काठमाडौं,१९,पुस

केन्द्रविन्दु समाचारदाता 

साहित्यकार कृष्ण धराबासीलाई अमेरिकामा अन्तर्राष्ट्रिय भाषा साहित्य पुरस्कार प्रदान गरीने भएको छ। "/>

डेढ लाख पुरस्कार राशिको अन्तर्राष्ट्रिय भाषा साहित्य पुरस्कार धराबासीलाई

डेढ लाख पुरस्कार राशिको अन्तर्राष्ट्रिय भाषा साहित्य पुरस्कार धराबासीलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१९,पुस

केन्द्रविन्दु समाचारदाता 

साहित्यकार कृष्ण धराबासीलाई अमेरिकामा अन्तर्राष्ट्रिय भाषा साहित्य पुरस्कार प्रदान गरीने भएको छ। अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले वाशिंगटन डिसीमा धराबासीलाई डेढ लाख रुपैयाँ पुरस्कार राशिको अन्तर्राष्ट्रिय भाषा साहित्य पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

उक्त समारोहमा विभिन्न साहित्य विधाका लागि ५ वटा अन्तर्राष्ट्रिय पुरस्कार सहित नेपाली भाषा साहित्यका जम्मा १९ वटा पुरस्कार वितरण गरिदैछ । जस मध्ये सबै भन्दा ठूलो राशीको पुरस्कार उपन्यासकार तथा साहित्कार धराबासीलाई प्रदान गरिन लागिएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना गरेको उक्त पुरस्कार वितरण यही जनवरी ६ तारिखका दिन हुनेछ । धरावासी निकै लामो समय देखि नेपाली साहित्यको क्षेत्रमा सक्रिय साहित्यकार हुन् । झोला कथाका साथै आधाबाटो, राधा, तल्लोबाटो लगायत उनका थुप्रै उपन्यास चर्चित छन् ।

Logo