरेको छ।
यसैगरी ईलाइब्रेरी सुविधाले विद्यार्थीहरूलाई अनुसन्धान र गहन अध्ययनमा मद्दत पुर्याएको छ भने सफा र स्वास्थ्यकर क्याफेटेरिया तथा शान्त शैक्षिक वातावरणले विद्यार्थीहरूलाई स्कुलमा रमाउने वातावरण सिर्जना गरेको छ। स्थापनाको १५ वर्ष पुग्नै लाग्दा टेक्सास इन्टरनेशनल स्कुल विज्ञान, प्रविधि र व्यवस्थापनका क्षेत्रमा देशलाई चाहिने योग्य पेशेवरहरू उत्पादन गर्ने एक थलो बनेको छ ।































