आज ३३औँ मदन–आश्रित स्मृति दिवस

आज ३३औँ मदन–आश्रित स्मृति दिवस

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । आज जेठ ३ गते ३३औँ मदन–आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएको दिन हो ।

तत्कालिन महासचिव भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ कार्यदिशा जनताको बहुदलीय जनवादका प्रणेता हुन् ।

यो दिनलाई नेकपा एमालेले देशभर समृतिसभासहित विविध कार्यक्रम गर्दै आएको छ । एमाले स्रोतकाअनुसर मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदै छ ।

अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।

Logo