कांग्रेसका नौ जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि, को को नेतालाई लाग्यो कोरोना ?

कांग्रेसका नौ जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि, को को नेतालाई लाग्यो कोरोना ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका थप नौ जना केन्द्रीय सदस्यहरुलाई कोरोना पुष्टि भएको छ । केन्द्रीय कार्यसमितिको बैठकको सन्दर्भ पारेरगरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको हो ।

बिहीबार भएको परीक्षणमा केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, किरण यादव, कृष्णकिशोर घिमिरे, सुजाता परियार र मोहम्मद सिद्धिकीलाई कोरोना देखिएको पार्टी कार्यालयले जनाएको छ ।

त्यसअघि केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु, शिव हुमागाई र फर्मुल्लाह मन्सुरलाई संक्रमण पुष्टि भएको थियो । यता केन्द्रीय सदस्य मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर रहेकोमा अहिले सामान्य बनेको छ । संक्रमित अधिकांश नेताहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यस्तै केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा , महामन्त्री डा. शशांक कोइराला, नेताहरु डिना संग्रौला, जीवनबहादुर शाही, अजय चौरसिया, रमेश रिजाल, विनोद चौधरी लगायतले कोरोना जितिसकेका छन् ।

Skip This
Skip This
Logo