चितवन, १८ पुस
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा काँग्रेस अंकगणितीय रुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको बताएका छन् । "/>

काँग्रेस हारेपनि बिपी विचारको जित :विश्वप्रकाश

काँग्रेस हारेपनि बिपी विचारको जित :विश्वप्रकाश

केन्द्रबिन्दु
0
Shares

चितवन, १८ पुस
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा काँग्रेस अंकगणितीय रुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको बताएका छन् । नेपाली काँग्रेस, चितवनले सोमबार आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उनले काँग्रेसको हार भएपनि बिपीको विचारको जित भएको बताएका हुन् ।

बिपीको विचारलाई मनन गर्दै कम्युनिष्ट अघि बढ्न थालेको भन्दै उनले अहिलेको हारबाट काँग्रेसका कार्यकर्ता आत्तिनु पर्ने अवस्था नरहेको बताए । बल र बन्दुकबाट सत्ता प्राप्ति हुँदैन भन्ने बिपीको विचारमा कम्युनिष्ट आइरहेको भन्दै उनले काँग्रेस हारे पनि देशले जित्नु पर्ने धारणा राखे ।

काँग्रेसले मधेश—पहाड—तराई जोड्न सकेको भन्दै उनले बिपीले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता रहेको बताए । बिपीको विचारलाई परिस्कृत गर्दै समाज रुपान्तरण र पार्टी रुपान्तरणमा जानु आवश्यक रहेको नेता शर्माको भनाई थियो । सोही कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य बद्रि पाण्डेले नेपालको राजनीतिमा अझै मेलमलापको आवश्यकता रहेको बताए । अहिले राजनीतिक मुद्दा सकिएको भन्दै उनहाँले अब मेलमिलापका माध्यमबाट देशको विकास गर्नु आवश्यक रहेको बताए । रासस

Logo