धनगढी, १८, पुस
कैलाली मोहन्याल गाउँपालिका–७ स्थित कर्णाली नदीको चिप्लेटघाटमा रहेको तुइन (फेरी) चुडिँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । तुइन चुँडिएर मोहन्याल गाउँपालिका–६ सोल्टाका टेकबहादुर विष्टको आइतबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरले जानकारी दिए । नदी माथिको तुइन तर्ने क्रममा अचानक ‘लक’ चुँडिएपछि तीनै जना नदीको किनारामा खसेर दुर्घटनामा परेको बताइएको छ । घटनास्थलमा सञ्चारको सुविधा नभएको र भौगोलिक रुपमा विकट क्षेत्र रहेकाले घटनाको जानकारी पनि ढिलो गरी प्राप्त भएको हो । दुर्घटनामा परी घाइते भएका स्थानीय सुमन बोहरा र तारा अधिकारीलाई थप उपचारका लागि कोहलपुर लग्न सिफारिस गरिएको छ ।
रासस































प्रतिक्रिया