काठमाडौं,१६, पुस
आफूले पढेको विषयमा राम्रो अंक ल्याएर उत्तीर्ण हुने चाहना हरेक विद्यार्थीको हुन्छ। मिहिनेत गर्ने मध्ये अधिकांशले सफलता पनि पाएकै हुन्छन् । "/>

दम्पती नै ‘गोल्ड मेडलिस्ट’ !

दम्पती नै ‘गोल्ड मेडलिस्ट’ !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१६, पुस
आफूले पढेको विषयमा राम्रो अंक ल्याएर उत्तीर्ण हुने चाहना हरेक विद्यार्थीको हुन्छ। मिहिनेत गर्ने मध्ये अधिकांशले सफलता पनि पाएकै हुन्छन् । तर प्रेमप्रसाद दाहाल र लक्ष्मी सुवेदीले जस्तो सफलता भने विरलैले पाउँछन्। दोलखाका दाहाल र धादिङकी सुवेदी श्रीमान् / श्रीमती हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा पढेका दुवै जना सर्वोत्कृष्ट अंक ल्याउन सफल भएका छन् । त्रिविको ४३ औं दीक्षान्त समारोहमा आइतबार उनीहरू ‘गोल्ड मेडल सहित दीक्षित हुँदै छन्।

दाहालले महेन्द्ररत्न क्याम्पस ताहाचलमा गणित विषय लिएर यसै वर्ष एमएड उत्तीर्ण गरेका हुन् । गणितमा उत्कृष्ट अंक ल्याए बापत उनलाई मेडल दिन लागिएको हो । गणितका लागि मेडल दिन लागिएको भए पनि उनी एमएडमा पढाइ हुने अन्य सबै विषयका विद्यार्थी माझ उत्कृष्ट भएका छन् । उनले ७३ दशमलव ४० प्रतिशत अंक ल्याएका छन् । चाबहिल स्थित पशुपति क्याम्पसबाट दस जोड दुईमा शिक्षा र सोही क्याम्पसबाट बीएड उत्तीर्ण गरेका उनी दुवै तहमा क्याम्पसका सर्वोत्कृष्ट विद्यार्थी बनेका थिए।
अन्नपूर्णबाट

 

Logo