काठमाडौं,१९,पुस
वाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति सुरक्षाकर्मी र वन तस्कर बीच दोहोरो गोली हानाहान भएको छ । वनमा तस्करी भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी र तस्करबीच दोहोरो गोली हानाहान भएको सेक्टर वन कार्यालय पिपराका प्रमुख सुवासचन्द्र दासले जानकारी दिए ।
लालमटिया सामुदायिक वनका पदाधिकारीले तस्करीबारे सेक्टर वन पिपरालाई जानकारी गराएपछि वनरक्षक, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन उपाभोक्ताको संयुक्त टोली वनमा पुगेको थियो । टोली पुग्नासाथ तस्कर समूहले गोली प्रहार गरेको जनाइएको छ ।
जवाफमा सुरक्षाकर्मीले पनि गोली प्रहार गरेका थिए । सुरक्षाकर्मी र तस्करबीच १० पटकसम्म दोहोरो फायरिङ भएको थियो । त्यसपछि पक्राउ पर्ने डरले तस्करहरू मोटरसाइकल छाडेर भागेको प्रमुख दासले बताए । सो क्रममा ३० दशमलव १३ क्युफिट गोलिया काठ र आठवटा मोटरसाइकल बरामद गरेको पनि उनले बताए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया