काठमाडौं । विद्यार्थीहरूलाई स्वदेशमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको शैक्षिक संस्था हो, ब्रिजवाटर इन्टरनेशनल सेकेण्डरी स्कुल एण्ड कलेज ।
सिनामङ्गलमा सन् २०१० मा दूरदर्शी शिक्षाविद्हरूको समूहद्वारा स्थापित यस स्कुलले नेपालको शैक्षिक क्षेत्रलाई थप उत्पादनशील र प्रभावकारी बनाउने लक्ष्यका साथ केवल किताबी ज्ञानमा मात्र सीमित नरही जीवनोपयोगी शिक्षामा जोड दिँदै आएको छ। स्कुलको मुख्य दर्शन नै विद्यार्थीहरूलाई शैक्षिक रूपमा सफल बनाउनुका साथै जीवनका चुनौतीहरूलाई सहजतापूर्वक सामना गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार पार्नु हो।
ब्रिजवाटर स्कुलको मुख्य विशेषता यहाँको विद्यार्थीकेन्द्रित शिक्षण पद्धति हो।
ब्रिजवाटरले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन सङ्कायमा प्लस टु कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
स्कुलको मुख्य विशेषता भनेको यहाँको विद्यार्थीकेन्द्रित शिक्षण पद्धति हो। अनुभवी प्राध्यापकहरूद्वारा सहभागितामूलक विधिबाट अध्यापन गराइने यस स्कुलमा स्मार्ट क्लासरुम, अत्याधुनिक प्रयोगशाला, सुविधासम्पन्न पुस्तकालय र सभाहलको व्यवस्था छ। विद्यार्थीहरूको शारीरिक विकासका लागि स्कुल परिसरभित्रै आफ्नै फुटसल मैदान र क्याफ्टेरिया समेत उपलब्ध छ।
ब्रिजवाटरले शैक्षिक उत्कृष्टताका साथै विद्यार्थीहरूको व्यक्तित्व विकास कार्यक्रम, वृत्ति परामर्श र निरन्तर मेन्टरिङलाई उच्च प्राथमिकता दिएको छ। ब्रिजवाटर एजुकेशन फाउण्डेसनअन्तर्गत रहेका पाँचवटा भगिनी संस्थाहरूको सञ्जालले प्रि(स्कुलदेखि व्यावसायिक कोर्षसम्मको शैक्षिक वातावरण प्रदान गरिरहेको छ।
नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)
जेहेन्दार र आर्थिक रूपमा विपन्न तर क्षमतावान् विद्यार्थीहरूका लागि स्कुलले योग्यताका आधारमा विभिन्न छात्रवृत्तिहरूको व्यवस्था समेत गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत नेपालमा एक नवीन र उत्पादक शैक्षिक नेटवर्क विस्तार गर्ने स्कुलको दीर्घकालीन सोच रहेको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत नेपालमा एक नवीन र उत्पादक शैक्षिक नेटवर्क विस्तार गर्ने स्कुलको दीर्घकालीन सोच रहेको छ।
दक्ष जनशक्ति उत्पादन गरी देशको समुन्नत भविष्य निर्माणमा टेवा पुर्याउने संकल्प बोकेको ब्रिजवाटर इन्टरनेशनल स्कुल आजका विद्यार्थीहरूका लागि एक उत्कृष्ट र भरपर्दो शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ ।































