जनकपुरधाम, १९, पुस
प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय आज देखि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार अधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । "/>

जाडोका कारण धनुषाका सामुदायिक विद्यालय आज देखि बन्द

जाडोका कारण धनुषाका सामुदायिक विद्यालय आज देखि बन्द

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम, १९, पुस
प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय आज देखि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार अधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । कार्यालयको वार्षिक शैक्षिक कार्यक्रम अनुरूप जाडो बिदा पुस २४ गते देखि माघ ५ गते सम्म हुने भएकोमा अधिक चिसोका कारण शैक्षिक कार्यक्रम पूर्व नै बिदा दिनुपरेको जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले बताए । सार्वजनिक विद्यालय पुस १९ गते देखि माघ १ गते सम्मका लागि बन्द गरिएको बताइएको छ ।
रासस

Logo