आइसिसी विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदै

आइसिसी विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदै

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज हुने नेपाल र स्कटल्याण्डबीच खेलमा जित्नै पर्ने दबाबमा नेपाल रहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुने खेल जितेर एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु पर्ने आवश्यक छ । आजको खेलमा स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न पनि नेपालले आज जित्नै पर्नेछ ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ ।

Logo