दोलखा उद्योग वाणिज्य संघमा रास्वपा–एमाले गठबन्धन पराजित, कांग्रेसका सनत थापा विजयी

दोलखा उद्योग वाणिज्य संघमा रास्वपा–एमाले गठबन्धन पराजित, कांग्रेसका सनत थापा विजयी

केन्द्रबिन्दु
795
Shares

काठमाडौं । केन्द्रमा परस्पर विरोधी रूपमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेले वैशाख ३१ गते सम्पन्न दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा भने गठबन्धन गरेका थिए।

रास्वपा–एमाले गठबन्धनले दिनेश पाठकलाई साझा उम्मेदवारका रूपमा उठाए पनि विजय हासिल गर्न सकेन। मतगणनाको अन्तिम परिणामअनुसार कांग्रेस र नेकपाको समर्थन रहेको सनत थापाको प्यानल नै विजयी भएको छ।

अध्यक्षमा सनत थापाले ४६२ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत पाए। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, उपाध्यक्षमा विवेककुमार खत्री, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा सुरेश उप्रेती तथा सचिवमा अनिल रिजाल निर्वाचित भएका छन्। रामशरण बस्नेत कोषाध्यक्षमा निर्वाचित भएका छन्।

Logo