खोटाङ, १९, पुस
धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचित बहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । "/>

हलेसीमा भएको आगलागी नियन्त्रणमा

हलेसीमा भएको आगलागी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

खोटाङ, १९, पुस
धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचित बहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

साँझ साढे ७ बजे देखि शुरु भएको आगोले प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राई लगायतको घरमा आंशिक क्षति पुगेको नगर प्रमुख इवन राईले बताए । केही घरलाई भत्काएर आगो राति करिब ११ बजे नियन्त्रणमा लिइए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ । अचानक लागेको आगो मगमको घरबाट शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगलागीको कारण अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयवासीले करिब साँढे तीन घण्टा पछि नियन्त्रणमा लिएका हलेसीबाट पत्रकार टिवन राईले जानकारी दिए । आगो नियन्त्रणका लागि सदरमुकाम दिक्तेलबाट पठाइएको दमकल र सुरक्षाकर्मी नपुग्दै आगो नियन्त्रणमा आएको नगर प्रमुख राईले बताए । नगरपालिकामा दमकल नहुनु र पानी अभावका कारण आगलागी नियन्त्रणमा लिन ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए । आगलागीमा ठूलो मात्रामा धनमाल नष्ट भएपनि मानवीय क्षति नभएको जनाइएको छ ।
रासस

Logo