सैनिक आवासीय महाविद्यालय, जहाँ अनुशासनको शिक्षा दिइन्छ

सैनिक आवासीय महाविद्यालय, जहाँ अनुशासनको शिक्षा दिइन्छ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सैनिक र सर्वसाधारणका छोराछोरीलाई सस्तो मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समर्पित संस्था हो, सैनिक आवासीय महाविद्यालय ।

‘ज्ञान नै परम सेवा हो’ भन्ने आदर्श वाक्यका साथ नेपाली सेना कल्याणकारी कोषको संयोजकत्वमा सञ्चालित यस महाविद्यालयले आफ्नो स्थापनाको ४७ औँ वर्षमा प्रवेश गर्दै गर्दा शैक्षिक क्षेत्रमा एक विशिष्ट पहिचान बनाउन सफल भएको छ।

विसं २०३५ सालमा मकवानपुरको भीमफेदीमा सुपिङ मल्टिपल क्याम्पसका रूपमा स्थापित यो संस्था २०४२ सालमा भक्तपुरको सल्लाघारीमा स्थानान्तरण भएको थियो। सुरुमा नेपाली सेना र त्रिभुवन विश्वविद्यालयको संयुक्त लगानीमा सञ्चालित यस क्याम्पसलाई २०४३ सालदेखि वीरेन्द्र सैनिक आवासीय महाविद्यालयको नामबाट नेपाली सेनाले एकल रूपमा सञ्चालन गर्दै आएको छ । २०६७ सालदेखि भने यसलाई ‘सैनिक आवासीय महाविद्यालय, भक्तपुर’ नामाकरण गरिएको हो।

नासाले प्लस टु तहका विद्यार्थीहरूका लागि यस्तो धरातल तयार गरेको छ, जहाँ परम्परागत किताबी ज्ञान र अत्याधुनिक डिजिटल लर्निङको सुन्दर फ्युजन भेटिन्छ।

सैनिक र गैर सैनिक दुवै क्षेत्रका बालबालिकालाई सुलभ शुल्कमा गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्नु यस महाविद्यालयको मुख्य उद्देश्य रहेको छ। २०४६ र २०४७ सालदेखि सह-शिक्षा सुरु गरेको यस संस्थाले विद्यालय तहदेखि स्नातकोत्तर तहसम्मका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

महाविद्यालयले केवल किताबी ज्ञानमा मात्र सीमित नभई अनुशासित, देशभक्त र दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न संस्थाहरूमा कुशल नेतृत्व प्रदान गर्न सक्ने जनशक्ति तयार पार्नु यसको प्रमुख लक्ष्य हो। महाविद्यालयको कडा अनुशासन, उच्च नैतिकता र राष्ट्रियताको भावनाले यहाँका विद्यार्थीहरूलाई अन्यभन्दा पृथक बनाउने गरेको छ।

नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)

अत्याधुनिक कम्प्युटर ल्याब, इन्टरनेट सुविधा र अनुभवी ल्याब सहायकहरूको व्यवस्था रहेको यहाँ पाठ्यक्रम अनुसार विद्यार्थीहरूलाई इन्टर्नसिप र समर प्रोजेक्ट अनिवार्य गरिएको छ, जसले उनीहरूलाई वास्तविक कार्यस्थलको अनुभव प्रदान गर्ने महाविद्यालयको विश्वास छ ।

उत्कृष्ट अध्ययन शैली अपनाएको यो स्कुलमा अत्याधुनिक भौतिक पूर्वाधार, पर्याप्त खेल मैदान, अनुभवी प्राध्यापक छन् ।

Logo