एआई, रोबोटिक्स र आधुनिक शिक्षाको उत्कृष्ट केन्द्र, मोर्गन सेकेण्डरी स्कुल

एआई, रोबोटिक्स र आधुनिक शिक्षाको उत्कृष्ट केन्द्र, मोर्गन सेकेण्डरी स्कुल

केन्द्रबिन्दु
2.07k
Shares

काठमाडौं । आधुनिक र प्रविधिमैत्री शिक्षाको क्षेत्रमा आफूलाई उदाहरणीय रुपमा प्रस्तुत गर्न सफल शैक्षिक संस्था हो, मोर्गन इन्टरनेशनल सेकेण्डरी स्कुल ।

मोर्गनको मुख्य दृष्टि भनेकै विद्यार्थीलाई केवल प्रमाणपत्र दिलाउनु मात्र नभई, उनीहरूलाई बौद्धिक र पेशागत रूपमा सक्षम बनाउनु हो। स्थानीय स्तरबाट विश्वव्यापी प्रभाव भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै अघि बढेको यो स्कुल बौद्धिक, सामाजिक र व्यक्तिगत रूपान्तरणका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छ।

शैक्षिक क्षेत्रमा उत्कृष्ट गन्तव्यको पृथक पहिचान बनाएको यस स्कुलमा पासआउट हुने विद्यार्थीको संख्या पनि शतप्रतिशत छ ।

मोर्गन स्कुलमा हाल कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन सञ्चालन भइरहेको छ । उच्च शिक्षाको आधारस्तम्भ मानिने प्लस टु तहमा विद्यार्थीहरूलाई भविष्यको सुनौलो बाटो तय गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले यहाँ शैक्षिक मैत्री वातावरणको सिर्जना गरिएको छ। शैक्षिक क्षेत्रमा उत्कृष्ट गन्तव्यको पृथक पहिचान बनाएको यस स्कुलमा पासआउट हुने विद्यार्थीको संख्या पनि शतप्रतिशत छ ।

नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)

परम्परागत शिक्षा प्रणालीलाई परिमार्जन गर्दै मोर्गनले सूचना प्रविधिका अत्याधुनिक विषयहरूलाई प्राथमिकतामा राखेको छ। यहाँका विद्यार्थीहरूले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, डाटा साइन्स र अटो मेशिन लर्निङ जस्ता भविष्यका उदीयमान विषयहरूमा अध्ययन र अनुसन्धान गर्ने अवसर पाउँछन्।

प्रतिस्पर्धात्मक र अद्वितीय पाठ्यक्रम संरचना भएको यो स्कुलमा अध्ययनरत विद्यार्थीको परीक्षामा उत्तीर्णता पनि शतप्रतिशत छ । सुविधा सम्पन्न भौतिक संरचनामात्र नभएर लोभलाग्दो शैक्षिक वातावरणले पनि मोर्गानलाई विश्वस्तरको शिक्षण संस्था बनाएको छ ।

Logo